

-
काठमाडौैं ।
राष्ट्रिय सर्तकता केन्द्रले दुई हजार तीन सय ३१ कर्मचारीलाई कारबाहीको सिफारिस गरेको छ। छड्के अनुगमनका क्रममा कार्यालय समयमा नआउने र पोशाक नलगाउने कर्मचारीलाई कारबाहीको सिफारिश गरेको हो।
केन्द्रका सूचना अधिकारी डोलनाथ अर्यालका अनुसार केन्द्रले सम्बन्धित कार्यालय प्रमुखलाई ती कर्मचारीलाई कारबाही गर्न निर्देशन दिएको छ।
“हामीले छड्के अनुगमनका क्रममा कार्यालयको नियम पालना नगर्ने कर्मचारीलाई कारबाहीको लागि सिफारिश गरेका छौँ”– उनले भने, “हामीले गरेको सिफारिशअनुसार कार्यालय प्रमुखले कारबाही गर्नेछ ।” उनका अनुसार नसिहत दिने, सचेत गराउने जस्ता कारबाही गर्न सिफारिश गरिएको छ ।
केन्द्रले ४९ जिल्लाका करीब एक हजार १०२ कार्यालयमा छड्के अनुगमन गर्दा ती कर्मचारी कारबाहीमा परेका हुन्। यसैगरी केन्द्रले लक्ष्यभन्दा बढी कार्यालय अनुगमन गरेको जनाएको छ ।
गत आर्थिक वर्षमा करीब ५ सय कार्यालयको छड्के अनुगमन गर्ने भनेता पनि केन्द्रले लक्ष्यभन्दा दोब्बर एक हजार १०२ कार्यालयको छड्के अनुगमन गरेको केन्द्रका सूचना अधिकारी अर्यालले बताए।
यस्तै केन्द्रले एक हजार ५२ कार्यालयका नागरिक वडापत्रको अनुगमन समेत गरेको छ । अनुगमनका क्रममा ती वडापत्र कार्यालयले सेवाग्राहीले नदेखिने ठाउँमा, सानो अक्षरमा राख्ने गरेको पाइएको छ।
-रासस
News Desk 0 response बुधबार, साउन ९, २०७५

सम्बन्धित शीर्षकहरु
अवदेखि नजिकको जिल्ला वा इलाका प्रशासन कार्यालयबाट राहदानीका लागि आवेदन दिन सकिने
शुक्रबार, असार २६, २०८३-
भोलिदेखि भरी सिलिण्डर ग्यास विक्री हुने
मङ्लबार, असार ३०, २०८३ -
११२ प्रमुख प्रशासकीय अधिकृत तथा शाखा अधिकृतको..
सोमवार, असार २९, २०८३ -
जोखिम बढेसँगै मुग्लिन–नारायणगढ सडकमा सवारी चलाउन रोक
सोमवार, असार २९, २०८३ -
सञ्चारमाध्यमका गेटमा गाडि पार्किङ गर्नेलाई कारबाही गर्न..
सोमवार, असार २९, २०८३ -
ट्राफिक जरिबानासम्बन्धी सामाजिक सञ्जालमा फैलिएको सूचना गलत..
सोमवार, असार २९, २०८३
-
भोलिदेखि भरी सिलिण्डर ग्यास विक्री हुने
मङ्लबार, असार ३०, २०८३ -
११२ प्रमुख प्रशासकीय अधिकृत तथा शाखा अधिकृतको..
सोमवार, असार २९, २०८३ -
जोखिम बढेसँगै मुग्लिन–नारायणगढ सडकमा सवारी चलाउन रोक
सोमवार, असार २९, २०८३ -
सञ्चारमाध्यमका गेटमा गाडि पार्किङ गर्नेलाई कारबाही गर्न..
सोमवार, असार २९, २०८३ -
ट्राफिक जरिबानासम्बन्धी सामाजिक सञ्जालमा फैलिएको सूचना गलत..
सोमवार, असार २९, २०८३
-
सम्पत्ति जाँचबुझ आयोगलाई तत्काल काम नगर्न सर्वोच्चको..
शुक्रबार, असार २६, २०८३ -
मुख्यसचिवकै विवादमा रिक्त भएको सचिव पदमा नियुक्त..
बुधबार, असार २४, २०८३ -
मुख्यसचिवमा बाहुन–क्षेत्रीकै बाहुल्यता
बिहिबार, असार २५, २०८३ -
निजामती अस्पतालमा औषधिमै दुई करोड बढी भ्रष्टाचार
बुधबार, असार २४, २०८३ -
सुनिल पौडेलसहित १८ जनालाई भ्रष्टाचार मुद्दामा सफाइ
बिहिबार, असार २५, २०८३



