

-
काठमाडौं ।
निजामती सेवामा ‘छड्के प्रवेश’ भनेर चिनिने खुलाबाट सहसचिव हुने प्रकृया रोकिएको छ । निजामती सेवा ऐन २०४९ ले सहसचिव र उपसचिवमा खुला प्रतियोगिताबाट प्रवेशको सुरुवात गरेकोमा प्रस्तावित संघीय निजामती ऐनमा खुला प्रतियोगिताबाट राजपत्रांकित प्रथम श्रेणीमा पदपूर्तिको व्यवस्था रोकिएको छ ।
निजामती सेवा ऐनले सहसचिव र उपसचिवको १० प्रतिशत पदपूर्ति खुला प्रतियोगिता हुने व्यवस्था थियो। सरकारले खुला प्रतियोगितामा निजामतीभन्दा बाहिरबाट आउन नसकेको भन्दै उक्त प्रावधान हटाउन लागिएको हो ।
‘खुला प्रतियोगितामा पनि निजामती सेवाबाटै जान थाले, काम गर्नुभन्दा उनीहरू कार्यालयमै माथिल्लो पदको परीक्षाको तयारीमा रहन थाले, त्यसैले आंशिक हटाइएको हो ।
यसअघि दीपेन्द्रविक्रम थापा, उत्तम भट्टराई र युवकध्वज जोशी गरी तीन जना मात्रै निजामती सेवाबाहिरका व्यक्तिले सहसचिवमा प्रवेश गर्न पाएका छन्। थापा र भट्टराई सचिव भएर अवकाश पाइसकेका छन्। जोशी कृषि तथा पशुपन्छी मन्त्रालयमा सचिव पदमा कार्यरत छन्।‘
प्रस्तावित ऐनमा उपसचिव राजपत्रांकित (द्वितीय श्रेणी)सम्म मात्रै खुला प्रतियोगिताबाट छनोट गरिने व्यवस्था छ। यसअनुसार उपसचिव १० प्रतिशत, शाखा अधिकृत ७० प्रतिशत, नायब सुब्बा ५० प्रतिशत र खरिदार ९० प्रतिशत खुला प्रतियोगिताबाट छनोट गरिनेछ।१०र१० प्रतिशत सहसचिव, उपसचिव, शाखा अधिकृत र नायब सुब्बा अन्तरसेवा प्रतियोगिता पदपूर्ति गरिनेछ। ३०र३० प्रतिशत सहसचिव, उपसचिव र २० प्रतिशत नायब सुब्बा ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनद्वारा पदपूर्ति गरिने ऐनमा व्यवस्था छ। त्यस्तै ४० प्रतिशत सहसचिव, ३० प्रतिशत उपसचिव, २०र२० प्रतिशत शाखा अधिकृत र नायब सुब्बाको कार्यक्षमताको आधारमा बढुवा गरिनेछ। १० प्रतिशत सहसचिव, २० प्रतिशत उपसचिव र १० प्रतिशत नासु आन्तरिक प्रतियोगिताबाट पदपुर्ति गरिने व्यवस्था गरिएको छ।
स्वास्थ्य सेवामा एघारौं तहको पदमा १० प्रतिशत खुला प्रतियोगिताबाट नियुक्त गर्ने प्रावधान छ। दसौं तहमा खुला प्रतियोगिताको व्यवस्था गरिएको छैन। नवौं तहको २० प्रतिशत, आठौं तहको चिकित्सक सय प्रतिशत, सातौं तह ९चिकित्सकबाहेक० ७० प्रतिशत, पाँचौं तह ७० प्रतिशत र चौथों तहका सय प्रतिशत खुला प्रतियोगिताबाट छनोट हुने प्रावधान राखिएको छ।
News Desk 0 response शुक्रबार, पुस २७, २०७५

सम्बन्धित शीर्षकहरु
कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति लिनुपर्ने
शुक्रबार, साउन २९, २०८३-
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३ -
अबदेखि प्रधानमन्त्री कार्यालयमा नियमित प्रेस ब्रिफिङ हुने
शुक्रबार, साउन २९, २०८३ -
कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति..
शुक्रबार, साउन २९, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३
-
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३ -
अबदेखि प्रधानमन्त्री कार्यालयमा नियमित प्रेस ब्रिफिङ हुने
शुक्रबार, साउन २९, २०८३ -
कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति..
शुक्रबार, साउन २९, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३
-
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४..
मङ्लबार, साउन २६, २०८३



