

-
काठमाण्डौं ।
नेपालको प्रतिनिधित्व गर्ने विदेशस्थित चारवटा कूटनीतिक नियोग लामो समयदेखि राजदूतविहीन छन् । आउँदो एक महिनाभित्र थप ६ वटा नियोग खाली हुँदै छन् । तर सरकारले अझै राजदूत नियुक्ति प्रक्रिया अघि बढाएको छैन ।
नेकपा नेतृत्वको सरकार बन्नुअघि नै छिमेकी भारत, नेपालीका प्रमुख रोजगार गन्तव्य युएइ र मलेसियामा राजदूत पद खाली थिए । बल्लतल्ल असार अन्तिम साता सरकारले राजदूत चयनको मापदण्ड तय गर्दै भारत र मलेसियाका लागि निलकण्ठ उप्रेती र उदयराज पाण्डेलाई सिफारिस गर्यो । तर उप्रेती संवैधानिक निकायको प्रमुख समेत भैसकेको कारण विवाद उत्पन्न भएपछि दुबै जनाको नियुक्ति प्रकृया अघि बढाईएन । परराष्ट्र सेवा र राजनीतिक गरि आधाआधा संख्या मिलाएर राजदूत नियुक्त गर्ने मापदण्ड तय गरिएको छ । कुटनीतिक मर्यादा बुझेको, स्नातक उत्तीर्ण र द्विपक्षीय सम्बन्धबारे जानकार हुनुपर्ने पनि मापदण्डमा उल्लेख छ । यसले राजदूतहरुको कार्यदक्षता कुटनीतिक प्रभावकारिता बढ्ने अपेक्षा गरिएको थियो । तर सिफारिसको प्रकृया नै अघि नबढेपछि मापदण्ड पनि त्यसै अलपत्र छ ।
एक महिनापछि थाईल्याण्ड, फ्रान्स, कुबेत, दक्षिण अफ्रिका, क्यानडा पनि राजदूतबिहिन हुँदैछन् । कार्य्विधिमा पदाबिधि सकिनु ३ महिना अघि नै नयाँ नियुक्तिको प्रकृया थाल्नु पर्ने ब्यवस्थाप्रति पनि सरकारले बेवास्ता गरिरहेको छ । राजदूतहरु राष्ट्रका प्रतिनिधि हुन् । तर महिनौंदेखि राजदूत नियुक्तिमा भैरहेको ढिलासुस्तीले सरकारले कुटनीतिक सम्बन्धलाई प्राथमिकता राख्न नसकेको देखाउँछ ।
News Desk 0 response शुक्रबार, कार्तिक १६, २०७५

सम्बन्धित शीर्षकहरु
-
उपसचिव र प्रमुख प्रशासकीय अधिकृतसहित ८८ कर्मचारीको..
शुक्रबार, जेष्ठ २९, २०८३ -
प्रधानमन्त्रीको अभिव्यक्तिले सुस्तामा भारतीय सुरक्षाकर्मी पसेको होइन..
शुक्रबार, जेष्ठ २९, २०८३ -
भेटेरिनरी अस्पताल भवन निर्माणमा भ्रष्टाचार, कार्यालय प्रमुखसहित..
बिहिबार, जेष्ठ २८, २०८३ -
मनसुनी बायु नेपालको सीमा सम्म आइपुग्यो
बिहिबार, जेष्ठ २८, २०८३ -
बजेट संविधान विपरीत छैन : अर्थमन्त्री वाग्ले
बिहिबार, जेष्ठ २८, २०८३
-
उपसचिव र प्रमुख प्रशासकीय अधिकृतसहित ८८ कर्मचारीको..
शुक्रबार, जेष्ठ २९, २०८३ -
प्रधानमन्त्रीको अभिव्यक्तिले सुस्तामा भारतीय सुरक्षाकर्मी पसेको होइन..
शुक्रबार, जेष्ठ २९, २०८३ -
भेटेरिनरी अस्पताल भवन निर्माणमा भ्रष्टाचार, कार्यालय प्रमुखसहित..
बिहिबार, जेष्ठ २८, २०८३ -
मनसुनी बायु नेपालको सीमा सम्म आइपुग्यो
बिहिबार, जेष्ठ २८, २०८३ -
बजेट संविधान विपरीत छैन : अर्थमन्त्री वाग्ले
बिहिबार, जेष्ठ २८, २०८३
-
सचिव पुष्करमाथि सम्पत्ति शुद्धीकरणको छानबिन
मङ्लबार, जेष्ठ २६, २०८३ -
आइतबारको बिदा खारेज गर्न लागिएको होइन :..
आइतवार, जेष्ठ २४, २०८३ -
यस्तो बन्यो बालेन नेतृत्वको १७ सदस्यीय मन्त्रिपरिषद्
मङ्लबार, जेष्ठ २६, २०८३ -
उपसचिव र प्रमुख प्रशासकीय अधिकृतसहित ८८ कर्मचारीको..
शुक्रबार, जेष्ठ २९, २०८३ -
नेपालमा मात्र पाइने दुर्लभ चरा काँडे भ्याकुर..
आइतवार, जेष्ठ २४, २०८३



