

-
काठमाडौैं ।
राष्ट्रिय सर्तकता केन्द्रले दुई हजार तीन सय ३१ कर्मचारीलाई कारबाहीको सिफारिस गरेको छ। छड्के अनुगमनका क्रममा कार्यालय समयमा नआउने र पोशाक नलगाउने कर्मचारीलाई कारबाहीको सिफारिश गरेको हो।
केन्द्रका सूचना अधिकारी डोलनाथ अर्यालका अनुसार केन्द्रले सम्बन्धित कार्यालय प्रमुखलाई ती कर्मचारीलाई कारबाही गर्न निर्देशन दिएको छ।
“हामीले छड्के अनुगमनका क्रममा कार्यालयको नियम पालना नगर्ने कर्मचारीलाई कारबाहीको लागि सिफारिश गरेका छौँ”– उनले भने, “हामीले गरेको सिफारिशअनुसार कार्यालय प्रमुखले कारबाही गर्नेछ ।” उनका अनुसार नसिहत दिने, सचेत गराउने जस्ता कारबाही गर्न सिफारिश गरिएको छ ।
केन्द्रले ४९ जिल्लाका करीब एक हजार १०२ कार्यालयमा छड्के अनुगमन गर्दा ती कर्मचारी कारबाहीमा परेका हुन्। यसैगरी केन्द्रले लक्ष्यभन्दा बढी कार्यालय अनुगमन गरेको जनाएको छ ।
गत आर्थिक वर्षमा करीब ५ सय कार्यालयको छड्के अनुगमन गर्ने भनेता पनि केन्द्रले लक्ष्यभन्दा दोब्बर एक हजार १०२ कार्यालयको छड्के अनुगमन गरेको केन्द्रका सूचना अधिकारी अर्यालले बताए।
यस्तै केन्द्रले एक हजार ५२ कार्यालयका नागरिक वडापत्रको अनुगमन समेत गरेको छ । अनुगमनका क्रममा ती वडापत्र कार्यालयले सेवाग्राहीले नदेखिने ठाउँमा, सानो अक्षरमा राख्ने गरेको पाइएको छ।
-रासस
News Desk 0 response बुधबार, साउन ९, २०७५

सम्बन्धित शीर्षकहरु
आन्दोलनमा घर जलाइएका एक उच्च अधिकारी,सरकारी सम्पत्ति क्षति विवरण सङ्कलनमा व्यस्त
मङ्लबार, कार्तिक २६, २०८२-
जेनजी आन्दोलनका घाइतेलाई परिचयपत्र वितरण
बिहिबार, कार्तिक २८, २०८२ -
चिसोबाट जोगिन के गर्ने के नगर्ने ?
बिहिबार, कार्तिक २८, २०८२ -
देशभरको मौसम सफा
बिहिबार, कार्तिक २८, २०८२ -
सदर चिडियाखानामा कालो रङको चितुवा
बुधबार, कार्तिक २७, २०८२ -
प्रधानमन्त्री कार्कीसँग निर्वाचन आयोगका पदाधिकारीको भेटवार्ता
बुधबार, कार्तिक २७, २०८२
-
जेनजी आन्दोलनका घाइतेलाई परिचयपत्र वितरण
बिहिबार, कार्तिक २८, २०८२ -
देशभरको मौसम सफा
बिहिबार, कार्तिक २८, २०८२ -
सदर चिडियाखानामा कालो रङको चितुवा
बुधबार, कार्तिक २७, २०८२ -
प्रधानमन्त्री कार्कीसँग निर्वाचन आयोगका पदाधिकारीको भेटवार्ता
बुधबार, कार्तिक २७, २०८२ -
ट्रम्पद्वारा ‘एच–वान बी’ भिसाको बचाउ, अमेरिकासँग पर्याप्त..
बुधबार, कार्तिक २७, २०८२
-
भोजपुरमा बन्छन् पाँच सयदेखि ५२ हजारसम्मका ‘भोजपुरे..
शुक्रबार, कार्तिक २२, २०८२ -
मुस्ताङ–डोल्पा सडक १० दिनदेखि अवरुद्ध
शुक्रबार, कार्तिक २२, २०८२ -
नेपाल प्रहरीका एसएसपी रानाभाटको राजीनामा स्वीकृत
बिहिबार, कार्तिक २१, २०८२ -
कैलालीमा जिपको ठक्करबाट एक जनाको मृत्यु, ३..
आइतवार, कार्तिक २४, २०८२ -
आन्दोलनमा घर जलाइएका एक उच्च अधिकारी,सरकारी सम्पत्ति..
मङ्लबार, कार्तिक २६, २०८२



