

-
काठमाडौं ।
सरकारले प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन गरेपछि कर्मचारी जहाँ–जहाँका लागि पठाइएका हुन्, उनीहरूको सबै जिम्मेवारी तत्–तत् तहमा हुन्छ । तर, यसरी समायोजन भइसकेका एकजना कर्मचारीचाहिँ जम्मा एक दिन हाजिर गरेर भोलिपल्टै अख्तियारमा सारिएका छन् । अख्तियारले स्थानीय तहमा समायोजन भइसकेको कर्मचारीलाई तुरुन्तै आफ्नो कार्यालयमा तान्नु आफैँमा अख्तियारको दुरुपयोग हो । तर, कसैले यसबारे अहिलेसम्म बोलेका छैनन् ।
News Desk 0 response बुधबार, चैत्र १३, २०७५
समायोजनको क्रम संख्या २५६२ अन्तर्गत भरतपुर महानगरपालिकामा हाजिरसमेत भइसकेका सुजन दंगाल हुन्, यस्ता भाग्यमानी कर्मचारी । उनी केही दिनअघिसम्म अख्तियारकै प्रवक्ता रहेका सहसचिव रामेश्वर दंगालका छोरा हुन् । रामेश्वर अख्तियार प्रवक्ताबाट भन्सार महानिर्देशकमा सरुवा भएको साता नपुग्दै भरतपुरमा हाजिर भइसकेका छोरा सुजनचाहिँ सर्लक्क अख्तियार छिरे । यस्तो काम गर्ने हिम्मत, अधिकार र नियम कतै पनि छैन । तर, अख्तियारबाटै अख्तियारी दुरुपयोगको तारतम्य मिलाएपछि के लाग्छ र ? अरु डराउने त्यही अख्तियार छ भने अख्तियारले चाहिँ डराउनुपर्ने कोसँग ?
यी शक्तिशाली शाखा अधिकृत सुजनले भर्खरै राजपत्रांकित छैठौँ तहको शाखा अधिकृत उत्तीर्ण गरेर तालिम लिँदै थिए । तालिम सकिनासाथ समायोजनमा सहभागी हुनुपर्ने भयो । यस क्रममा पाँच वर्ष सेवा गरिसकेको अधिकृत भए आठौँ, त्योभन्दा कम सेवाप्रवेश अवधी भए दुई गे्रड थपेर सातौँ तहमा समायोजन गरिने व्यवस्थाअनुरुप सुजन भरतपुर हाजिर भएका थिए । तर, अख्तियार छिरेपछि छैठौँ तहकै भएका छन् । सुजनका बुबा रामेश्वर लामो समय गृहमन्त्रालय बसेका र शक्तिसँग निकट रहेर काम गर्दै आएका भलादमी हाकिम हुन् । भक्तपुरका स्थानीय बासिन्दा उनका छोरालाई थानकोट कटायो भनेर पत्नी रिसाएपछि अख्तियार ल्याइएको चर्चा कर्मचारीबृत्तमा छ । त्यसमाथि नियम–कानुन मिचेर आएको मान्छेलाई कहाँ राखियो भन्ने सुन्दा पनि हाँसलाग्दो छ । सुजन अख्तियारमा कार्यरत छन्, ऐन, नियम तथा निर्णय कार्यान्वयन शाखामा । परिपक्व अधिकृतले ऐन, नियम र निर्णय कार्यान्वयनमा निगरानी राख्न सक्छन् । तर, रिक्रुट अफिसरलाई त्यहाँ राखेर रामेश्वरले नै नायवी चलाउन खोजेको चर्चा छ, अख्तियारमा ।
जबकि, समायोजनका नाममा कोही कर्मचारीका पति एकातिर, पत्नी अर्कातिर, घरबारै डामाडोल भयो भन्दा पनि नमिलाइएको थुप्रै उदाहरण छन् । तर, शक्ति पुग्ने हाकिमको छोरा भएपछि पत्नी रिसाएका नाममा पनि अधिकार मिचेर समायोजन रद्द गर्न पाइँदोरहेछ भन्दै सिंहदरबारतिर कर्मचारीहरू उफ्रिरहेका जनआस्थामा समाचारमा छ ।


सम्बन्धित शीर्षकहरु
-
मध्यरातमा त्रिभुवन विमानस्थलबाट १४ किलो अवैध सुन..
शुक्रबार, मंसिर २२, २०८० -
नेपाली सेनामा प्राविधिक अधिकृत पदमा आवेदन खुल्यो
शुक्रबार, मंसिर २२, २०८० -
बाला चतुर्दशीमा पशुपति मन्दिर परिसरमा जथाभाबी शतबीज..
शुक्रबार, मंसिर २२, २०८० -
एसीसी १९ वर्षमुनिको एसिया कप आजदेखि युएईमा,..
शुक्रबार, मंसिर २२, २०८० -
निर्वाचन आयोगद्वारा राष्ट्रियसभा चुनावका लागि दल दर्ताको..
शुक्रबार, मंसिर २२, २०८०
-
मध्यरातमा त्रिभुवन विमानस्थलबाट १४ किलो अवैध सुन..
शुक्रबार, मंसिर २२, २०८० -
नेपाली सेनामा प्राविधिक अधिकृत पदमा आवेदन खुल्यो
शुक्रबार, मंसिर २२, २०८० -
बाला चतुर्दशीमा पशुपति मन्दिर परिसरमा जथाभाबी शतबीज..
शुक्रबार, मंसिर २२, २०८० -
एसीसी १९ वर्षमुनिको एसिया कप आजदेखि युएईमा,..
शुक्रबार, मंसिर २२, २०८० -
निर्वाचन आयोगद्वारा राष्ट्रियसभा चुनावका लागि दल दर्ताको..
शुक्रबार, मंसिर २२, २०८०
-
नेकपा एमालेको मध्यपहाडी लोकमार्ग अभियान सुरु
बिहिबार, मंसिर १४, २०८० -
खागको तस्करी आरोपमा पक्राउ परेका ८ जना..
बिहिबार, मंसिर १४, २०८० -
बझाङ केन्द्रबिन्दु भएर ४.१ रेक्टरस्केलको भूकम्प
बुधबार, मंसिर १३, २०८० -
पेट्रोल र डिजेलको भाउ घट्यो, खाना पकाउने..
शुक्रबार, मंसिर १५, २०८० -
खरिदारको सरुवा फागुनसम्म रोकियो
मङ्लबार, मंसिर १२, २०८०