

-
प्रदेशसभामा सभामुखहरुले कर्मचारीको पर्याप्त दरबन्दी र अनुभवी कर्मचारी नभएको गुनासो गरेका छन् । काठमाडौंमा पूर्वसभामुखहरु बाट प्रशिक्षण लिन आएका प्रदेश सभामुखहरुले प्रदेशसभाका कर्मचारीले अहिलेसम्म प्रोत्साहन भत्ता र अतिरिक्त भत्ता नपाएको आबाज पनि उठाए । सेवा र सुबिधाका वारेमा प्रदेशसभामा सचिवहरूले जोडतोडका साथ उठाउँदै आएका छन्।
News Desk 0 response आइतवार, भदौ ३, २०७५
प्रदेशसभामा आएका कर्मचारीहरू लामो समयसम्म नबस्ने र सरुवा लिएर जाने समस्या देखिएको उनीहरूको भनाइ छ। प्रदेशसभाको बैठक कक्ष, समिति सभाहल, सचिवालय र संसदीय दलका लागि उपयुक्त पूर्वाधार नभएको उनीहरूको गुनासो थियो। प्रदेशसभामा अडियो, भिडियो रेकर्ड जस्ता प्रविधिहरूको अभाव रहेको गुनासो उनीहरूले गरेका छन्। जनप्रतिनिधिको सम्मानजनक मर्यादाक्रम र सेवा सुविधा नभएको, विशेषगरी प्रदेश उपसभामुखलाई प्रदेश राज्यमन्त्रीभन्दा तल्लो मर्यादाक्रममा राखिएको गुनासो पनि गरिएको छ। मौलिक अधिकार, संविधानमा उल्लेखित साझा अधिकारसूचीलगायका विषयमा संघीय संसदबाट कानुन पारित हुन भएको ढिलाइका कारण प्रदेशसभाले आफ्नो अधिकारक्षेत्रको कानुन बनाउन नपाएको विषयमा पनि प्रदेश सभामुख, उपसभामुखले ध्यानाकर्षण गराएका छन्। उपसभामुखहरूले भने भूमिका नपाएको गुनासो पोखे।


सम्बन्धित शीर्षकहरु
-
अमेरिकी आकाशमा आफ्नो बेलुन पुगेको घटनाप्रति चीनले..
शनिबार, माघ २१, २०७९ -
लोकतन्त्र बलियो हुन प्रेस बलियो हुनुपर्छ :..
शनिबार, माघ २१, २०७९ -
संविधानको उल्लङ्घन गर्नेहरु नै सरकारमा जाँदा सङ्कट..
शनिबार, माघ २१, २०७९ -
तापक्रम बढ्दै, तत्काल पानी पर्ने सम्भावना हट्यो
शनिबार, माघ २१, २०७९ -
रबिको अल्टिमेटम आज सकिँदै, गृह मन्त्रालय नदिने..
शनिबार, माघ २१, २०७९
-
लोकतन्त्र बलियो हुन प्रेस बलियो हुनुपर्छ :..
शनिबार, माघ २१, २०७९ -
संविधानको उल्लङ्घन गर्नेहरु नै सरकारमा जाँदा सङ्कट..
शनिबार, माघ २१, २०७९ -
तापक्रम बढ्दै, तत्काल पानी पर्ने सम्भावना हट्यो
शनिबार, माघ २१, २०७९ -
खर्च कटौती गर्न पालिका र जिल्ला समन्वय..
शनिबार, माघ २१, २०७९ -
नेपाली श्रमिकको हितलाई केन्द्रमा राख्न मलेसियाका गृहमन्त्रीसँग..
शुक्रबार, माघ २०, २०७९
-
अर्थतन्त्रका सूचकहरु अझै चिन्ताजनक : प्रधानमन्त्री
बिहिबार, माघ १२, २०७९ -
मधेस प्रदेशका दुई सांसदले आज शपथ लिए
बुधबार, माघ ११, २०७९ -
बैतडीमा महिला टी–२० क्रिकेट आजदेखि
बिहिबार, माघ १२, २०७९ -
आज शहीद दिवस : विभिन्न कार्यक्रम गरी..
सोमवार, माघ १६, २०७९ -
आत्मनिर्भर लघुवित्तको आइपिओ खुला
सोमवार, माघ १६, २०७९