

-
रुपन्देही ।
प्रदेश ५ मन्त्रिपरिषदको वैठकले प्रदेश सरकारका ६ वटै मन्त्रालयमा हाल केन्द्र सरकारले तोकेको दरबन्दी अपुग रहेको ठहरसहित कर्मचारी बढाउन माग गरेको छ ।
हाल केन्द्रले २७ सय १४ जना कर्मचारीको दरबन्दी तोकेको छ, हामीले यो संख्या अपुग भयो भनेर ३१ सय ५७ जना माग गर्ने निर्णय गरेका छौं ।केन्द्र सरकारले मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयलाई ५२ जना तोकेकामा प्रदेश मन्त्रिपरिषदले यसमा भने बढाउन मागेको छैन । आन्तरिक मामिला तथा कानून मन्त्रालयमा ३८ जनाबाट बढाएर ५२ जना, आर्थिक मामिला तथा योजना मन्त्रालयमा ६७ जनाबाट ७७ जना, भौतिक पूर्वाधार विकास मन्त्रालयमा ६ सय ७ जनाबाट ७ सय ८ जना कर्मचारी पुर्याउन प्रदेश सरकारले माग गरेको छ ।
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा १२ सय ३८ जनाबाट १३ सय ५७ जना, सामाजिक विकास मन्त्रालयमा २ सय ३३ जनाबाट ३ सय ८५ जना र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा ४ सय ४३ जनाबाट ४ सय ६१ जना कर्मचारी दरबन्दी पुर्याउन प्रदेश सरकारले माग गरेको छ ।
‘नयाँ बनेको प्रदेश सरकारका लागि संगठन संरचना धेरै महत्वपूर्ण विषय हो, कर्मचारीको पर्याप्तता नभई वजेट खर्च गर्ने सक्ने स्थिति रहन्न, त्यसैले केन्द्र सरकारले यसलाई गम्भीरताका साथ लिएर दरबन्दी बढाउने उनीहरुको बिश्वास छ । ‘हामीले मागे अनुसार केन्द्रले कर्मचारी दरबन्दी दियो भने शतप्रतिशत वजेट खर्च गरेर देखाउँछौं ।’ सरकारका प्रबक्ता बैजनाथ चौधरीले बताए ।
News Desk 0 response मङ्लबार, भदौ १२, २०७५

सम्बन्धित शीर्षकहरु
-
प्रधानमन्त्री बालेन्द्रको प्रश्न- बिर्सनुभयो कि सम्झनु हुन्छ..
शुक्रबार, बैशाख ११, २०८३ -
१७ गतेका लागि आह्वान भएकाे संसद् अधिवेशन..
बिहिबार, बैशाख १०, २०८३ -
इरानले हर्मुज भएर आउजाउ गर्ने जहाजबाट टोल..
बिहिबार, बैशाख १०, २०८३ -
शेखर गोल्छा पक्राउ
बिहिबार, बैशाख १०, २०८३ -
थापाथली क्षेत्रको सुकुमबासी बस्ती हटाउन प्रधानमन्त्रीको निर्देशन
बिहिबार, बैशाख १०, २०८३
-
प्रधानमन्त्री बालेन्द्रको प्रश्न- बिर्सनुभयो कि सम्झनु हुन्छ..
शुक्रबार, बैशाख ११, २०८३ -
१७ गतेका लागि आह्वान भएकाे संसद् अधिवेशन..
बिहिबार, बैशाख १०, २०८३ -
इरानले हर्मुज भएर आउजाउ गर्ने जहाजबाट टोल..
बिहिबार, बैशाख १०, २०८३ -
शेखर गोल्छा पक्राउ
बिहिबार, बैशाख १०, २०८३ -
थापाथली क्षेत्रको सुकुमबासी बस्ती हटाउन प्रधानमन्त्रीको निर्देशन
बिहिबार, बैशाख १०, २०८३
-
प्रधानमन्त्री बालेन्द्रको प्रश्न- बिर्सनुभयो कि सम्झनु हुन्छ..
शुक्रबार, बैशाख ११, २०८३ -
कर्मचारी संगठनका नेतालाई तह लगाउन सरकारको नयाँ..
आइतवार, बैशाख ६, २०८३ -
संसद्का ११ समितिको सभापतिमा रास्वपाको उम्मेदवारी, लेखा..
बिहिबार, बैशाख ३, २०८३ -
कांग्रेस संसदीय दल नेता चयन गर्न वैशाख..
सोमवार, बैशाख ७, २०८३ -
इरानले फेरि ‘हर्मुज’ बन्द गर्यो, अमेरिकी नाकाबन्दी..
शनिबार, बैशाख ५, २०८३



