

-
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितलाई मन्त्रालयका सचिव दिनेश थपलियाले नै विवादमा पार्दैआएका छन् । विजय गच्छदारले रोजेर सचिव बनाएका उनले मन्त्री पण्डितलाई बदनाम गराउन केही कसर बाँकी राखेका छैनन् ।
मन्त्रालयका सरुवादेखि कर्मचारी समायोजनमा उनले पण्डितलाई विवादमा पार्दैआएका छन् ।
गच्छदारका पालामा पूर्वसांसदलाई १० अर्ब दिने निर्णय गराएर ओली सरकारलाई अप्ठेरोमा पारेका उनले देशभरका सबै स्थानीय तहका लागि गाडी खरिद गर्ने निर्णय गरी अरब रुपैयाँ घोटाला गर्न लागेका थिए । तर अर्थ मन्त्रालयले गाडी खरिदका लागि सहमति नदिएपछि गच्छदार र सचिव थपलियाको कमिसन खाने योजना तुहिएको थियो ।यसैगरी मन्त्री पण्डितका स्वकीय सचिव आसिम आलम प्रधानमन्त्री केपी ओलीका सल्लाहकार बिष्णु रिमालसँग विवाद भएपछि बाहिरिएका छन् । मन्त्री पण्डितको छवि धुलिसात बनाउन मन्त्रालयका सचिव दिनेश थपलिया, सहसचिव रुद्रसिंह तामाङले सरुवामा ८० प्रतिशत कांग्रेस भनेर चिनिएकालाई आकर्षक नगरपालिकाहरुमा खटाउने गरेका छन् । नेकपा समर्थक उपसचिवहरुको रुवाबासी छ ।
पण्डितको नाम लिंदै उनको सचिवालयका धर्म भट्टराईले पनि सरुवाको नाममा असुली गरेको गुनासो कर्मचारीले गरिरहेका छन् । आलमको ठाउँमा राखिएका पीए मनोज राईले भने मन्त्री पण्डितलाई भेट्न को को आउँछन्, कति समय बस्छन् त्यसको जानकारी ठाउँ ठाउँमा दिनेमा मात्र सीमित छ । पीएहरु विवादमा परेको र सचिव थपलियाको षडयन्त्र चिर्न नसकेका कारण मन्त्री पण्डितलाई उनका शुभचिन्तकहरुले राजीनामा दिएर प्रतिष्ठामा थप क्षति हुन नदिन सुझाव दिन थालेका छन्, आजको साँघु साप्ताहिकमा समाचार छ ।
अघिल्लो पटक डीभी पीआरविरुद्ध अभियान छेडेर चर्चामा आएका मन्त्री पण्डित अहिले सचिव थपलियाकै कारण एकपछि अर्को विवादमा परिरहेका छन् । करारका कर्मचारी हटाउने कुरा पनि सचिव थपलियाकै योजनामा मन्त्री पण्डितले बोलेका थिए । करारका कर्मचारीहरु अधिकांश माओवादी द्वन्दमा सामेल भएकाहरु छन् । करारका कर्मचारीलाई हटाएर कम्युनिष्ट सरकारप्रति बितृष्णा जगाउने रणनीतिमा सचिव लागेका छन् ।
मन्त्रालयका चालकदेखि अधिकांश कर्मचारीहरु करारमा छन् । कतिपय कार्यालयमा स्थायी कर्मचारी काम नै नगर्ने भएपछि करारले काम गरेका भरमा चलेका छन् । ३२ हजार करारका कर्मचारीमध्ये २० हजार हाराहारी माओवादी द्वन्दमा कुनै न कुनै रुपमा सामेल भएकाहरु रहेको समाचार छ ।
मुख्यसचिव लोकदर्शन रेग्मी र सचिव थपलियाको डिजाइनमा करारको रोजीरोटी खोस्ने काम गरेको समाचार छ । तर हटाएको दोष भने उनीहरुले लालबाबु पण्डितको टाउकोमा थोपर्ने काम गरेका छन् । मन्त्री पण्डितले सचिव थपलियाको यो षडयन्त्र पनि बुझ्न सकेनन् । करारका कर्मचारी नराख्ने भनेर बोले, तर त्यो कार्यान्वयन हुन सकेन ।
