• दुई वर्षअघिदेखि भएका विभिन्न पदको भर्नामा अनियमितता गरेको भन्दै नेपाली सेनाले २३ अधिकृतसहित १ सय ८७ जनाविरूद्ध कोर्ट मार्सल सुरु भएको थियो। भर्ना प्रक्रियामा अनियमितता भएको ठहर गर्दै नेपाली सेनाको कोर्ट मार्सलले तीन जना अधिकृतसहित ११ जनालाई कारबाही गरेको छ।
    सो मुद्दामा चार अधिकृत १४ जनालाई सफाइ दिइएको छ भने अन्य सबै दोषी सावित भएका छन्।

    दोषीबाट तीन करोड २२ लाख ७५ हजार रूपैयाँ बिगो उठाउने फैसला समेत कोर्ट मार्सलले गरेको छ।

    मार्सलले दुई अधिकृतसहित ६ जनालाई ३५ दिनदेखि ३ वर्षसम्म कैदका साथै बर्खास्त गर्ने, दुईजनालाई ६ वर्ष कैद र बर्खास्त गर्ने, १ अधिकृतसहित ३ जनालाई बर्खास्त गर्ने फैसला गरेको हो।

    सोही मुद्दामा संलग्न भएको आरोप लागेका केही सैनिकको बढुवा रोकिएको छ भने केहीलाई सचेत गराइएको छ।