

-
काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले आगामी फागुनभित्र करिब २० हजार निजामति कर्मचारीको माग गरिने बताएका छन्।
नेपाल यातायात महिला चालक समूहद्वारा आयोजित प्रमाणपत्र वितरण तथा सम्मान कार्यक्रममा उनले सङ्घीय लोकतान्त्रिक प्रणालीलाई व्यवस्थित गर्न हाल सो सङ्ख्यामा कर्मचारीको आवश्यकता रहेको बताउँदै यही माघ महीनाभित्र कर्मचारी समायोजनको कार्य सम्पन्न गरिने बताए।
महिला सशक्तिकरण र उनीहरुको आत्मनिर्भरताका लागि उक्त समूहले विभिन्न सीपमूलक तालीम सञ्चालन गरेकामा त्यसको सराहना गर्दै उनले भने, ुमुलुकमा पूर्वाधार विकास तथा उत्पादन क्षेत्रमा लगानी गरेर ठूलो सङ्ख्यामा रोजगारी सिर्जना गर्न सकिन्छ।ु
पर्यटन विभागका महानिर्देशक डुन्डुराज घिमिरेले व्यावसायिक सीपका माध्यमबाट दक्ष जनशक्ति उत्पादन तथा महिलाको आर्थिक रुपान्तरणमा भूमिका निर्वाह गरेको उक्त संस्थालाई सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
ग्रीनसिटी अस्पतालका अध्यक्ष लोकबहादुर टण्डनले समाजमा विद्यमान गरिबी, पछौटेपनको अन्त्य गर्न उद्यमशीलताको खाँचो रहेको बताउँदै महिला वर्गको आर्थिक पहुँच नभएका कारण समाजमा हिंसा तथा विभेद् हुने गरेको विचार व्यक्त गरे।
राष्ट्रिय समाचार समितिका पत्रकार तथा उक्त संस्थाका सल्लाहकार कृष्णराज गौतमले मुलुकमा बढ्दै गइरहेको व्यापार घाटा न्यूनीकरणका लागि घरेलु उद्योग तथा स्वदेशी उत्पादनलाई प्रश्रय दिनुपर्नेमा जोड दिए।
अधिकारकर्मी तुलसी थापाले मुलुकको विकास र समृद्धिका लागि जनताको आम्दानी वृद्धि भई उनीहरुको जीवनस्तर सदृढ हुनुपर्ने विचार व्यक्त गरे।
समूहका अध्यक्ष मिना चन्द ठकुरीले करीब छ वर्ष अगाडि स्थापना गरिएको संस्थाले महिलालाई ब्यूटीपार्लर, फेसन डिजाइन, सिलाइबुनाइ, सवारी चालकलगायत विधामा सीप उपलब्ध गराउँदै आएको जानकारी दिइन्।
कार्यक्रममा सञ्चारकर्मी रुपा शर्मालाई सम्मान तथा सवारी चालक तालीम सम्पन्न गरेका आठ जनालाई प्रमाणपत्र वितरण गरिएको थियो।
News Desk 0 response आइतवार, माघ १३, २०७५

सम्बन्धित शीर्षकहरु
आन्दोलनमा घर जलाइएका एक उच्च अधिकारी,सरकारी सम्पत्ति क्षति विवरण सङ्कलनमा व्यस्त
मङ्लबार, कार्तिक २६, २०८२-
लोक सेवा आयोगले माग्यो १७० कर्मचारी (विज्ञापनसहित)
बुधबार, कार्तिक २७, २०८२ -
आजको मौसम कस्तो रहला ?
बुधबार, कार्तिक २७, २०८२ -
भीम रावल आज नेपाली कम्युनिस्ट पार्टीमा समाहित..
बुधबार, कार्तिक २७, २०८२ -
बिहार चुनावको एक्जिट पोल : ‘एनडीए’लाई बहुमतको..
बुधबार, कार्तिक २७, २०८२ -
मेलम्ची खानेपानी आयोजनामा देखिएको अवरोध हट्यो
बुधबार, कार्तिक २७, २०८२
-
लोक सेवा आयोगले माग्यो १७० कर्मचारी (विज्ञापनसहित)
बुधबार, कार्तिक २७, २०८२ -
आजको मौसम कस्तो रहला ?
बुधबार, कार्तिक २७, २०८२ -
भीम रावल आज नेपाली कम्युनिस्ट पार्टीमा समाहित..
बुधबार, कार्तिक २७, २०८२ -
बिहार चुनावको एक्जिट पोल : ‘एनडीए’लाई बहुमतको..
बुधबार, कार्तिक २७, २०८२ -
मेलम्ची खानेपानी आयोजनामा देखिएको अवरोध हट्यो
बुधबार, कार्तिक २७, २०८२
-
भोजपुरमा बन्छन् पाँच सयदेखि ५२ हजारसम्मका ‘भोजपुरे..
शुक्रबार, कार्तिक २२, २०८२ -
मुस्ताङ–डोल्पा सडक १० दिनदेखि अवरुद्ध
शुक्रबार, कार्तिक २२, २०८२ -
‘स्टोरकिपर’ हाकिमसँगै पत्रकारदेखि नेतासम्म खुशी पार्नुपर्ने पात्र
सोमवार, कार्तिक १८, २०८२ -
नेपाल प्रहरीका एसएसपी रानाभाटको राजीनामा स्वीकृत
बिहिबार, कार्तिक २१, २०८२ -
कैलालीमा जिपको ठक्करबाट एक जनाको मृत्यु, ३..
आइतवार, कार्तिक २४, २०८२



