

-
काठमाण्डौं ।
नेपालको प्रतिनिधित्व गर्ने विदेशस्थित चारवटा कूटनीतिक नियोग लामो समयदेखि राजदूतविहीन छन् । आउँदो एक महिनाभित्र थप ६ वटा नियोग खाली हुँदै छन् । तर सरकारले अझै राजदूत नियुक्ति प्रक्रिया अघि बढाएको छैन ।
नेकपा नेतृत्वको सरकार बन्नुअघि नै छिमेकी भारत, नेपालीका प्रमुख रोजगार गन्तव्य युएइ र मलेसियामा राजदूत पद खाली थिए । बल्लतल्ल असार अन्तिम साता सरकारले राजदूत चयनको मापदण्ड तय गर्दै भारत र मलेसियाका लागि निलकण्ठ उप्रेती र उदयराज पाण्डेलाई सिफारिस गर्यो । तर उप्रेती संवैधानिक निकायको प्रमुख समेत भैसकेको कारण विवाद उत्पन्न भएपछि दुबै जनाको नियुक्ति प्रकृया अघि बढाईएन । परराष्ट्र सेवा र राजनीतिक गरि आधाआधा संख्या मिलाएर राजदूत नियुक्त गर्ने मापदण्ड तय गरिएको छ । कुटनीतिक मर्यादा बुझेको, स्नातक उत्तीर्ण र द्विपक्षीय सम्बन्धबारे जानकार हुनुपर्ने पनि मापदण्डमा उल्लेख छ । यसले राजदूतहरुको कार्यदक्षता कुटनीतिक प्रभावकारिता बढ्ने अपेक्षा गरिएको थियो । तर सिफारिसको प्रकृया नै अघि नबढेपछि मापदण्ड पनि त्यसै अलपत्र छ ।
एक महिनापछि थाईल्याण्ड, फ्रान्स, कुबेत, दक्षिण अफ्रिका, क्यानडा पनि राजदूतबिहिन हुँदैछन् । कार्य्विधिमा पदाबिधि सकिनु ३ महिना अघि नै नयाँ नियुक्तिको प्रकृया थाल्नु पर्ने ब्यवस्थाप्रति पनि सरकारले बेवास्ता गरिरहेको छ । राजदूतहरु राष्ट्रका प्रतिनिधि हुन् । तर महिनौंदेखि राजदूत नियुक्तिमा भैरहेको ढिलासुस्तीले सरकारले कुटनीतिक सम्बन्धलाई प्राथमिकता राख्न नसकेको देखाउँछ ।
News Desk 0 response शुक्रबार, कार्तिक १६, २०७५


सम्बन्धित शीर्षकहरु
-
रवि लामिछानेमाथि राहदानी दुरुपयोगको मुद्दा नचल्ने
सोमवार, चैत्र ६, २०७९ -
पत्रकारबारे दिएको अभिव्यक्ति सभामुखद्वारा फिर्ता
सोमवार, चैत्र ६, २०७९ -
अब ४ दिनभित्रै सरकारलाई पूर्णता दिन्छु :..
सोमवार, चैत्र ६, २०७९ -
चिनियाँ राष्ट्रपति सी जिनपिङ रुस भ्रमणमा
सोमवार, चैत्र ६, २०७९ -
फागुनमा मात्रै झण्डै ६२ हजारले लिए श्रम..
सोमवार, चैत्र ६, २०७९
-
रवि लामिछानेमाथि राहदानी दुरुपयोगको मुद्दा नचल्ने
सोमवार, चैत्र ६, २०७९ -
पत्रकारबारे दिएको अभिव्यक्ति सभामुखद्वारा फिर्ता
सोमवार, चैत्र ६, २०७९ -
अब ४ दिनभित्रै सरकारलाई पूर्णता दिन्छु :..
सोमवार, चैत्र ६, २०७९ -
चिनियाँ राष्ट्रपति सी जिनपिङ रुस भ्रमणमा
सोमवार, चैत्र ६, २०७९ -
फागुनमा मात्रै झण्डै ६२ हजारले लिए श्रम..
सोमवार, चैत्र ६, २०७९
-
स्थानीय सरकारकै कर्मचारी प्रमुख प्रशासकीय अधिकृत हुनुपर्ने..
मङ्लबार, फाल्गुन ३०, २०७९ -
टर्कीमा भूकम्पले क्षति पुगेका १० वटा अस्पताल..
शनिबार, फाल्गुन २७, २०७९ -
राष्ट्रपति भण्डारीको कार्यकाल आजबाट सकियो, निजी निवासमा..
आइतवार, फाल्गुन २८, २०७९ -
फेरि पनि शक्तिशाली कम्युनिस्ट केन्द्र बन्छौं :..
आइतवार, फाल्गुन २८, २०७९ -
पीएनजीविरुद्ध नेपालको सहज जित
सोमवार, फाल्गुन २९, २०७९