

-
काठमाडौं ।
राजनीतिक तहमा नै प्रभाव पारेको निजीस्तरको दूरसञ्चार प्रदायक कम्पनी एनसेलको सेयर खरिद बिक्रीमा लाभकर कसले तिर्नुपर्ने मुद्दाका न्यायाधीशनै बिदामा बसेपछि अन्तिम सुनुवाइ रोकिएको छ।
यसअघि एनसेलको पक्षमा आदेश जारी भई २४ अर्ब ५० करोड रुपैयाँ विदेश लगिसके पनि उक्त कम्पनी नेपालमै रहेकाले कर तिर्नुपर्ने दाबी गर्दै नागरिक समाजका तर्फबाट हालिएको रिट र कम्पनीका तर्फबाट दायर दुवै निवेदन अर्कै ठाउँमा राखी संयुक्त इजलासबाट सुनुवाइ हुन लागेको हो।
न्यायाधीश विश्वम्भर श्रेष्ठ बिदामा बस्दा एनसेलको पूर्ण सुनुवाइ बिहीबार स्थगित भएको हो।रिनोल्डस होल्डिङसँग भएको ८० प्रतिशत सेयर खरिद बिक्रीमा लाभकर नपाएपछि विवाद सुरु भएको थियो।
पाँच न्यायाधीशको पूर्ण इजलासमा उक्त मुद्दा हेर्दाहेर्दै रहेको थियो। उक्त मुद्दा न्यायाधीशहरू शारदाप्रसाद घिमिरे, विश्वम्भरप्रसाद श्रेष्ठ, पुरुषोत्तम भण्डारी, बमकुमार श्रेष्ठ र टंकबहादुर मोक्तानको इजलासमा सुनुवाइ भइरहेको थियो।
आजबाट पक्षका कानुन व्यावसायीहरूले उक्त मुद्दामा बहस गर्दै थिए।
प्रधानन्यायाधीश ओमप्रकाश मिश्रकै पालामा फैसला गर्न एनसेल पक्षले लविङसमेत थालेको थियो। प्रधानन्यायाधीश मिश्रको कार्यकाल यही पुस १७ गते सकिँदै छ। उक्त मुद्दाको पेसी कम्तिमा १५ दिन पर सर्ने भएकाले यो मुद्दाको सुनुवाइ पर धकेलिएको छ।
News Desk 0 response बिहिबार, मंसिर १३, २०७५

सम्बन्धित शीर्षकहरु
आन्दोलनमा घर जलाइएका एक उच्च अधिकारी,सरकारी सम्पत्ति क्षति विवरण सङ्कलनमा व्यस्त
मङ्लबार, कार्तिक २६, २०८२-
लोक सेवा आयोगले माग्यो १७० कर्मचारी (विज्ञापनसहित)
बुधबार, कार्तिक २७, २०८२ -
आजको मौसम कस्तो रहला ?
बुधबार, कार्तिक २७, २०८२ -
भीम रावल आज नेपाली कम्युनिस्ट पार्टीमा समाहित..
बुधबार, कार्तिक २७, २०८२ -
बिहार चुनावको एक्जिट पोल : ‘एनडीए’लाई बहुमतको..
बुधबार, कार्तिक २७, २०८२ -
मेलम्ची खानेपानी आयोजनामा देखिएको अवरोध हट्यो
बुधबार, कार्तिक २७, २०८२
-
लोक सेवा आयोगले माग्यो १७० कर्मचारी (विज्ञापनसहित)
बुधबार, कार्तिक २७, २०८२ -
आजको मौसम कस्तो रहला ?
बुधबार, कार्तिक २७, २०८२ -
भीम रावल आज नेपाली कम्युनिस्ट पार्टीमा समाहित..
बुधबार, कार्तिक २७, २०८२ -
बिहार चुनावको एक्जिट पोल : ‘एनडीए’लाई बहुमतको..
बुधबार, कार्तिक २७, २०८२ -
मेलम्ची खानेपानी आयोजनामा देखिएको अवरोध हट्यो
बुधबार, कार्तिक २७, २०८२
-
भोजपुरमा बन्छन् पाँच सयदेखि ५२ हजारसम्मका ‘भोजपुरे..
शुक्रबार, कार्तिक २२, २०८२ -
मुस्ताङ–डोल्पा सडक १० दिनदेखि अवरुद्ध
शुक्रबार, कार्तिक २२, २०८२ -
‘स्टोरकिपर’ हाकिमसँगै पत्रकारदेखि नेतासम्म खुशी पार्नुपर्ने पात्र
सोमवार, कार्तिक १८, २०८२ -
नेपाल प्रहरीका एसएसपी रानाभाटको राजीनामा स्वीकृत
बिहिबार, कार्तिक २१, २०८२ -
कैलालीमा जिपको ठक्करबाट एक जनाको मृत्यु, ३..
आइतवार, कार्तिक २४, २०८२



