

-
काठमाडौं । अघिल्लो महिना प्रहरी जवान अमरसिंह रावलले जिल्ला प्रहरी कार्यालय सुर्खेत सरुवा मागे। सुर्खेतमै दरबन्दी रहेकी उनकी पत्नी लीला क्षेत्री ८ महिनाकी गर्भवती भएका कारण उनले सरुवा मागेका थिए। पहिलो सन्तान जन्माउन लागेका रावल दम्पतीको मागलाई प्रहरी प्रधान कार्यालयले नकार्न सकेन। महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत रावलको सरुवा सुर्खेतमै भयो।
प्रदेश २ मा रहेको दंगा नियन्त्रण गणमा कार्यरत प्रहरी जवान सोमकुमारी खड्काले गर्भवतीकै कारण देखाउँदै महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा सरुवा मागिन्। पति प्रहरी नायव निरीक्षक हेमन्त कार्की कार्यरत रानीपोखरीमा सरुवा मागेपछि प्रहरी मुख्यालयले स्वास्थ्य रिपोर्ट हेरेर सरुवा गरिदियो।
प्रहरी कार्यालय सहयोगी मधु नेपालीले सुर्खेतबाट कमलपोखरी वृत्तमा कार्यरत पति प्रहरी जवान सर्जन परियारसँगै बस्ने इच्छा राखेपछि कारण सोध्दा आठ महिनाको गर्भ देखाइन्। प्रहरी मुख्यालयले नेपालीलाई सुर्खतबाट वृत्त कमलपोखरीमै सरुवा गरिदियो।
रावल, खड्का र परियार दम्पती जस्तै पारिवारिक र स्वास्थ्य समस्या देखाएर पतिपत्नी सँगै बस्न पाउने निवेदन सरुवा समयमा प्रहरी मुख्यालयमा पटकपटक आइरहन्छ। मुख्यालयले मिल्नेसम्म विभागीय नीतिअनुसार दम्पतीलाई एकै ठाउँमा सरुवा गर्दै आएको छ। गत वैशाखदेखि हालसम्म ३५ जना दम्पतीलाई एकै ठाउँमा काम गर्न काज सरुवा गरिसकेको अन्नपूर्णले लेखेको छ ।
News Desk 0 response सोमवार, साउन २१, २०७५

सम्बन्धित शीर्षकहरु
-
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
मङ्लबार, साउन १२, २०८३ -
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
मङ्लबार, साउन १२, २०८३ -
राति आठ बजेसम्म पनि राहदानी विभागमा सेवा,..
सोमवार, साउन ११, २०८३ -
विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको नयाँ संगठन..
सोमवार, साउन ११, २०८३ -
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको..
आइतवार, साउन १०, २०८३
-
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
मङ्लबार, साउन १२, २०८३ -
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
मङ्लबार, साउन १२, २०८३ -
राति आठ बजेसम्म पनि राहदानी विभागमा सेवा,..
सोमवार, साउन ११, २०८३ -
विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको नयाँ संगठन..
सोमवार, साउन ११, २०८३ -
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको..
आइतवार, साउन १०, २०८३
-
सार्वजनिक बिदा पुनरावलोकन गर्न कार्यदल गठन गर्ने..
सोमवार, साउन ४, २०८३ -
७ दिनभित्र लगत कट्टा कानुनी व्यवस्था कार्यान्वयनमै..
बुधबार, साउन ६, २०८३ -
मितव्ययिताका लागि अर्थको नयाँ मार्गदर्शन : गाडी..
मङ्लबार, साउन ५, २०८३ -
बाल मन्दिरको जग्गा र बजेट हिनामिना प्रकरणमा..
शुक्रबार, साउन ८, २०८३ -
सरकारको नयाँ कार्यक्रम ‘सक्कली बिल लिनुहोस्, लखपति..
मङ्लबार, साउन ५, २०८३



