

-
काठमाडौं । जनकपुरमा नक्कली नेपाली नागरिकता बनाउने जिल्ला प्रशासन कार्यालयकै कर्मचारीहरु रहेका छन् । प्रहरीले पक्राउ गरेपछि यो रहस्य खुलेको हो ।
जिल्ला प्रशासन कार्यालय धनुषाका एक कर्मचारीसहित चार जना नक्कली नागरिकता र पासपोर्ट बनाउने कार्यमा संलग्न रहेको आरोपमा पक्राउ परेको दुई दिनपछि थप तीन जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा जिल्ला प्रशासन कार्यालयका नासु भोला मण्डल, कार्यालय सहयोगी अरुणकुमार यादव र कार्यालय सहयोगी वीरेन्द्र चौधरी छन् ।
यसअघि जिल्ला प्रहरी कार्यालय धनुषाले मंसिर २८ गते पत्रकार सम्मेलन गरी जिल्ला प्रशासन कार्यालयमा सहयोगी पदमा कार्यरत्त ४२ वर्षीय महावीर मण्डलसहित जनकपुर उपमहानगरपालिका वडा नम्बर–२० स्थित देवपुरा रुपैठा बस्ने ३१ वर्षीय रोशनकुमार चौधरी, धनुषाको औरही गाउँपालिका वडा नम्बर–५ बस्ने ४९ वर्षीया गंगा साह र रौतहटको दुर्गा भगवती गाउँपालिका वडा नम्बर–४ बस्ने हेमन्तकुमार पाण्डेलाई नक्कली नागरिकता बनाई बेच्ने गरेको आरोपमा पक्राउ गरी सार्वजनिक गरेका थिए।
पक्राउ पर्नेमध्ये गंगा साह औरही गाउँपालिकाका वडा सदस्य पनि हुन्। पक्राउ परेका विरुद्ध लिखत कीर्ते, नागरिकता ऐन, संगठित अपराध ऐनको कसुर ठहर्ने प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले जानकारी दिए।
प्रशासनले गिरोहमा कर्मचारीसहित केही जनप्रतिनिधिहरुको समेत संलग्नता हुन सक्ने भन्दै छानबिन प्रक्रियालाई तीव्र बनाएको छ।
News Desk 0 response सोमवार, पुस २, २०७५


सम्बन्धित शीर्षकहरु
-
यी पाँच प्रदेशमा ठूलो पानी पर्ने सम्भावना
सोमवार, असार ३०, २०८२ -
भन्सार शुल्क बढाउने अमेरिकाको धम्कीपछि युरोपेली सङ्घ..
सोमवार, असार ३०, २०८२ -
फिफा क्लब विश्वकपको उपाधि चेल्सीलाई
सोमवार, असार ३०, २०८२ -
२० वर्षमुनिको साफ महिला च्याम्पियनशिपमा नेपाल बङ्गलादेशसँग..
सोमवार, असार ३०, २०८२ -
स्पेन प्रकरण र मन्त्रीको घुस ‘डिल’ बारे..
आइतवार, असार २९, २०८२
-
यी पाँच प्रदेशमा ठूलो पानी पर्ने सम्भावना
सोमवार, असार ३०, २०८२ -
फिफा क्लब विश्वकपको उपाधि चेल्सीलाई
सोमवार, असार ३०, २०८२ -
२० वर्षमुनिको साफ महिला च्याम्पियनशिपमा नेपाल बङ्गलादेशसँग..
सोमवार, असार ३०, २०८२ -
स्पेन प्रकरण र मन्त्रीको घुस ‘डिल’ बारे..
आइतवार, असार २९, २०८२ -
काठमाडौं महानगरको २५ अर्ब ७६ करोड रुपैयाँको..
आइतवार, असार २९, २०८२
-
पर्यटकीय केन्द्र बन्दै ‘तीनखोले मन्दिर र झाँगाझोली..
आइतवार, असार २२, २०८२ -
सिङ्गापुरलाई २ विकेटले हराउँदै नेपालले जित्यो यू–१६..
शनिबार, असार २१, २०८२ -
सर्वोच्च अदालतमा तीन जना न्यायाधीश नियुक्त
सोमवार, असार २३, २०८२ -
बेलायतले इरानबाट बढ्दो र अप्रत्याशित खतराको सामना..
बिहिबार, असार २६, २०८२ -
मिथेन ग्यासको सम्पर्कमा आएर इराकमा १२ टर्किए..
सोमवार, असार २३, २०८२