-
काठमाडौं ।
वातावरण मन्त्रीबाट संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको जिम्मेवारी सम्हालेपछि मन्त्री लालबाबु पण्डितले पहिलाजस्तै कुशल नेतृत्व गर्ने धेरैको आश थियो । तर, उनले आफ्नो पहिलेको छविलाई जोगाई राख्न सकेनन् । जस्तो कर्मचारी सरुवा तथा भिआर एसको बारेमा सुरुमै विवादमा परे । उनले मन्त्रालयमा च्यापेका कर्मचारीका कारण पनि मन्त्री पण्डितको ओज घटेको मन्त्रालयकै कर्मचारीले चर्चा गर्न थालेका छन् ।
कर्मचारीको सरुवा तथा पदस्थापनमा नियमभन्दा बाहिर नजाने मन्त्रीको विचार प्रशंसनीय भएपनि सामान्यका कर्मचारीकै कारण उनी झन बद्नाम बन्दै गए । एक महिनाअघि शाखा अधिकृतमा उतिर्णलाई जिम्मेवारी दिने सवालमा पनि सामान्य प्रशासन मन्त्रालयको कर्मचारी प्रशासन शाखाका कर्मचारीको मनोमानी देखियो । कतिसम्म भने, मन्त्रीले मेरिटका आधारमा स्थान रोज्न लगाउने बताए । त्यो कुरा सवैलाई भनियो । तर, कप्रका कर्मचारीले राम्रो ठाउँमा माग भएको कोटालाई लुकाएर ती ठाउँमा आफ्ना नजिकका मानिसलाई पठाए । यसो गर्नेमा कप्रका प्रेमप्रसाद लुईटेल, शाखा अधिकृत गुणराज भट्राई, र अर्का शाखा अधिकृत बिष्णुहरि बरालको भूमिका छ । लुँइटेल सधैभरी सुगममा बस्नेमा गनिन्छन् । रुपन्देहीबाट काठमाडौंको सहायक सिडियो भएर जिप्रका काठमाडौं आएका उनलाई त्यसपछि सामान्यको कर्मचारी प्रशासन शाखमा उनै पण्डितले ल्याएका थिए । रुपन्देहीमा हुँदा पनि लुँईटेल आर्थिक अपारदर्शीमा परेका कर्मचारी हुन् ।
त्यसोत नेपाल निजामती कर्मचारी संगठनका उपाध्यक्ष जीवन भण्डारीले आइतबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका कर्मचारी प्रशासनका उपसचिव प्रेमप्रसाद लुईटेल र ऋषिराज आचार्यलाई हातपात गरेको चर्चा खुव भयो । कर्मचारी सरुवाको बिषयमा विवाद भएपछि भण्डारीले टेबुल ठोकेका थिए । कर्मचारी सरुवामा असह्य भएपछि यो हर्कत गर्नु परेको मन्त्रालय वरपर हल्ला चलेको थियो । उपसचिव आचार्यमाथि भएको आक्रमणको कारण कप्रका कर्मचारीले गरेको विभेदको आक्रोस थियो । सरुवामा यति धेरै बदमासी भएको छ कि महालक्ष्मी नगरपालिकामा नेकपाका समर्थक उपसचिव धु्रव खड्कालाई हटाएर नेपाली काँग्रेस समर्थक लक्ष्मी रेग्मीलाई पठाइएको छ । उनलाई मेयर रामेश्वर श्रेष्ठले हाजिर गराउनै अस्वीकार गर्दैआएका छन् । त्यसोत सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाका कार्यकारी अधिकृत देविप्रसाद थपलिया हटाउन स्थानीय तहवाट खुवै दवाव परेको छ । तर, सचिव थपलियाको भतिजो भएका कारण केटो टाठो छ भन्दै सचिव थपलियाले आलटाल गरेको स्थानीयहरु वताउँछन् । स्थानीय तहमा उनले भूमिका निर्वाह गर्न नसकेको जनप्रतिनिधिहरुको भनाई छ ।
२०७० सालको संविधानसभा पछि शुसिल कोइराला नेतृत्वको सरकारमा सामान्य प्रशासन मन्त्री बनेका लालबाबु पण्डित चर्चामा थिए । डिभि पीआर लिएका कर्मचारीको कडाईमा उनले लिएको अडानका कारण चर्चित बने । त्यही कारण नै गत आम निर्वाचनसम्म उनको सवैतिर हाई हाई भयो । त्यही रापले नै नेपाली काँग्रेसका प्रभावशाली नेता शेखर कोइरालालाई मोरगबाट हराउन सफल भए । तर, निर्वाचनमा विजयी भएदेखि घट्न थालेको उनको ग्राफ अहिलेसम्म उक्लिन सकेको छैन । यसको कारण अरु नभएर स्वयम मन्त्री पण्डित नै हुन् । निर्वाचिनमा विजयी हुँदा वित्तिकै अर्थमन्त्री पाएर राजश्व दोव्वर बनाउने र गृहमन्त्रीको जिम्मा पाए ६ महीनाभित्र अपराधलाई शून्यमा झार्ने प्रतिकृया दिएर उनले आफ्नो ओझलाई घटाएका थिए ।
