

मन्त्रीनै भन्छन्-कर्मचारीको सेवासुविधा कम
दक्ष र समक्ष कर्मचारी छनोटमा आवश्यक वैज्ञानिक विधि अपनाई उनी सहज जीवनयापनका लागि सुविधा वृद्धिमा सुझाव दिएका हुन् ।
-
लोकसेवा आयोगले गरेको ‘अप्राविधिक सेवातर्फका राप तृतीय श्रेणी, शाखा अधिकृत वा सो सरहको पदको समक्षमता पहिचान’ कार्यशाला गोष्ठीमा मन्त्रीले नै कर्मचारीको सेवा सुबिधामा कमी भएको बताए । प्रदेश, १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले कर्मचारीलाई सेवासुविधा वृद्धि गरी उच्चतम प्रतिफल लिनुपर्ने बताए । उनले दक्ष र समक्ष कर्मचारी छनोटमा आवश्यक वैज्ञानिक विधि अपनाई उनी सहज जीवनयापनका लागि सुविधा वृद्धिमा सुझाव दिएका हुन् ।
प्रदेश मन्त्री कार्कीले आवश्यक कर्मचारीको कमीले प्रदेशको विकास निर्माण कामले गति लिन नसकेको गुनासो गर्दै प्रदेश लोकसेवा आयोग प्रमाणीकरण भएपछि आगामी असारसम्म दक्ष कर्मचारी नियुक्त गरी विकासमा तिव्र गति लिन आवश्यक भएको जानकारी दिए ।
प्रदेशका प्रमुख सचिव केदार न्यौपानेले गुणस्तरीय शिक्षाको विकास गरी आयोगले मर्यादित, गुणस्तरीय जनशक्ति छनोटबाट नै मुलुकमा समृद्धि कायम हुने बताए । आयोगका सचिव अशोककुमार झाले विश्व बजारमा आएको नयाँ विधिको प्रयोगबाट आयोगले योग्य व्यक्ति छनोटको कार्य सुरु गरेको उल्लेख गर्दै मुलुकलाई आवश्यक पर्ने उद्योग, जलस्रोत र पर्यटनलगायतका क्षेत्रमा दक्ष जनशक्तिको कमी रहेको बताए ।
आयोगका सहसचिव खगेन्द्रप्रसाद सुवेदीले आयोगले अपनाउने परीक्षा प्रणाली, जनतालाई आवश्यक पर्ने सेवा सुविधा, सर्वसाधारणका गुनासा, नयाँ प्रविधिको छनोटको प्रयोग, क्षमताको पहिचान, सक्षमता आदि सम्बन्धमा सुझाव सङ्कलन गरी आगामी दिनमा सम्बोधन गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताए ।
कार्यक्रममा विश्वविद्यालयका प्रतिनिधि, मानवअधिकार सङ्घ सङ्गठनका प्रतिनिधि, उपभोक्ता समिति, विद्यालय र सञ्चारकर्मीले आयोगले आगामी दिनमा दक्ष जनशक्ति र जनतालाई सेवा दिने कर्मचारी छनोट गर्दा अपनाउनु पर्ने सम्बन्धमा आवश्यक सुझाव दिएका थिए ।
News Desk 0 response आइतवार, चैत्र १७, २०७५

सम्बन्धित शीर्षकहरु
त्रिवि प्रश्नपत्र ‘आउट’ प्रकरण : शिक्षक र विद्यार्थीसहित ७ जनाविरुद्ध मुद्दा दायर
मङ्लबार, भदौ २, २०८३-
रसुवा बाढी : ७९ सुरक्षाकर्मीसहित ४७७ जना..
बुधबार, भदौ १०, २०८३ -
टप एन्ड टी–२० सिरिजमा नेपालको पहिलो जित
सोमवार, भदौ ८, २०८३ -
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३
-
रसुवा बाढी : ७९ सुरक्षाकर्मीसहित ४७७ जना..
बुधबार, भदौ १०, २०८३ -
टप एन्ड टी–२० सिरिजमा नेपालको पहिलो जित
सोमवार, भदौ ८, २०८३ -
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३
-
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३



