

-
काठमाडौ ।
काठमाडौंकै मनहरा खोलाले छुने चाँगुनारायण नगरपालिका, भक्तपुरले दुई जना इञ्जिनियर मागेको झण्डै वर्ष दिन पुगिसक्यो, दिइएको छैन । राजधानीकै उत्तरीभेगको तारकेश्वर नगरपालिकाले चार महिनादेखि तीनजना जुनियर इञ्जिनियर मागेको माग्यै छ । तर, पाउने छाँटकाँट छैन । भक्तपुरको सूर्यविनायक नगरपालिकाले गतिलो शाखा अधिकृत मागेको महिनौँ भइसक्यो । माग गरिएका कर्मचारी पाउनु त कहाँ–कहाँ, भएका कर्मचारी पनि काममा नजाँदा समस्या छ । एउटा वडा सचिवले पाँचवटा वडाको काम धान्नुपर्ने बाध्यता विद्यमान छ । सशस्त्र द्वन्द्वकालमा यस्तै हुन्थ्यो । ज्यानको मायाले गाविस सचिवहरु सदरमुकाममै बस्थे वा काठमाडौंमै बसेर जागिर मिलाउँथे । अहिले देशमा त्यत्ति चर्को द्वन्द्व छैन, ढलिमली काम गर्न पाइन्छ । तर, सिंहदरबारभन्दा सूर्यविनायक धेरै टाढा पर्ने मानसिकताले घर गर्दा त्यस्ता कर्मचारीलाई सुविधाले नपुग्ने स्थिति छ । स्थानीय तहमा खटाइएका कर्मचारीहरु अटेर गरेर सुगममै बसेका छन् । स्थानीय तहलाई अहिलेसम्म कर्मचारी राख्ने अधिकार गएको छैन । किनभने, समायोजनको काम पूरा भएपछि रिक्त ठाउँमा मात्र तिनले कर्मचारी भर्ना गर्ने हो । अहिलेसम्म समायोजनले नै पूर्णता नपाएको स्थिति छ । संविधानले समायोजन भनेको छ । त्यसमै मुद्दा छ । बाह्रबिसे जाने भन्ने, नौबिसेबाट फर्किने, दुर्गम भत्ताका लागि बाहिर दरबन्दी बनाउने, काजमा काठमाडौं नै बस्ने गरिन्छ । कानुन बनेनन्, त्यसअनुसारको संरचना पनि बनेनन् । स्थानीय तहहरु निर्वाचित भएको दुई वर्ष पुग्न लागिसके । स्वास्थ्य सेवा र कृषिका प्राविधिकहरु पहिला पनि तल काम गरिरहेका थिए । यहीँ पनि समस्याको पहाड छ । गएको मान्छे जानासाथ सरुवा भएर फर्किने, नगएको मान्छे जाँदै नजाने । अब काजमा बस्न पनि नपाइने जनआस्थाले लेखेको छ ।
News Desk 0 response बुधबार, पुस २५, २०७५


सम्बन्धित शीर्षकहरु
-
प्रयोग नै नगरी थन्कियो दमकल
मङ्लबार, माघ २४, २०७९ -
जग्गाको वर्गीकरण छिटो होस् : भूमि व्यवस्था..
मङ्लबार, माघ २४, २०७९ -
मीन भवन क्याम्पसमा नेविसङ्घ दुई पक्षबीच विवाद
मङ्लबार, माघ २४, २०७९ -
सांसद चौधरीको मुद्दामा उच्च अदालतको कारण देखाउ..
मङ्लबार, माघ २४, २०७९ -
नायक शाहलाई अदालतमा उपस्थित गराउन आदेश
मङ्लबार, माघ २४, २०७९
-
प्रयोग नै नगरी थन्कियो दमकल
मङ्लबार, माघ २४, २०७९ -
जग्गाको वर्गीकरण छिटो होस् : भूमि व्यवस्था..
मङ्लबार, माघ २४, २०७९ -
मीन भवन क्याम्पसमा नेविसङ्घ दुई पक्षबीच विवाद
मङ्लबार, माघ २४, २०७९ -
सांसद चौधरीको मुद्दामा उच्च अदालतको कारण देखाउ..
मङ्लबार, माघ २४, २०७९ -
नायक शाहलाई अदालतमा उपस्थित गराउन आदेश
मङ्लबार, माघ २४, २०७९
-
आज शहीद दिवस : विभिन्न कार्यक्रम गरी..
सोमवार, माघ १६, २०७९ -
अरुण तेस्रोको सुरुङ ‘ब्लास्टिङ’ गर्ने क्रममा एक..
मङ्लबार, माघ १७, २०७९ -
आत्मनिर्भर लघुवित्तको आइपिओ खुला
सोमवार, माघ १६, २०७९ -
त्रिशूली अस्पतालमा जनआन्दोलनका घाइतेको नि:शुल्क उपचार
मङ्लबार, माघ १७, २०७९ -
विमानस्थल सञ्चालनमा पुगेन निजी क्षेत्रको पहल
मङ्लबार, माघ १७, २०७९