

-
काठमाडौं । अघिल्लो महिना प्रहरी जवान अमरसिंह रावलले जिल्ला प्रहरी कार्यालय सुर्खेत सरुवा मागे। सुर्खेतमै दरबन्दी रहेकी उनकी पत्नी लीला क्षेत्री ८ महिनाकी गर्भवती भएका कारण उनले सरुवा मागेका थिए। पहिलो सन्तान जन्माउन लागेका रावल दम्पतीको मागलाई प्रहरी प्रधान कार्यालयले नकार्न सकेन। महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत रावलको सरुवा सुर्खेतमै भयो।
प्रदेश २ मा रहेको दंगा नियन्त्रण गणमा कार्यरत प्रहरी जवान सोमकुमारी खड्काले गर्भवतीकै कारण देखाउँदै महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा सरुवा मागिन्। पति प्रहरी नायव निरीक्षक हेमन्त कार्की कार्यरत रानीपोखरीमा सरुवा मागेपछि प्रहरी मुख्यालयले स्वास्थ्य रिपोर्ट हेरेर सरुवा गरिदियो।
प्रहरी कार्यालय सहयोगी मधु नेपालीले सुर्खेतबाट कमलपोखरी वृत्तमा कार्यरत पति प्रहरी जवान सर्जन परियारसँगै बस्ने इच्छा राखेपछि कारण सोध्दा आठ महिनाको गर्भ देखाइन्। प्रहरी मुख्यालयले नेपालीलाई सुर्खतबाट वृत्त कमलपोखरीमै सरुवा गरिदियो।
रावल, खड्का र परियार दम्पती जस्तै पारिवारिक र स्वास्थ्य समस्या देखाएर पतिपत्नी सँगै बस्न पाउने निवेदन सरुवा समयमा प्रहरी मुख्यालयमा पटकपटक आइरहन्छ। मुख्यालयले मिल्नेसम्म विभागीय नीतिअनुसार दम्पतीलाई एकै ठाउँमा सरुवा गर्दै आएको छ। गत वैशाखदेखि हालसम्म ३५ जना दम्पतीलाई एकै ठाउँमा काम गर्न काज सरुवा गरिसकेको अन्नपूर्णले लेखेको छ ।
News Desk 0 response सोमवार, साउन २१, २०७५


सम्बन्धित शीर्षकहरु
-
चीनतर्फ भारी बर्षासँगै आएको बाढीले नेपाल–चीन जोड्ने..
मङ्लबार, असार २४, २०८२ -
आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
मङ्लबार, असार २४, २०८२ -
सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै,..
मङ्लबार, असार २४, २०८२ -
ट्रम्पद्वारा दक्षिण कोरिया र जापानमाथि २५ प्रतिशत..
मङ्लबार, असार २४, २०८२ -
अमेरिकी लगानीकर्तालाई इरान प्रवेश खुला गर्ने खामेनीको..
मङ्लबार, असार २४, २०८२
-
चीनतर्फ भारी बर्षासँगै आएको बाढीले नेपाल–चीन जोड्ने..
मङ्लबार, असार २४, २०८२ -
आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
मङ्लबार, असार २४, २०८२ -
सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै,..
मङ्लबार, असार २४, २०८२ -
अमेरिकी लगानीकर्तालाई इरान प्रवेश खुला गर्ने खामेनीको..
मङ्लबार, असार २४, २०८२ -
मिथेन ग्यासको सम्पर्कमा आएर इराकमा १२ टर्किए..
सोमवार, असार २३, २०८२
-
पर्यटकीय केन्द्र बन्दै ‘तीनखोले मन्दिर र झाँगाझोली..
आइतवार, असार २२, २०८२ -
सार्वभौम संसदमा सांसद कै अपमान,लाजै नमानी अर्कालाई..
मङ्लबार, असार १७, २०८२ -
भगिनी संबन्ध रहेका शहरहरुको समन्वय तथा अनुभव..
आइतवार, असार १५, २०८२ -
नेतालाई ‘काका’ भनेपछि थाइल्याण्डमा प्रधानमन्त्री निलम्बित
मङ्लबार, असार १७, २०८२ -
दाङ, बाँके र गुल्मीमा भारी वर्षा, सतर्कता..
सोमवार, असार १६, २०८२