•  

    काठमाडौं । ४० रोपनी जग्गा कीर्ते गरी अर्कैको नाममा पास गरेको अभियोगमा नापी कार्यालय चाबहिलका नापीप्रमुख सहित चार जनालाई प्रहरीले पक्राउ गरेको छन्।

    बुढानीलकण्ठको जग्गा कीर्ते गरी पक्राउ पर्नेमा नापी अधिकृत खगेन्द्रप्रसाद अर्याल, नायव सुब्बा रञ्जन कुमार खरेल, रघुनाथ तिमल्सिना र नायव सुब्बा जमुना कुमारी रहेका छन् ।