तर, पहिलेको लोकप्रियताकै कारण केपी ओली प्रधानमन्त्री भएकै दिनमा वन तथा वातावरण मन्त्री बनेका उनले पुनः त्यस्तै हावादारी गफ गरेर आफ्नो ओझलाई घटाए । उनलाई क्षमतावान भनेर बुझ्नेहरुले समेत हावादारी मन्त्री भन्न थाले । मन्त्री पण्डितले वातावरण मन्त्री हुनेवित्तिकै काठमाडौंलाई एकवर्ष भीत्र माक्समुक्त बनाउने घोषणा गरेका थिए । तर, त्यो उनको बहस भन्दा बाहिरको कुरा थियो ।
कर्मचारी सरुवा गर्दा आर्थिक आतंक नै मच्चाएपछि उनको स्वकीय सचिव ओसिम आलमले जागिर छोड्नु परेको थियो । अहिले पनि मन्त्रीले सचिव थपलिया र सहसचिव रुद्रसिंह तामाङले मन्त्री चलाईरहेका सचिवालयमा नै हल्ला छ । बिभिन्न आर्थिक मालदार ठाउँमा आफ्ना मान्छे पठाएर यी दुईले ब्रह्मलुट मच्चाउँदा पनि मन्त्री पण्डित भने मुकदर्शक बनेका छन् ।जनप्रशासन पाक्षिकवाट
News Desk 0 response शनिबार, भदौ २, २०७५
सम्बन्धित शीर्षकहरु
प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतलाई राष्ट्रपतिले गराए शपथ
आइतवार, अशोज २०, २०८१प्रधानन्यायाधीशमा प्रकाशमान सिंह राउतको नाम अनुमोदन
बुधबार, अशोज १६, २०८१२१ निर्माण कम्पनी सरकारको कालोसूचीमा
मङ्लबार, अशोज १५, २०८१४१ जना एसपीको सरुवा (सूची सहित)
मङ्लबार, अशोज ८, २०८१-
बडा दशैँ लागेसँगै झाँगाझोलीमा बढ्याे पर्यटकको चहल..
मङ्लबार, अशोज २२, २०८१ -
पर्यटकीय गन्तव्य बन्दै तनहुँको ‘झाँगाझोली’
बिहिबार, अशोज २४, २०८१ -
काठमाडौं उपत्यकासहित यी प्रदेशबाट बाहिरियो मनसुन
मङ्लबार, अशोज २२, २०८१ -
कोरियाले पाँच लाख अमेरिकी डलर बराबरको सहायता..
मङ्लबार, अशोज २२, २०८१ -
राष्ट्रपतिले अपराह्न साढे ३ बजेदेखि सर्वसाधारणलाई टीका..
मङ्लबार, अशोज २२, २०८१ -
क्षतिग्रस्त सडक निर्माणमा नेपाली सेना सक्रिय
मङ्लबार, अशोज २२, २०८१
-
पर्यटकीय गन्तव्य बन्दै तनहुँको ‘झाँगाझोली’
बिहिबार, अशोज २४, २०८१ -
काठमाडौं उपत्यकासहित यी प्रदेशबाट बाहिरियो मनसुन
मङ्लबार, अशोज २२, २०८१ -
कोरियाले पाँच लाख अमेरिकी डलर बराबरको सहायता..
मङ्लबार, अशोज २२, २०८१ -
राष्ट्रपतिले अपराह्न साढे ३ बजेदेखि सर्वसाधारणलाई टीका..
मङ्लबार, अशोज २२, २०८१ -
क्षतिग्रस्त सडक निर्माणमा नेपाली सेना सक्रिय
मङ्लबार, अशोज २२, २०८१
-
बडा दशैँ लागेसँगै झाँगाझोलीमा बढ्याे पर्यटकको चहल..
मङ्लबार, अशोज २२, २०८१ -
काठमाडौं उपत्यकासहित यी प्रदेशबाट बाहिरियो मनसुन
मङ्लबार, अशोज २२, २०८१ -
निगमको न्यारोबडी जहाजले फूलपातीका दिन काठमाडौं–भैरहवा उडान..
सोमवार, अशोज २१, २०८१ -
एभरेष्ट महिला भलिबल लिगको उपाधि कर्णालीले जित्यो
आइतवार, अशोज २०, २०८१ -
मनसुन अझै केही दिन रहने : पूर्वी..
शनिबार, अशोज १९, २०८१