

-
बर्दिया ।
गेरुवा गाउँपालिका–१ स्थित गणेश प्राथमिक विद्यालयमा एउटा शिक्षकको भागमा ६ जना विद्यार्थीलाई पढाउने जिम्मेवारी आएको छ।
उक्त विद्यालयमा १८ जना विद्यार्थी मात्र अध्ययनरत छन्। तीन जना शिक्षक मात्र रहेको उक्त विद्यालयमा एक शिक्षकको भागमा ६ विद्यार्थीलाई पढाउने जिम्मेवारी आएको छ।
कुनै समयमा ३ सय भन्दा बढी विद्यार्थी हुँदा शिक्षक अभावले एक शिक्षकले ६०र७९ विद्यार्थीलाई एउटै कक्षामा अटाइ नअटाइ राखेर पढाउनुपर्ने अवस्था थियो तर अहिले भने विद्यालयमा १८ विद्यार्थी मात्रै रहेका छन्।
भर्ना भएका २४ जनामध्ये १८ जना विद्यार्थी मात्रै नियमित पढ्न आउने गरेका छन्। कक्षागत रुपमा भने कक्षा एकमा चार जना भर्ना भएकोमा दुई जना मात्र पढ्न आउने गरेका छन्।
कक्षा दुईमा चार भर्ना भएकोमा तीन, कक्षा तीनमा तीन भर्ना भएकोमा दुई, कक्षा चारमा चार भर्ना भएकोमा तीन र कक्षा पाँचमा ९ भर्ना भएकोमा ८ जना नियमित पढ्न विद्यालय आउने गरेको प्रधानाध्यापक दिवाकर वैद्य थारूले बताए।
विद्यालय सेवा क्षेत्रमा विद्यालय आउने उमेरका बालबालिकाको कमी रहेको र भर्ना भएका पनि आर्थिक अवस्था कमजोर भएका बुबाआमा कमाउन भारततर्फ जाँदा बालबालिका आफूसँगै लिएर गएकाले उपस्थित हुन नसक्दा विद्यार्थीको सङ्ख्या कमी भएको उनले बताए।
विगतको वर्षमा विद्यालयको खेल मैदान र कक्षा कोठा भरिभराउ हुने गरेकोमा अहिले सुनसान हुन्छ। गुणस्तर शिक्षाका लागि सरकारी विद्यालय भरपर्दो नभएका कारण देखाउँदै अभिभावकले निजी विद्यालयमा आफ्ना छोराछोरी भर्ना गर्न थालेपछि गणेश प्राविमा विद्यार्थीको सङ्ख्या घटेको गेरुवा गाउँपालिका–१ का वडाध्यक्ष दयाराम वैद्य थारूले बताए।
वडाध्यक्ष वैद्यले भने, ुविद्यालयका प्रधानाध्यापकले नै हरेक बिहान आफ्नो छोराछोरीलाई नजिकको निजी विद्यालयमा पढ्न पुर्याएर जागिर खानकै लागि मात्र भने पनि गणेश प्राविमा हाजिर लगाउन आउँछन्। साँझ विद्यालय समय पूरा हुने बित्तिकै छोराछोरी लिन निजी विद्यालयमा पुग्छन्।ु
शिक्षकले आफूले राम्रो पढाउँछु भन्ने आत्मविश्वास नरहेको कारण नै आफ्ना छोराछोरीलाई निजी स्कूलमा भर्ना गरेकाले अन्य अभिाभावकले पनि सो विद्यालयमा भर्ना नगरी निजीमा पढाउने गरेको स्थानीय बुद्धिजीवी गौतमराज चौधरीले बताए।
शिक्षकको गैरजिम्मेवारीका कारण विद्यालयमा पढाइको स्तर र विद्यार्थी सङ्ख्या घटेको अभिभावकको आरोप छ।
सो विद्यालयमा विद्यार्थी सङ्ख्या बढाउन र शिक्षाको गुणस्तर पनि सुधार गर्न गेरुवा गाउँपालिका शिक्षा शाखाका प्रमुख अमृत पुनले विद्यार्थी सङ्ख्या न्यून रहेको विद्यालयलाई नजिकको कुनै अर्को विद्यालयमा मिलाउन कार्यविधि चाहिने र अहिले कार्यविधि नबनिसकेको अवस्थामा समस्या भएको बताए।
विद्यायलय व्यवस्थापन पक्षले आउने शैक्षिक सत्रमा विद्यार्थी सङ्ख्या बढाउने प्रतिबद्धता गरेको अवस्था रहेकाले पनि हाललाई सोहीरुपमा चलाउन दिइएको पनि उनले बताए।
-रासस
News Desk 0 response शुक्रबार, फाल्गुन १७, २०७५


सम्बन्धित शीर्षकहरु
-
नेपाली श्रमिकको हितलाई केन्द्रमा राख्न मलेसियाका गृहमन्त्रीसँग..
शुक्रबार, माघ २०, २०७९ -
एन्फाले १७ वर्षमुनिको महिला राष्ट्रिय टोलीको बन्द..
शुक्रबार, माघ २०, २०७९ -
गैँडाको संरक्षणमा सरकार संवेदनशील : प्रधानमन्त्री प्रचण्ड
शुक्रबार, माघ २०, २०७९ -
चितवनमा किसानद्वारा सडकमा तरकारी फालेर प्रदर्शन
शुक्रबार, माघ २०, २०७९ -
ललितपुरको कोहिनुर हिल हाउजिङ लिलामीमा
शुक्रबार, माघ २०, २०७९
-
नेपाली श्रमिकको हितलाई केन्द्रमा राख्न मलेसियाका गृहमन्त्रीसँग..
शुक्रबार, माघ २०, २०७९ -
एन्फाले १७ वर्षमुनिको महिला राष्ट्रिय टोलीको बन्द..
शुक्रबार, माघ २०, २०७९ -
गैँडाको संरक्षणमा सरकार संवेदनशील : प्रधानमन्त्री प्रचण्ड
शुक्रबार, माघ २०, २०७९ -
चितवनमा किसानद्वारा सडकमा तरकारी फालेर प्रदर्शन
शुक्रबार, माघ २०, २०७९ -
ललितपुरको कोहिनुर हिल हाउजिङ लिलामीमा
शुक्रबार, माघ २०, २०७९
-
अर्थतन्त्रका सूचकहरु अझै चिन्ताजनक : प्रधानमन्त्री
बिहिबार, माघ १२, २०७९ -
मधेस प्रदेशका दुई सांसदले आज शपथ लिए
बुधबार, माघ ११, २०७९ -
बैतडीमा महिला टी–२० क्रिकेट आजदेखि
बिहिबार, माघ १२, २०७९ -
भोजपुरमा चिराइतो खेतीबाट किसान लाभान्वित
बुधबार, माघ ११, २०७९ -
आत्मनिर्भर लघुवित्तको आइपिओ खुला
सोमवार, माघ १६, २०७९