
-
काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीले सांसदहरुले सोधेका सबै प्रश्नहरुको जवाफ नै दिएनन्।
जोशीलाई सांसदहरुले दुई घण्टाभन्दा बढी समय प्रश्न गरेका थिए। जोशीले सामान्य कुराहरु मात्र गर्दै १३ मिनेट मै सबै प्रश्नको जवाफ दिए ।सार्वजनिक जग्गा तथा अन्तरिम आदेशहरुका विषयमा मुद्दाहरु विचाराधीन रहेकोले आफू बोल्न नसक्ने उनले बताए ।
सर्वोच्च अदालतका प्रत्येक बहसलाई सञ्चारमाध्यमबाट लाइभ गर्नु पर्ने सांसद योगेश भट्टराईको सुझावबारे जोशीले कानुन वनाएर दिन आग्रह गरे ।
अधिकांश सांसदहरुले जोशीमाथि नैतिक प्रश्नहरु उठाएका थिए। भ्रष्टाचारदेखि बिचौलिया र अपराधीहरुसँगको साँठगाँठका विषयमा प्रश्न उठेको थियो।
बसाईँ र मुनामदन उपन्यासको उदहारण दिँदै उनले न्यायालय मात्र दोषी नभएर सबै दोषी रहेको साबित गर्न खोजे।१३ मिनेटको जवाफपछि पुनः सांसदहरुले प्रश्न गरेका थिए।
पुनः भ्रष्टाचार र जोशीको नैतिकताका विषयमा प्रश्न उठेको थियो। तर फेरि पनि जोशी पन्छिए।
जोशीमाथि उठेका व्यक्तिगत कुनै पनि प्रश्नका विषयमा उनले जवाफ दिएनन्।
News Desk 0 response बिहिबार, साउन १०, २०७५
शैक्षिक प्रमाणपत्रका विषयमा उठेको प्रश्नमाथि उनले समिति सामु एउटा सर्टिफिकेट पेश गरे। आफू पढ्दाको बखत एसएलसी सरहकै तीनवटा निकाय रहेकोले सोही कुरामा मिडियाकर्मीहरु झुक्किएको उनको दाबी थियो।


सम्बन्धित शीर्षकहरु

राष्ट्रपतिबाट संसदमा प्रस्तुत भएको नीति तथा कार्यक्रम यस्तो छ (पूर्ण पाठसहित )
मङ्लबार, जेष्ठ १०, २०७९-
दाङमा ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु
शुक्रबार, जेष्ठ १३, २०७९ -
सबै मिलेर काम गरौँ, काठमाण्डौलाई विश्वकै उत्कृष्ट..
शुक्रबार, जेष्ठ १३, २०७९ -
बाजुराको बूढीगङ्गाबाहेक सबै पालिकाको नतिजा सार्वजनिक (नतिजा..
शुक्रबार, जेष्ठ १३, २०७९ -
ओलीको दंभले गर्दा महानगरमा एमाले शून्य
शुक्रबार, जेष्ठ १३, २०७९ -
तिलोत्तमा नगरपालिकाको मेयरमा कांग्रेसका रामकृष्ण खाँण निर्वाचित
शुक्रबार, जेष्ठ १३, २०७९
-
दाङमा ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु
शुक्रबार, जेष्ठ १३, २०७९ -
सबै मिलेर काम गरौँ, काठमाण्डौलाई विश्वकै उत्कृष्ट..
शुक्रबार, जेष्ठ १३, २०७९ -
बाजुराको बूढीगङ्गाबाहेक सबै पालिकाको नतिजा सार्वजनिक (नतिजा..
शुक्रबार, जेष्ठ १३, २०७९ -
ओलीको दंभले गर्दा महानगरमा एमाले शून्य
शुक्रबार, जेष्ठ १३, २०७९ -
तिलोत्तमा नगरपालिकाको मेयरमा कांग्रेसका रामकृष्ण खाँण निर्वाचित
शुक्रबार, जेष्ठ १३, २०७९
-
गोकर्णेश्वरको नगर प्रमुख कांग्रेस र उपप्रमुखमा एमालेको..
बुधबार, जेष्ठ ४, २०७९ -
माध्यामिक तहको शिक्षकको खुला प्रतिस्पर्धामा ८८ प्रतिशत..
सोमवार, जेष्ठ ९, २०७९ -
दुई दिन बिदा हुँदा पढाईमा समय नपुग्ने
आइतवार, जेष्ठ ८, २०७९ -
प्रतिनिधिसभा नियम निलम्बन प्रस्ताव स्वीकृत
मङ्लबार, जेष्ठ ३, २०७९ -
अध्यक्षमा निर्वाचित उपाध्यायको शपथ रोक्न निर्देशन
शुक्रबार, जेष्ठ ६, २०७९