• काठमाडौं ।

    घुस लिएर बिवादमा आएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालिन आयुक्त आयुक्त राजनारायण पाठकविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियारले उनका बिरुद्ध मुद्धा दर्ता गरेको हो ।

    उनीविरुद्ध ७८ लाख विगो दावीसहित विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिए ।