

-
प्रधानमन्त्री केपी शर्मा ओलीले “हाम्रो नेपाल : हामी नेपाली, हामी जनताका सेवक”को प्रतिबद्धता व्यक्त गर्दै सबै मन्त्री र कर्मचारीलाई त्यसलाई मूल मन्त्र मान्न आह्वान गरेका छन्।
नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा छ महिने आधारभूत प्रशिक्षण पूरा गरेका अधिकृत तहका नयाँ कर्मचारीका लागि आयोजित दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रशिक्षार्थीहरुले तयार गरेको विभिन्न प्रतिबद्धतामा नयाँ प्रतिबद्धता लेखेर थप्दै त्यसलाई आफूले पालना गर्ने र अरुले पनि गर्नुपर्ने बताएका हुन्। ओलीले सधैँ सफा र स्वच्छ व्यक्तिका रुपमा रहन पनि नयाँ अधिकृतलाई निर्देशन दिए।
प्रधानमन्त्री ओलीले कर्मचारीले जहाँ पुगे पनि उज्यालो ज्योतिका रुपमा रही नवप्रवर्तनकारी काम गरेर मुलुकको सार्वभौमिकता, भूराजनीति, जात, धर्म, संस्कृति र चाडहरुको महत्व बुझेर मुलुकलाई सम्पन्न बनाउनुपर्नेमा जोड दिँदै भने, “नेपालमा फलाम, तामा, युरोनियम र पेट्रोलियम पदार्थको खानी छ तर हामी किन गरीब भएका छौँ, त्यसको खोजी गर्नुपर्छ। भावी सन्नतिलाई गरिबी र पछौटेपनबाट हटाउने युग परिवर्तनको संवाहकका रुपमा संघीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयनको अभिभारा हाम्रो काँधमा छ।”
प्रतिष्ठानका पाठ्यक्रमलाई अझ परिमार्जन गर्नेबारेमा आफूले आगामी दिनमा छलफल गर्ने भन्दै उहाँले सफलताको रहस्य इमानदारिता भएकाले सक्रिय इमानका साथ काम गर्न निर्देशन दिए। “निष्क्रिय इमानदारिताले जनताको सेवाका लागि कुनै लाभ हुँदैन। जनसेवा नगरे इमान अधुरो हुन्छ र प्रयोग नहुने ज्ञान निकम्मा हुन्छ”, ओलीले भने।
कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, मन्त्रालयका सचिव दिनेशकुमार थपलिया, प्रतिष्ठानका कार्यकारी निर्देशक पुण्यप्रसाद न्यौपानेले दीक्षित कर्मचारीलाई कार्यक्षेत्रमा सफल हुन बधाई दिएका थिए।
गत २०७४ पुस १७ देखि सञ्चालित उक्त प्रशिक्षणमा नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहमा नवनियुक्त २१७ अधिकृत सहभागी थिए। प्रशिक्षणमा सर्वोत्कृष्ट भएका देवचन्द्र गर्तौलालाई “कार्यकारी निर्देशक स्वर्ण पदक” बाट सम्मान गरियो।
-रासस
News Desk 0 response बिहिबार, साउन १०, २०७५

सम्बन्धित शीर्षकहरु
त्रिवि प्रश्नपत्र ‘आउट’ प्रकरण : शिक्षक र विद्यार्थीसहित ७ जनाविरुद्ध मुद्दा दायर
मङ्लबार, भदौ २, २०८३
कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति लिनुपर्ने
शुक्रबार, साउन २९, २०८३-
त्रिवि प्रश्नपत्र ‘आउट’ प्रकरण : शिक्षक र..
मङ्लबार, भदौ २, २०८३ -
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३ -
समुद्रको सतह बढ्दै गएपछि नाइजेरियाको तटीय बस्तीको..
सोमवार, भदौ १, २०८३ -
किशोर श्रेष्ठलाई हाजिरी जमानीमा छाड्न आदेश
सोमवार, भदौ १, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३
-
त्रिवि प्रश्नपत्र ‘आउट’ प्रकरण : शिक्षक र..
मङ्लबार, भदौ २, २०८३ -
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३ -
समुद्रको सतह बढ्दै गएपछि नाइजेरियाको तटीय बस्तीको..
सोमवार, भदौ १, २०८३ -
किशोर श्रेष्ठलाई हाजिरी जमानीमा छाड्न आदेश
सोमवार, भदौ १, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३
-
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३



