• काठमाडौं ।

    अख्तियार दुरूपयोग अनुसन्धान आयोगका आयुक्त नवीनकुमार घिमिरे प्रमुख आयुक्तमा सिफारिस भएका छन् ।
    संवैधानिक परिषदको बैठकले प्रमुख आयुक्तमा घिमिरेको नाम सिफारिस गरेको हो । २०७१ सालमा अख्तियारको आयुक्त नियुक्त भएका घिमिरे संसदीय सुनुवाई प्रक्रिया पूरा गरेपछि राष्ट्रपतिबाट प्रमुख आयुक्तमा नियुक्त हुनेछन् ।