

निर्मला हत्याको प्रमाण प्रहरीले नष्ट गरेको आधार बढ्दै
निर्मला पन्तको डीएनए परीक्षणका लागि लिइएको नमुना ‘भजाइनल स्वाब’ को संकलन प्रक्रिया नै कानुनविपरीत
-
निर्मला पन्तको हत्यारा पत्ता लगाउन प्रहरीलाई हम्मे पर्ने देखिएको छ । सरकारले गठन गरेको टोलीले प्रतिवेदन बुझाउँदा समेत अपराधी फेला पर्न सकेको छैन । बिभिन्न चरणमा अनुसन्धान गर्दा पनि खास अभियुक्त फेला नपरेपछि यो घटना थप रहस्यम बनदै गएको छ । निर्मला पन्तको डीएनए परीक्षणका लागि लिइएको नमुना ‘भजाइनल स्वाब’ को संकलन प्रक्रिया नै कानुनविपरीत भएको पाइएको छ । अनुसन्धानका क्रममा ‘भजाइनल स्वाब’ को नमुना संकलन गरेर प्रयोगशालामा पठाउँदा आवश्यक कानुनी प्रक्रिया नै पूरा नगरेर प्रहरीले कानुनविपरीतको काम गरेको पाइएको हो ।
‘‘मृत शरीरको पोष्टमार्टमपछि लिइएको ‘भजाइनल स्वाब’ प्रयोगशालामा पठाउँदा आमाबुबा वा नजिकका आफन्तको अनिवार्य हस्ताक्षर लिइनुपर्छ । बेवारिसे लाश भएको भए अर्को कुरा हो । यस्तोमा त्यो लिइएको स्वाब निर्मलाकै हो भन्ने के ग्यारेन्टी ? भन्ने प्रश्न उठ्न थालेको छ । निर्मलाका बुबा भारतबाट आउनुभन्दा अघिल्लो दिनमा नै उनको ल्याप्चे लगाएर मुचुल्का तयार पारिएको छ । यसले गर्दा प्रहरीको भूमिकाप्रति शंका बढेको छ । प्रहरीले घटनाका सम्पूर्ण प्रमाण लुकाउन यो सबै गरेको हुन सक्ने आशंका व्याप्त छ । ‘‘उखुबारीमा शव घोप्टो अवस्थामा फेला परेको थियो । यस्तो अवस्थामा प्रमाण लोप भइहाल्छ । अर्थात् मृतकको शरीरमा रहेको बलात्कारीको प्रमाण नष्ट भएर जान्छ । विर्य बगिसकेको पनि हुनसक्छ । यो निकै गम्भीर विषय हो । आमाबुबा हुँदाहुँदै हस्ताक्षरबिनै मुचुल्का तयार पार्नुपर्ने र त्यसमा नक्कली ल्याप्चे लगाउनुपर्ने बाध्यता प्रहरीलाई के थियो ? एक पूर्व प्रहरीले शंका गरे ।
त्यसोत अझै अनुसन्धानका लागि विभिन्न आधा दर्जन टोली कञ्चनपुरमै सक्रिय छन् । निर्मला हत्याको अनुन्धानका लागि सीआईबीका एसएसपी ठाकुर ज्ञवालीसहित, प्राविधिक टोली, क्राइम सीन विज्ञ टोली, महिला तथा बालबालिका सम्बन्धी विज्ञ टोली र कञ्चनपुर प्रहरीको आफ्नो छुट्टै टोली छ । यी बाहेक राष्ट्रिय अनुसन्धान विभाग र सशस्त्र प्रहरी बलको टोलीले पनि अनुसन्धानमा सघाइरहेको बताइन्छ । हरेक टोलीले छुट्टाछुट्टै पनि अनुसन्धान गरिरहेको छ ।
बलात्कार र हत्या भएको २ महिना बितिसक्दा पनि दोषीको पहिचान हुन नसक्दा पीडित परिवारमा थप पीडा थपिएको छ । शनिबारबाट निर्मला हत्यासम्बन्धी गृहका सहसचिव हरिप्रसाद मैनाली नेतृत्वको छानबिन समितिले गृहमन्त्रीलाई बुझाएको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै कञ्चनपुरमा आन्दोलन सुरु भएको छ ।
News Desk 0 response सोमवार, अशोज १५, २०७५


सम्बन्धित शीर्षकहरु
-
अमेरिकी आकाशमा आफ्नो बेलुन पुगेको घटनाप्रति चीनले..
शनिबार, माघ २१, २०७९ -
लोकतन्त्र बलियो हुन प्रेस बलियो हुनुपर्छ :..
शनिबार, माघ २१, २०७९ -
संविधानको उल्लङ्घन गर्नेहरु नै सरकारमा जाँदा सङ्कट..
शनिबार, माघ २१, २०७९ -
तापक्रम बढ्दै, तत्काल पानी पर्ने सम्भावना हट्यो
शनिबार, माघ २१, २०७९ -
रबिको अल्टिमेटम आज सकिँदै, गृह मन्त्रालय नदिने..
शनिबार, माघ २१, २०७९
-
लोकतन्त्र बलियो हुन प्रेस बलियो हुनुपर्छ :..
शनिबार, माघ २१, २०७९ -
संविधानको उल्लङ्घन गर्नेहरु नै सरकारमा जाँदा सङ्कट..
शनिबार, माघ २१, २०७९ -
तापक्रम बढ्दै, तत्काल पानी पर्ने सम्भावना हट्यो
शनिबार, माघ २१, २०७९ -
खर्च कटौती गर्न पालिका र जिल्ला समन्वय..
शनिबार, माघ २१, २०७९ -
नेपाली श्रमिकको हितलाई केन्द्रमा राख्न मलेसियाका गृहमन्त्रीसँग..
शुक्रबार, माघ २०, २०७९
-
अर्थतन्त्रका सूचकहरु अझै चिन्ताजनक : प्रधानमन्त्री
बिहिबार, माघ १२, २०७९ -
मधेस प्रदेशका दुई सांसदले आज शपथ लिए
बुधबार, माघ ११, २०७९ -
बैतडीमा महिला टी–२० क्रिकेट आजदेखि
बिहिबार, माघ १२, २०७९ -
आज शहीद दिवस : विभिन्न कार्यक्रम गरी..
सोमवार, माघ १६, २०७९ -
आत्मनिर्भर लघुवित्तको आइपिओ खुला
सोमवार, माघ १६, २०७९