

-
काठमाडौं । नवनियुक्त प्रहरी निरीक्षकलाई साथैमा राखेर प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रहरीमा बढुवाका लागि र कार्यसम्पादनमा राम्रो देखिनका दलाली गर्नुपर्ने अवस्थाको अन्त्य हुने बताए ।
विगतमा कार्यसम्पादन र बढुवाका लागि गलत प्रणाली बसेको भन्दै ओलीले अब त्यस्तो नहुने बताएका हुन्। १९ महिना तालिम गरेर पास आउट हुन लागेका प्रहरी निरीक्षक र उच्च प्रहरी अधिकारीहरूलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले प्रहरीका शीर्ष अधिकारीहरूलाई कार्यसम्पादन मुल्यांकन र बढुवाको प्रणाली स्थापना गर्न पनि आग्रह गरेका छन्।नेपाल प्रहरीको १७८ औँ समूहका तालिम सकेका प्रहरी निरीक्षकलाई शपथ ग्रहण गराउने कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले अबदेखि बढुवाका क्रममा भेदभाव भएको भन्ने सुन्न नपरोस् भनेर पनि आग्रह गरेका थिए। प्रधानमन्त्री ओलीले उच्च प्रहरी अधिकारीहरूलाई आफू पनि अनुशासनमा बस्न र मातहतका दर्जालाई पनि अनुशासनमा राख्न निर्देशन दिएका छन्। मातहतकालाई दबाउने र माथिल्लो तहकाको दलाली गर्ने काम बन्द गर्न पनि ओलीको निर्देशन थियो। उनले प्रहरी संगठन दलाली गर्न नभएर आफू पनि स्वाभिमानसका साथ बाँच्न र अरूको पनि स्वाभिमान साथ बाँच्ने अधिकार सुनिश्चित गर्नकालागि भएको बताए।
News Desk 0 response मङ्लबार, माघ २९, २०७५
केही दिन पहिले मात्रै नेपाल प्रहरीका एसपीबाट एसएसपीमा बढुवाका क्रममा निष्पक्षता नभएको तथा कार्यसम्पादन र दक्षता एवं वरिष्ठता मिचेर बढुवा भएको भन्दै एसपी नरेन्द्र उप्रेतीले राजीनामा दिएका थिए। त्यस्तै, डिएसपीबाट एसपीमा र एसपीबाट एसएसपीमा बढुवाका क्रममा सही निर्णय नभएको भन्दै प्रहरी संगठनभित्रको असन्तुष्टि सार्वजनिक भएको थियो।

सम्बन्धित शीर्षकहरु
-
राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी, एउटा पुनर्विचारका लागि..
आइतवार, बैशाख २०, २०८३ -
आज विश्व प्रेस स्वतन्त्रता दिवस
आइतवार, बैशाख २०, २०८३ -
राजनीतिक नियुक्ति पाएका एक हजार ५०० जनाभन्दा..
आइतवार, बैशाख २०, २०८३ -
थप २ सय ६० सुकुम्वासी परिवार सरकारको..
आइतवार, बैशाख २०, २०८३ -
आज देशभर असिना पानी पर्ने सम्भावना
आइतवार, बैशाख २०, २०८३
-
राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी, एउटा पुनर्विचारका लागि..
आइतवार, बैशाख २०, २०८३ -
आज विश्व प्रेस स्वतन्त्रता दिवस
आइतवार, बैशाख २०, २०८३ -
राजनीतिक नियुक्ति पाएका एक हजार ५०० जनाभन्दा..
आइतवार, बैशाख २०, २०८३ -
थप २ सय ६० सुकुम्वासी परिवार सरकारको..
आइतवार, बैशाख २०, २०८३ -
आज देशभर असिना पानी पर्ने सम्भावना
आइतवार, बैशाख २०, २०८३
-
यस्तो हुनुपर्छ अबको शिक्षा
शनिबार, बैशाख १९, २०८३ -
प्रधानमन्त्री बालेन्द्रको प्रश्न- बिर्सनुभयो कि सम्झनु हुन्छ..
शुक्रबार, बैशाख ११, २०८३ -
आज अपराह्न चार बजेबाटै हावाहुरी सुरु हुने,सचेत..
बुधबार, बैशाख १६, २०८३ -
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सार्वजनिक खरिद(दोस्रो संशोधन) अध्यादेश..
शुक्रबार, बैशाख १८, २०८३ -
कांग्रेसले आज सदीय दलको नेता छान्ने
सोमवार, बैशाख १४, २०८३



