

-
प्रधानमन्त्री केपी शर्मा ओलीनै मन्त्री र सचिवको कामवाट असन्तुष्ट रहेका छन् । उनले मन्त्री र सचिवहरूलाई काममा केन्द्रित हुन र जवाफदेही हुन निर्देशन दिएका छन्। अहिले भईरहेको काम पटक्कै सन्तोषजनक नभएको ओलीको भनाई थियो ।
आर्थिक वर्ष २०७५ ०७६ को नीति तथा कार्यक्रम एवं बजेटको कार्यन्वयन सम्बन्धी समिक्षा बैठकलाई सिंहदरबारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले काम गरेर परिणामा चाहिने औल्याए ।
प्रधानमन्त्री ओलीले काममा परिणाम नआउने ,काम नगर्ने तर प्रतिवेदनमात्र चुस्त बनाउँदा जनताले सेवाको अनुभूति नगर्ने भएकोले परिणाम देखिने गरी काम गर्न निर्देशन दिएका छन्।
प्रधानमन्त्री ओलीले तीन दिनसम्म आयोजना गरिएको प्रगति प्रतिवेदन बैठक परिकल्पनाको समिक्षा नभइ कार्यान्वयनको अवस्थाको जानकारी लागि भएको बताएका छन्।
‘यो बैठक परिकल्पनाको समिक्षा होइन, सरकारका नीति,कार्यक्रम र बजेटको हालसम्मको कार्यान्वयनको अवस्था थाहा पाउनका लागि आयोजना गरिएको हो’, प्रधानमन्त्री ओलीले भने, ‘मन्त्रालयहरू केही न केही रचनात्मक हुन खोजेका छन्। कार्यान्वयनको राम्रै सुरूवात भएको छ। तर यसलाई तीव्रता दिनु पर्दछ।’
वर्तमान सरकार गहन जिम्मेवारीसहित सफल हुनै पर्ने भएकोले सबैले त्यसै अनुसार काम गर्न प्रधानमन्त्रीले निर्देशन दिए।
‘सफल हुनका लागि सबै अवयवहरूलाई चुस्त बनाउनु पर्दछ। हरेक कुराको परिणाम देखिनु पर्दछ’, प्रधानमन्त्री ओलीले भने।
प्रधानमन्त्री ओलीले अनावश्यक र रहरका आधारमा विदेश भ्रमण नगर्न मन्त्री र सचिवलाई निर्देशन दिए।
सरकारले मितव्ययी नीति लिएकोले हरेक कुरा कम खर्चमा सम्पन्न गर्न प्रधानमन्त्रीको निर्देशन छ ।
News Desk 0 response आइतवार, मंसिर ९, २०७५


सम्बन्धित शीर्षकहरु
-
सरकार र आन्दोलनरत शिक्षकहरूबीच वार्ता शुरु
बिहिबार, अशोज ४, २०८० -
यू–१९ साफ च्याम्पियनसिपमा नेपाल पाकिस्तानसँग पराजित
बिहिबार, अशोज ४, २०८० -
एसईईको ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक, ६७ प्रतिशतको..
बिहिबार, अशोज ४, २०८० -
विद्यार्थीको पढ्न पाउने अधिकार कुण्ठित नहोस् :..
बिहिबार, अशोज ४, २०८० -
शिक्षकहरूको आन्दोलनप्रति मानव अधिकार आयोगको गम्भीर ध्यानाकर्षण
बिहिबार, अशोज ४, २०८०
-
सरकार र आन्दोलनरत शिक्षकहरूबीच वार्ता शुरु
बिहिबार, अशोज ४, २०८० -
एसईईको ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक, ६७ प्रतिशतको..
बिहिबार, अशोज ४, २०८० -
विद्यार्थीको पढ्न पाउने अधिकार कुण्ठित नहोस् :..
बिहिबार, अशोज ४, २०८० -
शिक्षकहरूको आन्दोलनप्रति मानव अधिकार आयोगको गम्भीर ध्यानाकर्षण
बिहिबार, अशोज ४, २०८० -
प्राधिकरणले भारतलाई २ महिनामा ५ अर्ब ४३..
बिहिबार, अशोज ४, २०८०
-
सत्तामा बसेर साडे डुक्राइ गर्नेलाई पूर्वसचिवको १०..
बुधबार, भदौ २७, २०८० -
यी हुन् अर्थमन्त्रालयका सरुवामा परेका ५५ अधिकृत,अधिकांश..
बुधबार, भदौ २७, २०८० -
उपत्यकाकै सरकारी स्वास्थ्य संस्थामा जनशक्तिको अभाव
बिहिबार, भदौ २८, २०८० -
राजकीय सम्मानका साथ दुई छोराले दिए नेम्वाङलाई..
बिहिबार, भदौ २८, २०८० -
तीनकुने सामूहिक हत्या प्रकरण : दीपेन्द्र राई..
आइतवार, भदौ ३१, २०८०