

निर्मला हत्याको प्रमाण प्रहरीले नष्ट गरेको आधार बढ्दै
निर्मला पन्तको डीएनए परीक्षणका लागि लिइएको नमुना ‘भजाइनल स्वाब’ को संकलन प्रक्रिया नै कानुनविपरीत
-
निर्मला पन्तको हत्यारा पत्ता लगाउन प्रहरीलाई हम्मे पर्ने देखिएको छ । सरकारले गठन गरेको टोलीले प्रतिवेदन बुझाउँदा समेत अपराधी फेला पर्न सकेको छैन । बिभिन्न चरणमा अनुसन्धान गर्दा पनि खास अभियुक्त फेला नपरेपछि यो घटना थप रहस्यम बनदै गएको छ । निर्मला पन्तको डीएनए परीक्षणका लागि लिइएको नमुना ‘भजाइनल स्वाब’ को संकलन प्रक्रिया नै कानुनविपरीत भएको पाइएको छ । अनुसन्धानका क्रममा ‘भजाइनल स्वाब’ को नमुना संकलन गरेर प्रयोगशालामा पठाउँदा आवश्यक कानुनी प्रक्रिया नै पूरा नगरेर प्रहरीले कानुनविपरीतको काम गरेको पाइएको हो ।
‘‘मृत शरीरको पोष्टमार्टमपछि लिइएको ‘भजाइनल स्वाब’ प्रयोगशालामा पठाउँदा आमाबुबा वा नजिकका आफन्तको अनिवार्य हस्ताक्षर लिइनुपर्छ । बेवारिसे लाश भएको भए अर्को कुरा हो । यस्तोमा त्यो लिइएको स्वाब निर्मलाकै हो भन्ने के ग्यारेन्टी ? भन्ने प्रश्न उठ्न थालेको छ । निर्मलाका बुबा भारतबाट आउनुभन्दा अघिल्लो दिनमा नै उनको ल्याप्चे लगाएर मुचुल्का तयार पारिएको छ । यसले गर्दा प्रहरीको भूमिकाप्रति शंका बढेको छ । प्रहरीले घटनाका सम्पूर्ण प्रमाण लुकाउन यो सबै गरेको हुन सक्ने आशंका व्याप्त छ । ‘‘उखुबारीमा शव घोप्टो अवस्थामा फेला परेको थियो । यस्तो अवस्थामा प्रमाण लोप भइहाल्छ । अर्थात् मृतकको शरीरमा रहेको बलात्कारीको प्रमाण नष्ट भएर जान्छ । विर्य बगिसकेको पनि हुनसक्छ । यो निकै गम्भीर विषय हो । आमाबुबा हुँदाहुँदै हस्ताक्षरबिनै मुचुल्का तयार पार्नुपर्ने र त्यसमा नक्कली ल्याप्चे लगाउनुपर्ने बाध्यता प्रहरीलाई के थियो ? एक पूर्व प्रहरीले शंका गरे ।
त्यसोत अझै अनुसन्धानका लागि विभिन्न आधा दर्जन टोली कञ्चनपुरमै सक्रिय छन् । निर्मला हत्याको अनुन्धानका लागि सीआईबीका एसएसपी ठाकुर ज्ञवालीसहित, प्राविधिक टोली, क्राइम सीन विज्ञ टोली, महिला तथा बालबालिका सम्बन्धी विज्ञ टोली र कञ्चनपुर प्रहरीको आफ्नो छुट्टै टोली छ । यी बाहेक राष्ट्रिय अनुसन्धान विभाग र सशस्त्र प्रहरी बलको टोलीले पनि अनुसन्धानमा सघाइरहेको बताइन्छ । हरेक टोलीले छुट्टाछुट्टै पनि अनुसन्धान गरिरहेको छ ।
बलात्कार र हत्या भएको २ महिना बितिसक्दा पनि दोषीको पहिचान हुन नसक्दा पीडित परिवारमा थप पीडा थपिएको छ । शनिबारबाट निर्मला हत्यासम्बन्धी गृहका सहसचिव हरिप्रसाद मैनाली नेतृत्वको छानबिन समितिले गृहमन्त्रीलाई बुझाएको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै कञ्चनपुरमा आन्दोलन सुरु भएको छ ।
News Desk 0 response सोमवार, अशोज १५, २०७५

सम्बन्धित शीर्षकहरु
-
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३ -
६ महिने प्रसूति बिदाको व्यवहारिकताप्रति सांसदको प्रश्न
सोमवार, अशोज १२, २०८३ -
मनाङको हिम्लुङ हिमालमा पहिरो, १० जना बेपत्ता
आइतवार, अशोज ११, २०८३
-
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३ -
६ महिने प्रसूति बिदाको व्यवहारिकताप्रति सांसदको प्रश्न
सोमवार, अशोज १२, २०८३ -
मनाङको हिम्लुङ हिमालमा पहिरो, १० जना बेपत्ता
आइतवार, अशोज ११, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
अर्थमन्त्री वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी
मङ्लबार, अशोज ६, २०८३



