

-
भरतपुर ।
उप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले सरकारले ल्याएको समायोजन प्रक्रियाबाट नआत्तिन कर्मचारीलाई आग्रह गरेका छन्। भरतपुरमा जारी नेपाल निजामती कर्मचारी सङ्गठन केन्द्रीय कार्यसमितिको पाँचौ केन्द्रीय बैठकलाई सम्बोधन गर्दै उनले कर्मचारी समायोजन अध्यादेश परिमार्जन हुनसक्ने बताए। ‘अध्यादेशमा के राख्ने, के नराख्ने भन्नेबारे गृहकार्य गर्नुहोस्,’ उपप्रधानमन्त्री पोखरेलले भने, ‘कर्मचारीलाई असर पारिँदैन र पार्न पनि हुँदैन।’ नयाँ राज्य व्यवस्थामा कानुन र संरचना नबन्दा समस्या भएको भन्दै उनले देशमा संवैधानिक र राजनीतिक परिवर्तन भए पनि कानुनी र व्यवहारिक प्रक्रिया मिलाउन बाँकी रहेको बताए। फागुनभित्रै कानुन निर्माण गरिसक्ने गरी सरकारले काम गरिरहेको छ भन्दै उनले सरकार पाँच वर्ष टिक्छ भनेर धेरैको पेट पोलिरहेको छ तर सरकारले पाँच वर्षभित्रै कायापलट गरेर देखाउने जिकिर गरे। शनिबार सम्पन्न हुने बैठकले सङ्घीय निजामती सेवा नियमावली र कर्मचारी समायोजनका सम्बन्धमा छलफल गर्दैछ। देशभरबाट १४२ केन्द्रीय समितिका पदाधिकारी भरतपुरमा भेला भएको सङ्गठनका जिल्लाअध्यक्ष फणिन्द्रप्रसाद खनालले जानकारी दिए।
News Desk 0 response शनिबार, पुस २८, २०७५

सम्बन्धित शीर्षकहरु
आन्दोलनमा घर जलाइएका एक उच्च अधिकारी,सरकारी सम्पत्ति क्षति विवरण सङ्कलनमा व्यस्त
मङ्लबार, कार्तिक २६, २०८२-
लाइन काटिएका ३५ उद्योगले तिरे २३ करोड..
बिहिबार, कार्तिक २८, २०८२ -
नयाँ पार्टी गठनको लागि २ दिन बाँकी,..
बिहिबार, कार्तिक २८, २०८२ -
रवि लामिछाने र छविलाल जोशीको मुद्दामा मिसिल..
बिहिबार, कार्तिक २८, २०८२ -
राष्ट्रिय परिचयपत्र भएकाले मतदाता नामावली संकलन गर्न..
बिहिबार, कार्तिक २८, २०८२ -
जेनजी आन्दोलनका घाइतेलाई परिचयपत्र वितरण
बिहिबार, कार्तिक २८, २०८२
-
लाइन काटिएका ३५ उद्योगले तिरे २३ करोड..
बिहिबार, कार्तिक २८, २०८२ -
नयाँ पार्टी गठनको लागि २ दिन बाँकी,..
बिहिबार, कार्तिक २८, २०८२ -
रवि लामिछाने र छविलाल जोशीको मुद्दामा मिसिल..
बिहिबार, कार्तिक २८, २०८२ -
राष्ट्रिय परिचयपत्र भएकाले मतदाता नामावली संकलन गर्न..
बिहिबार, कार्तिक २८, २०८२ -
जेनजी आन्दोलनका घाइतेलाई परिचयपत्र वितरण
बिहिबार, कार्तिक २८, २०८२
-
भोजपुरमा बन्छन् पाँच सयदेखि ५२ हजारसम्मका ‘भोजपुरे..
शुक्रबार, कार्तिक २२, २०८२ -
मुस्ताङ–डोल्पा सडक १० दिनदेखि अवरुद्ध
शुक्रबार, कार्तिक २२, २०८२ -
नेपाल प्रहरीका एसएसपी रानाभाटको राजीनामा स्वीकृत
बिहिबार, कार्तिक २१, २०८२ -
कैलालीमा जिपको ठक्करबाट एक जनाको मृत्यु, ३..
आइतवार, कार्तिक २४, २०८२ -
आन्दोलनमा घर जलाइएका एक उच्च अधिकारी,सरकारी सम्पत्ति..
मङ्लबार, कार्तिक २६, २०८२



