

-
काठमाडौं ।
१८ वर्षदेखि यातायात व्यवस्था कार्यालयमा बसेका नातेदार प्रयोग गरेर प्रदेश ३ को भौतिक पूर्वाधार मन्त्रालयमा कार्यरत उपसचिव लक्ष्मणविक्रम थापाले कर्मचारी सरुवामा पैसा असुलिरहेका छन् ।
News Desk 0 response बुधबार, चैत्र १३, २०७५
समायोजन भएर आएका कर्मचारीमध्ये शाखा अधिकृतसँग २ लाख सुब्बासँग साढे १ लाख र पियनको ५० हजार रुपैयाँ असुलेका छन् । पौने २ सय कर्मचारी समायोजन भई प्रदेश ३ मा आएकोमा ९० जना भन्दा बढीसँग पैसा लिएर सरुवा मिलाएका छन् ।
यातायात व्यवस्थ सेवा कार्यालय हेटौंडाका कार्यालय प्रमुख रहेका थापाका भाइ पोषण थापालाई यातायात व्यवस्था कार्यालयअन्तर्गत कर्मचारी सरुवाको जिम्मा दिएका छन् । उनलाई यो काममा सहयोग गर्ने उनका ज्वाइँ नासु जीवन बस्नेत पनि १५ वर्षदेखि यातायात व्यवस्था कार्यालयमै कार्यरत छन् ।
केही शाखा अधिकृत नासुको सरुवा मिलाइसकेका ज्वाइँ–जेठान यातायात व्यवस्था कार्यालयभित्र ‘डन’ का रूपमा चिनिएका छन् । जुनसुकै शासन व्यवस्था र जस्तोसुकै मन्त्री आए पनि उनीहरू सजिलै ‘सेटिङ’ मिलाउँछन् ।
त्यसैबीच, बाराको सिमरामा रहेको मालपोत कार्यालयका प्रमुख नासु मदन गुप्ता भने फरार छन् । एउटै जग्गा दुई जनालाई बिक्री गरेको आरोपमा अख्तियारको छानबिनमा परेका गुप्ता फरार भएका हुन् । गुप्ताको वीरगञ्ज मालपोत कार्यालयमा हँुदा गरेको अनियमितता र सिमरा मालपोत कार्यालयमा गरेको अनियमितताविरुद्ध अख्तियारले सबै कागजात नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । चैत ११ गते अख्तियारले गुप्ताको वीरगञ्ज ११ श्रीपुरमा रहेको निवासमा छापामारी महŒवपूर्ण कागजात नियन्त्रणमा लिएको छ । घरबाट रजिष्ट्रेशन, रसिद, लालपुर्जा र ढड्डा नागरिकता र लालपुर्जा फेला परेका छन् ।
गुप्ताको तर्फबाट ‘सेटिङ’ मिलाउन भन्दै केही दलाल काठमाडौं हान्निएका छन् । अर्बभन्दा बढी कमाएका गुप्ताले आफू बच्न करोड खर्चिन तयार रहेको जनआस्थाको समाचारमा उल्लेख छ ।

सम्बन्धित शीर्षकहरु
-
तेल उत्पादन कोटा बढाउने ओपेक प्लस बैठकको..
सोमवार, बैशाख २१, २०८३ -
लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा ठूलो पानी पर्ने
सोमवार, बैशाख २१, २०८३ -
लिपुलेकबाट मानसरोवर यात्रा खोल्ने घोषणाप्रति नेपालको आपत्ति
सोमवार, बैशाख २१, २०८३ -
राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी, एउटा पुनर्विचारका लागि..
आइतवार, बैशाख २०, २०८३ -
आज विश्व प्रेस स्वतन्त्रता दिवस
आइतवार, बैशाख २०, २०८३
-
तेल उत्पादन कोटा बढाउने ओपेक प्लस बैठकको..
सोमवार, बैशाख २१, २०८३ -
लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा ठूलो पानी पर्ने
सोमवार, बैशाख २१, २०८३ -
लिपुलेकबाट मानसरोवर यात्रा खोल्ने घोषणाप्रति नेपालको आपत्ति
सोमवार, बैशाख २१, २०८३ -
राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी, एउटा पुनर्विचारका लागि..
आइतवार, बैशाख २०, २०८३ -
आज विश्व प्रेस स्वतन्त्रता दिवस
आइतवार, बैशाख २०, २०८३
-
यस्तो हुनुपर्छ अबको शिक्षा
शनिबार, बैशाख १९, २०८३ -
प्रधानमन्त्री बालेन्द्रको प्रश्न- बिर्सनुभयो कि सम्झनु हुन्छ..
शुक्रबार, बैशाख ११, २०८३ -
आज अपराह्न चार बजेबाटै हावाहुरी सुरु हुने,सचेत..
बुधबार, बैशाख १६, २०८३ -
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सार्वजनिक खरिद(दोस्रो संशोधन) अध्यादेश..
शुक्रबार, बैशाख १८, २०८३ -
कांग्रेसले आज सदीय दलको नेता छान्ने
सोमवार, बैशाख १४, २०८३



