

-
बुटवल । गतआर्थिक वर्षमा रुपन्देही जिल्ला प्रहरीले ५१ जनालाई कारबाही गरेको छ । आचारण बिपरित काम गर्ने उनीहरुलाई बिभागीय कार्वाही गरिएको हो ।
जिल्लामा ५१ जना प्रहरीलाई भएको कारबाही मध्ये ४ जनालाई सेवाबाट हटाइएको छ। सेवाबाट हटाइएका चारै जना प्रहरी जवान हुन्।त्यस्तै ५ जनालाई तल्लो टाइम स्केलमा घटुवा गरिएको छ। जसमध्ये १ जना प्रहरी नायब निरीक्षक, २ जना प्रहरी साहयक निरीक्षक, १,१ जना हबल्दार र जवान रहेका छन् ।
यस्तै १ जना प्रहरी निरीक्षक सहित १ जनाप्रहरी सहायक निरीक्षक र १र१ जना हबल्दार÷ जवान गरी ४ जनालाई ग्रेड घटुवा कारबाही गरिएको छ। त्यस्तै ४ जनालाई निलम्बन समेत गरिएको छ।
जसमध्ये १,१ जना प्रहरी निरीक्षक, प्रहरी सहायक निरीक्षक र २ जना प्रहरी जवान रहेका छन्। २६ जनाले नसिहद पाएका छन्।
जसमध्ये २ जना प्रहरी नायब निरीक्षक, ३ जना प्रहरी सहायक निरीक्षक, ६ जना हबल्दार र १५ जना जवान रहेका छन्।
१ जना प्रहरी जवानको पदोन्नति रोक्का गरिएको छ भने ३ जनासगँ प्रतिकुल राय लिइएको र ४ जनलाई सख्त चेतावनी दिइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।
कारबाहीमा पर्ने अधिकांश प्रहरीहरू मादक पदार्थ सेवन गरी ड्युटी गर्ने, आर्थिक अनियमितता, समयमा काम नगर्ने, चेन अफ कमाण्डमा नरहने लगायत प्रहरी नियमावली विरुद्ध काम गरेको पाइएको कारण कारबाही गरिएको प्रवक्ता ढुंगेलले बताए।
त्यस्तै संगठनलाई योगदान गरी पुरस्कृत हुनेहरूमा ४० जनामध्ये ३ जना प्रहरी नायब उपरीक्षक, ७ जना प्रहरी निरीक्षक, ५ जना प्रहरी नायब निरीक्षक, २ जना प्रहरी सहायक निरीक्षक, ८ जनाप्रहरी हबल्दार, १४ जना प्रहरी जवान र १ जना प्रहरी कार्यालय सहयोगी रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।
News Desk 0 response बिहिबार, भदौ २८, २०७५


सम्बन्धित शीर्षकहरु

नेपाल निजामती कर्मचारी संगठनको महाधिवेशन : रेमन्त र भवानीबिच प्रतिस्पर्धा हुने
बिहिबार, फाल्गुन १, २०८१-
आज भ्यालेन्टाइन्स डे अर्थात् प्रणय दिवस :..
शुक्रबार, फाल्गुन २, २०८१ -
मोदी र ट्रम्पबिच भेट : मुम्बई आक्रमणका..
शुक्रबार, फाल्गुन २, २०८१ -
कस्तो रहला आज दिनभरको मौसम ?
शुक्रबार, फाल्गुन २, २०८१ -
इजरायलको चेतावनीपछि बन्धक रिहा गर्न हमास तयार
शुक्रबार, फाल्गुन २, २०८१ -
नेसपा (नयाँ शक्ति) को अध्यक्षमा बाबुराम भट्टराई..
शुक्रबार, फाल्गुन २, २०८१
-
आज भ्यालेन्टाइन्स डे अर्थात् प्रणय दिवस :..
शुक्रबार, फाल्गुन २, २०८१ -
मोदी र ट्रम्पबिच भेट : मुम्बई आक्रमणका..
शुक्रबार, फाल्गुन २, २०८१ -
कस्तो रहला आज दिनभरको मौसम ?
शुक्रबार, फाल्गुन २, २०८१ -
इजरायलको चेतावनीपछि बन्धक रिहा गर्न हमास तयार
शुक्रबार, फाल्गुन २, २०८१ -
नेसपा (नयाँ शक्ति) को अध्यक्षमा बाबुराम भट्टराई..
शुक्रबार, फाल्गुन २, २०८१
-
चीन नेपालबीच आएको समस्या दुवै मिलेर समाधान..
मङ्लबार, माघ २९, २०८१ -
रवि लामिछानेसहित १५ जनाविरुद्ध चितवनमा अभियोग पत्र..
मङ्लबार, माघ २२, २०८१ -
रास्वपाले संसदमा सभापति रवि लामिछानेको विषय उठाउने
बुधबार, माघ २३, २०८१ -
अमेरिकाबाट फर्काइएका १ सय जनाभन्दा धेरै भारतीय..
बुधबार, माघ २३, २०८१ -
रविलाई हिरासतमा राख्न अदालतको आदेश
बुधबार, माघ २३, २०८१