

-
लामो समयदेखि प्रमुखबिहीन भएको अख्तियार दुरुपयोग निवारण आयोगमा नयाँ नियुक्तिका लागि छलफल सुरु भएको छ । संबैधानिक निकायमा लामो समयसम्म प्रमुखबिहिन हुन नहुने संबैधानिक ब्यवस्था छ । तथापि अख्तियारको प्रमुखमा भने लामो समयसम्म पनि प्रमुख चयन हुन सकेको छैन । हाल तत्कालिन प्रमुखको अवकाशसँगै रिक्त रहेको प्रमुखमा आयुक्त नबीन घिमिरेलाई कार्यवाहक वनाईएको छ । बीस महिनामात्र कार्यअवधि बाँकी भएका घिमिरे २०७१ चैत्र १९ मा आयुक्त नियुक्त भएका हुन् ।
News Desk 0 response सोमवार, भदौ ४, २०७५
नयाँ प्रमुख आयुक्त नियुक्त गर्ने चर्चा सँगै बिभिन्न ब्यक्तिहरु यसको लविङमा लागिरहेक छन् । पूर्व सचिव बालानन्द पौडेल,सूर्य सिलवाल तथा वर्तमान सचिव दिनेश थपलिया पनि अख्तियारमा छिर्ने प्रयत्नमा छन् । त्यसोत पूर्वमुख्य सचिव राजेन्द्रकिशोर क्षत्रीले पनि अख्तियार छिर्नका लागि बिभिन्न शक्तिकेन्द्रको चाकडी गरिरहेको समाचार प्राप्त भएको छ । वर्तमान मुख्य सचिव लोकदर्शन रेग्मीको कार्यसम्पादनमा त्यती सन्तुष्ट नभएको बर्तमान सरकारले उनलाई पनि स्थानान्तरण गरेर नयाँ मुख्यसचिव ल्याउने योजना गरिरहेका कारण रेग्मी पनि अख्तियारमा नियुक्त हुने मुडमा देखिएका छन् । तथापि रेग्मीका नजिककाहरु भने राजदूत हुने धुनमा रेग्मी अंग्रजी भाषाको कक्षमा जाने गरेको वताउँछन् ।
पूर्वमुख्य सचिव लिलामणी पौडेल पनि अख्तियारका लागि उपयुक्त पात्र भएको चर्चा हुने गरेको छ । नेकपाका एक अध्यक्ष पुष्पकमल दाहालको रोजाईमा परेका पौडेल अख्तियारमा प्रवेश गरेर प्रमुख आयुक्त हुने संभावना बढी थियो र तर, प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका वेला पौडेलको कार्यकुशलता वाट ओली सन्तुष्ट हुन नसेककोका कारण रोकिएको पौडेल निकटहरु वताउँछन् ।
त्यसोत आफू अनुकुलको प्रमुख आयुक्त ल्याउनका लागि बिवादास्पद ब्यपारी दिपक भट्ट मरिमेटेर शक्ति कन्द्रमा लागिरहेका छन् । २०७४ माघदेखि खाली रहेको प्रमुख निर्वाचन आयुक्त नहुँदा ठूल्ठला भ्रष्टाचारका अनुसन्धान हुन सकेको छैन । त्यसो हुँदा पनि नयाँ प्रमुख आयुक्त नियुक्तका लागि दवाव धेरै छ ।
अहिले अख्तियारको आयुक्तमा नविन घिमिरे, गणेशराज जोशी,सावित्री गुरुङ,राजनारायण पाठकसहित चारजनामात्र छन् । यिनीहरु मध्येवाट प्रमुख आयुक्त भएमा एक आयुक्त थप्नु पर्ने छ । नयाँ संबिधान अनुसार पाँच पदाधिकारी रहने अख्तियारमा हालका आयुक्तमध्ये नविन घिमिरे प्रमुख आयुक्त हुने दौडमा गतिलोसँग लागेको अख्तियार स्रोतले वतायो ।

सम्बन्धित शीर्षकहरु
-
प्रधानमन्त्री बालेन्द्रको प्रश्न- बिर्सनुभयो कि सम्झनु हुन्छ..
शुक्रबार, बैशाख ११, २०८३ -
१७ गतेका लागि आह्वान भएकाे संसद् अधिवेशन..
बिहिबार, बैशाख १०, २०८३ -
इरानले हर्मुज भएर आउजाउ गर्ने जहाजबाट टोल..
बिहिबार, बैशाख १०, २०८३ -
शेखर गोल्छा पक्राउ
बिहिबार, बैशाख १०, २०८३ -
थापाथली क्षेत्रको सुकुमबासी बस्ती हटाउन प्रधानमन्त्रीको निर्देशन
बिहिबार, बैशाख १०, २०८३
-
प्रधानमन्त्री बालेन्द्रको प्रश्न- बिर्सनुभयो कि सम्झनु हुन्छ..
शुक्रबार, बैशाख ११, २०८३ -
१७ गतेका लागि आह्वान भएकाे संसद् अधिवेशन..
बिहिबार, बैशाख १०, २०८३ -
इरानले हर्मुज भएर आउजाउ गर्ने जहाजबाट टोल..
बिहिबार, बैशाख १०, २०८३ -
शेखर गोल्छा पक्राउ
बिहिबार, बैशाख १०, २०८३ -
थापाथली क्षेत्रको सुकुमबासी बस्ती हटाउन प्रधानमन्त्रीको निर्देशन
बिहिबार, बैशाख १०, २०८३
-
प्रधानमन्त्री बालेन्द्रको प्रश्न- बिर्सनुभयो कि सम्झनु हुन्छ..
शुक्रबार, बैशाख ११, २०८३ -
कर्मचारी संगठनका नेतालाई तह लगाउन सरकारको नयाँ..
आइतवार, बैशाख ६, २०८३ -
संसद्का ११ समितिको सभापतिमा रास्वपाको उम्मेदवारी, लेखा..
बिहिबार, बैशाख ३, २०८३ -
कांग्रेस संसदीय दल नेता चयन गर्न वैशाख..
सोमवार, बैशाख ७, २०८३ -
इरानले फेरि ‘हर्मुज’ बन्द गर्यो, अमेरिकी नाकाबन्दी..
शनिबार, बैशाख ५, २०८३



