

-
काठमाडौं ।
नेपाली लोकसंगीतको क्षेत्रमा अहिलेसम्मकै धेरै पुरस्कार राशि भएको सांगीतिक कार्यक्रम नेपाल लोक स्टार हुने भएको छ। नेपाल लोक स्टार कार्यक्रम आगामी जेठको दोस्रो हप्तादेख एपीवान टेलिभिजनबाट प्रसारण हुने चाहना मिडिया प्रालिका अध्यक्ष सहदेव कोइरालाले जानकारी दिए। यो कार्यक्रमको उत्पादन नेपाल आइडलकै टिमले गर्दैछ। लोक स्टारको निर्णायकमा सुनिता दुलाल, जयनन्द लामा, बीबी अनुरागी र रामजी खाँड रहनेछन्। कार्यक्रममा प्रस्तुत गरिने गीतका लागि लोकगायक कुमार बस्नेतले कोर्डिनेटरको भूमिकामा रहनेछन्। नेपालको लोक संस्कृतिको प्रचारप्रचार र विकास गर्न केही नयाँ काम गरौं भन्ने उद्देश्यका साथ चाहना मिडिया प्रालिले यो कार्यक्रम सञ्चालन गर्न लागेको हो।
अहिलेका युवा पुस्ता लोकसंगीतबाट टाढा भएको जनाउँदै उनीहरूलाई नेपाली लोकगीत पनि सुन्ने गीत हो भनेर चिनाउन यो कार्यक्रम गर्न लागिएको कोइरालाले बताए।
कार्यक्रमले पुराना र नयाँ पुस्ताको फ्युजन गरी युवा पुस्ता र लोकसंगीतबीचको दूरी घटाउन सहयोग गर्ने आयोजकको दाबी छ। निर्णायकको भूमिकामा रहेका जयनन्द लामाले नेपाली लोकसंगीतको इतिहासमा यो अहिलेसम्मकै ठूलो अवसर भएकाले आफू अत्यन्तै उत्सुक भएको बताए।
News Desk 0 response बुधबार, फाल्गुन १५, २०७५

सम्बन्धित शीर्षकहरु
-
जेनजी आन्दोलनका घाइतेलाई परिचयपत्र वितरण
बिहिबार, कार्तिक २८, २०८२ -
चिसोबाट जोगिन के गर्ने के नगर्ने ?
बिहिबार, कार्तिक २८, २०८२ -
देशभरको मौसम सफा
बिहिबार, कार्तिक २८, २०८२ -
सदर चिडियाखानामा कालो रङको चितुवा
बुधबार, कार्तिक २७, २०८२ -
प्रधानमन्त्री कार्कीसँग निर्वाचन आयोगका पदाधिकारीको भेटवार्ता
बुधबार, कार्तिक २७, २०८२
-
जेनजी आन्दोलनका घाइतेलाई परिचयपत्र वितरण
बिहिबार, कार्तिक २८, २०८२ -
देशभरको मौसम सफा
बिहिबार, कार्तिक २८, २०८२ -
सदर चिडियाखानामा कालो रङको चितुवा
बुधबार, कार्तिक २७, २०८२ -
प्रधानमन्त्री कार्कीसँग निर्वाचन आयोगका पदाधिकारीको भेटवार्ता
बुधबार, कार्तिक २७, २०८२ -
ट्रम्पद्वारा ‘एच–वान बी’ भिसाको बचाउ, अमेरिकासँग पर्याप्त..
बुधबार, कार्तिक २७, २०८२
-
भोजपुरमा बन्छन् पाँच सयदेखि ५२ हजारसम्मका ‘भोजपुरे..
शुक्रबार, कार्तिक २२, २०८२ -
मुस्ताङ–डोल्पा सडक १० दिनदेखि अवरुद्ध
शुक्रबार, कार्तिक २२, २०८२ -
नेपाल प्रहरीका एसएसपी रानाभाटको राजीनामा स्वीकृत
बिहिबार, कार्तिक २१, २०८२ -
कैलालीमा जिपको ठक्करबाट एक जनाको मृत्यु, ३..
आइतवार, कार्तिक २४, २०८२ -
आन्दोलनमा घर जलाइएका एक उच्च अधिकारी,सरकारी सम्पत्ति..
मङ्लबार, कार्तिक २६, २०८२