यसैबीच, नेपाल निजामती कर्मचारी संगठनका उपाध्यक्ष जीवन भण्डारीले आइतबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका कर्मचारी प्रशासनका उपसचिव प्रेमप्रसाद लुईटेल र ऋषिराज आचार्यको टेबुल ठटाएको बिषयले चर्चा पाएको छ । कर्मचारी सरुवाको बिषयमा विवाद भएपछि भण्डारीले टेबुल ठोकेका थिए । तर प्रचार भने कुटपीट भएको भन्दै गरिएको छ ।
सरुवामा यति धेरै बदमासी भएको छ कि महालक्ष्मी नगरपालिकामा नेकपाका समर्थक उपसचिव धु्रव खड्कालाई हटाएर नेपाली कांग्रेस समर्थक लक्ष्मी रेग्मीलाई पठाइएको छ । उनलाई मेयर रामेश्वर श्रेष्ठले हाजिर गराउनै अस्वीकार गर्दैआएका छन् ।
सचिव थपलियाले सरुवामा मनपरी गरेको ज्वलन्त उदाहरण हो यो । यस्ता धेरै सरुवामा मनपरी भएपछि संगठनका उपाध्यक्ष भण्डारी आक्रोसित भएर कप्रको टेबुल ठोक्ने अवस्थामा पुगेका थिए ।
News Desk 0 response सोमवार, साउन २८, २०७५

सम्बन्धित शीर्षकहरु
प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिवले श्रीमती र नातेदारलाई सरकारी नियुक्ति दिलाए
सोमवार, मंसिर ९, २०८२
सिमराको स्थिति सामान्य बन्दै, शान्तिपूर्ण रुपमा कार्यक्रम गर्न गृह मन्त्रालयको आग्रह
बिहिबार, मंसिर ५, २०८२-
फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह..
सोमवार, मंसिर २३, २०८२ -
जेनजी प्रदर्शनमा अत्यधिक बल प्रयोग भएको एम्नेस्टीको..
सोमवार, मंसिर २३, २०८२ -
सरकार विरुद्ध सत्याग्रह गर्दै जेनजीको मिराज ढुंगाना..
सोमवार, मंसिर २३, २०८२ -
प्रधानमन्त्री कार्कीसँग दुर्गा प्रसाईंको भेट, माग कार्यान्वयन..
सोमवार, मंसिर २३, २०८२ -
अमेरिकाको नयाँ राष्ट्रिय सुरक्षा रणनीतिप्रति रुस ‘सकारात्मक’,..
सोमवार, मंसिर २३, २०८२
-
फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह..
सोमवार, मंसिर २३, २०८२ -
जेनजी प्रदर्शनमा अत्यधिक बल प्रयोग भएको एम्नेस्टीको..
सोमवार, मंसिर २३, २०८२ -
सरकार विरुद्ध सत्याग्रह गर्दै जेनजीको मिराज ढुंगाना..
सोमवार, मंसिर २३, २०८२ -
प्रधानमन्त्री कार्कीसँग दुर्गा प्रसाईंको भेट, माग कार्यान्वयन..
सोमवार, मंसिर २३, २०८२ -
अमेरिकाको नयाँ राष्ट्रिय सुरक्षा रणनीतिप्रति रुस ‘सकारात्मक’,..
सोमवार, मंसिर २३, २०८२
-
एमालेले दायर गरेको प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्चको..
बुधबार, मंसिर १८, २०८२ -
बैकुण्ठ अर्याल सचिवमा बढुवा
सोमवार, मंसिर १६, २०८२ -
रूसी राष्ट्रपति पुटिन बिहीबार दिल्ली आउँदै, अमेरिकी..
बुधबार, मंसिर १८, २०८२ -
जेनजी प्रदर्शनमा हतियार जोगाउन नसकेका सशस्त्रका डीएसपीसहित..
मङ्लबार, मंसिर १७, २०८२ -
ताप्लेजुङमा योगेश निकट दुई नेतामाथि कारबाही
मङ्लबार, मंसिर १७, २०८२



