

-
लामो समयदेखि प्रमुखबिहीन भएको अख्तियार दुरुपयोग निवारण आयोगमा नयाँ नियुक्तिका लागि छलफल सुरु भएको छ । संबैधानिक निकायमा लामो समयसम्म प्रमुखबिहिन हुन नहुने संबैधानिक ब्यवस्था छ । तथापि अख्तियारको प्रमुखमा भने लामो समयसम्म पनि प्रमुख चयन हुन सकेको छैन । हाल तत्कालिन प्रमुखको अवकाशसँगै रिक्त रहेको प्रमुखमा आयुक्त नबीन घिमिरेलाई कार्यवाहक वनाईएको छ । बीस महिनामात्र कार्यअवधि बाँकी भएका घिमिरे २०७१ चैत्र १९ मा आयुक्त नियुक्त भएका हुन् ।
News Desk 0 response सोमवार, भदौ ४, २०७५
नयाँ प्रमुख आयुक्त नियुक्त गर्ने चर्चा सँगै बिभिन्न ब्यक्तिहरु यसको लविङमा लागिरहेक छन् । पूर्व सचिव बालानन्द पौडेल,सूर्य सिलवाल तथा वर्तमान सचिव दिनेश थपलिया पनि अख्तियारमा छिर्ने प्रयत्नमा छन् । त्यसोत पूर्वमुख्य सचिव राजेन्द्रकिशोर क्षत्रीले पनि अख्तियार छिर्नका लागि बिभिन्न शक्तिकेन्द्रको चाकडी गरिरहेको समाचार प्राप्त भएको छ । वर्तमान मुख्य सचिव लोकदर्शन रेग्मीको कार्यसम्पादनमा त्यती सन्तुष्ट नभएको बर्तमान सरकारले उनलाई पनि स्थानान्तरण गरेर नयाँ मुख्यसचिव ल्याउने योजना गरिरहेका कारण रेग्मी पनि अख्तियारमा नियुक्त हुने मुडमा देखिएका छन् । तथापि रेग्मीका नजिककाहरु भने राजदूत हुने धुनमा रेग्मी अंग्रजी भाषाको कक्षमा जाने गरेको वताउँछन् ।
पूर्वमुख्य सचिव लिलामणी पौडेल पनि अख्तियारका लागि उपयुक्त पात्र भएको चर्चा हुने गरेको छ । नेकपाका एक अध्यक्ष पुष्पकमल दाहालको रोजाईमा परेका पौडेल अख्तियारमा प्रवेश गरेर प्रमुख आयुक्त हुने संभावना बढी थियो र तर, प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका वेला पौडेलको कार्यकुशलता वाट ओली सन्तुष्ट हुन नसेककोका कारण रोकिएको पौडेल निकटहरु वताउँछन् ।
त्यसोत आफू अनुकुलको प्रमुख आयुक्त ल्याउनका लागि बिवादास्पद ब्यपारी दिपक भट्ट मरिमेटेर शक्ति कन्द्रमा लागिरहेका छन् । २०७४ माघदेखि खाली रहेको प्रमुख निर्वाचन आयुक्त नहुँदा ठूल्ठला भ्रष्टाचारका अनुसन्धान हुन सकेको छैन । त्यसो हुँदा पनि नयाँ प्रमुख आयुक्त नियुक्तका लागि दवाव धेरै छ ।
अहिले अख्तियारको आयुक्तमा नविन घिमिरे, गणेशराज जोशी,सावित्री गुरुङ,राजनारायण पाठकसहित चारजनामात्र छन् । यिनीहरु मध्येवाट प्रमुख आयुक्त भएमा एक आयुक्त थप्नु पर्ने छ । नयाँ संबिधान अनुसार पाँच पदाधिकारी रहने अख्तियारमा हालका आयुक्तमध्ये नविन घिमिरे प्रमुख आयुक्त हुने दौडमा गतिलोसँग लागेको अख्तियार स्रोतले वतायो ।

सम्बन्धित शीर्षकहरु
आन्दोलनमा घर जलाइएका एक उच्च अधिकारी,सरकारी सम्पत्ति क्षति विवरण सङ्कलनमा व्यस्त
मङ्लबार, कार्तिक २६, २०८२-
जेनजी आन्दोलनका घाइतेलाई परिचयपत्र वितरण
बिहिबार, कार्तिक २८, २०८२ -
चिसोबाट जोगिन के गर्ने के नगर्ने ?
बिहिबार, कार्तिक २८, २०८२ -
देशभरको मौसम सफा
बिहिबार, कार्तिक २८, २०८२ -
सदर चिडियाखानामा कालो रङको चितुवा
बुधबार, कार्तिक २७, २०८२ -
प्रधानमन्त्री कार्कीसँग निर्वाचन आयोगका पदाधिकारीको भेटवार्ता
बुधबार, कार्तिक २७, २०८२
-
जेनजी आन्दोलनका घाइतेलाई परिचयपत्र वितरण
बिहिबार, कार्तिक २८, २०८२ -
देशभरको मौसम सफा
बिहिबार, कार्तिक २८, २०८२ -
सदर चिडियाखानामा कालो रङको चितुवा
बुधबार, कार्तिक २७, २०८२ -
प्रधानमन्त्री कार्कीसँग निर्वाचन आयोगका पदाधिकारीको भेटवार्ता
बुधबार, कार्तिक २७, २०८२ -
ट्रम्पद्वारा ‘एच–वान बी’ भिसाको बचाउ, अमेरिकासँग पर्याप्त..
बुधबार, कार्तिक २७, २०८२
-
भोजपुरमा बन्छन् पाँच सयदेखि ५२ हजारसम्मका ‘भोजपुरे..
शुक्रबार, कार्तिक २२, २०८२ -
मुस्ताङ–डोल्पा सडक १० दिनदेखि अवरुद्ध
शुक्रबार, कार्तिक २२, २०८२ -
नेपाल प्रहरीका एसएसपी रानाभाटको राजीनामा स्वीकृत
बिहिबार, कार्तिक २१, २०८२ -
कैलालीमा जिपको ठक्करबाट एक जनाको मृत्यु, ३..
आइतवार, कार्तिक २४, २०८२ -
आन्दोलनमा घर जलाइएका एक उच्च अधिकारी,सरकारी सम्पत्ति..
मङ्लबार, कार्तिक २६, २०८२



