

-
काठमाडौं ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख रबिन्द्र धानुकको सरुवा गराएर आएका बिश्वराज पोखरेललाई अयोग्य भन्दै सरुवा गर्ने तयारी भईरहेको थियो । तर, उनले नयाँ ‘टेक्निक’ प्रयोग गरेपछि सरुवा रोकिएको छ । अहिले उठौती धन्धामा ब्यस्त रहेका पोखरेलले केही पत्रकार र गृहमन्त्री रामवहादुर थापाको छोरालाई हात लिएका छन् ।
News Desk 0 response शुक्रबार, साउन ४, २०७५
उठौतीपछिको रकम पत्रकार तथा गृहमन्त्री थापा पुत्रलगायतका शक्तिकेन्द्रमा पनि लैजाने कारण उनको हुन लागेको सरुवा पनि रोकिएको छ । गृहमन्त्री तथा गृहमन्त्रीका पुत्र थापाले पोखरेललाई हटाएर वसन्त लामालाई काठमाडौं ल्याउने योजना वनाएका थिए । ३३ किलो सुन काण्डको छानविन समितिमा वसेर गृहमन्त्रालयको योजनालाई साथ दिएका लामालाई पुरस्कारस्वरुप काठमाडौंमा सरुवा गर्ने योजनामा मन्त्री थापा र पुत्र थिए । तर, गृहमन्त्रीको योजना बिचैमा रोकिएको छ । यो सरुवा रोक्न पोखरेलले निक्कै ठूलो शक्ति खर्च गरेको स्रोतले जानकारी दिएको छ । प्रचण्ड पुत्र प्रकाशजस्तै दारुपानीमा निक्कै दख्खल राख्ने गृहमन्त्री पुत्रलाई पोखरेलले केही बर्दीविनाका प्रहरी दिएका छन् । उनै प्रहरीको सहयोगमा गृहमन्त्री पुत्रले दारुपानी खाएको भिडियोसमेत खिचेर राखेको चर्चा पोखरेलले समकक्षी सँग गरेपछि एकाएक सरुवा रोकिएको हो ।
शेरवहादुर देउवाको पालामा नवराज सिलवाललाई पक्राउ गर्न तत्कालिन प्रमुख रवीन्द्र धानुकले नमानेपछि सिलवाललाई पक्राउ गर्ने शर्तमा पोखरेल यहाँ आएका थिए ।
तर, उनी यो काममा पनि असफल भएका थिए । नेपाल प्रहरीको कर्मचारी प्रशासन शाखामा रहँदा सिलवालको नम्वर कम गरिदिने कामको अगुवाई गरेका पोखरेल खाठ्ठी काँग्रेका कार्यकर्ता वनेर प्रहरी प्रधान कार्यालयमा तर मारिरहेका थिए । एमालेका तत्कालिन महासचिव ईश्वर पोखरेल सँग नाता सम्वन्ध गाँस्दै स्वार्थ पुरा गरिरहेका बिश्वराजले पछिल्लो समय गृहमन्त्री पुत्र प्रतीक थापालाई हात लिएका हुन् । र, केही पत्रकारलाई बिवादास्पद ब्यापारीवाट बिज्ञापन संकलन गरिदिएर साथमा राखेका छन् । राजधानीको शान्ति सुरक्षा कायम गर्न नसकेका धानुकको सरुवा गरेको प्रहरी प्रधान कार्यालयले बिश्वराज पोखरेल वाट पनि खास्सै उपलब्धी पाउन सकेको छैन । सानातिना झोलेपोके लाई पक्राउ गरेर हल्लाखल्ला गर्दै पत्रकार सम्मेलन गर्नुवाहेक पोखरेलले ठूलो प्रगति गर्न नसकेको प्रधान कार्यालयको बुझाई छ ।
पोखरेल यस अघि काठमाडौ परिसरमा एसपीको रुपमा कार्यरत थिए । एसएसपी धानुकलाई हटाएर पोखरेललाई काठमाडौ ल्याउनुको मुख्य उदेश्य भनेको पूर्व डिआईजी तथा एमाले सांसद नवराज सिलवाललाई पक्राउ गरी कारवाही अगाडि बढाउनु रहेको सोही वेला खुवै चर्चा भएको थियो । एसएसपी पोखरेलले आफु काठमाडौ परिसर प्रमुख भएर जान पाए सांसद सिलवाललाई पक्राउ गरी कीर्तेमा मुद्धा चलाउने आश्वासन प्रहरी महानिरीक्षक प्रकाश अर्याललाई दिएका थिए ।
तत्कालिन एमाले महासचिव इश्वर पोखरेल सँग जोडिएर एसएसपी पोखरेलले एमालेलाई नै प्रयोग गरेर सांसद सिलवाललाई पक्राउ गरी कारवाही अगाडि बढाउने आश्वासन गृह मन्त्रालयका उच्च अधिकारीलाई समेत दिएको समाचारहरु त्यतिवेला सार्वजनिक भएको थियो ।
पोखरेलले नै सांसद सिलवालले कार्यसम्पादन मुल्याकन कीर्ते गरेको भन्दै प्रहरी महानिरीक्षक अर्याललाई जानकारी गराएपछि अर्यालले सार्वोच्च अदालतमा कीर्ते गरेको भन्दै कागजात पेश गरेका थिए ।
एसएसपी पोखरेल डिआईजी नबराज सिलवलाको किर्ते कागजात तयार पार्ने मुख्य पात्र भएको कारण उनलाई पुरस्कार स्वरूप बढुवासमेत एक नम्बर पार्दै काठमाडौं परिसर दिएर खुशि पार्न आईजी अर्यालदेखी पूर्ब आईजी उपेन्द्रकान्त अर्याल र तत्कालिन गृहसचिव लागि परेको त्यस वेला चर्चा थियो । असक्षम प्रहरीका रूपमा चिनिने एसएसपी पोखरेललाई सक्षम प्रहरी अधिकृतका रूपमा चिनिने प्रद्युन कार्की, भन्दा अगाडी बढुवा गरे पछि प्रहरी संगठन भित्रै खैलाबैला मच्चिएको थियो । एसपी हुँदा एक पटक मोरङ चलाएका पोखरेल अधिकांश समय काठमाडौं र प्रधानकार्यालयमा बसेर हाकिमको चाकडी मै ब्यस्त रहन्थे । चाकडी कै भरमा बढुवामा एक नम्बर र परिसरको जिम्मा पाएका उनकै समकक्षी बताउँछन् । त्यसोत केही पत्रकारले समेत गृहमन्त्रीलाई पोखरेललाई काठमाडौं वाट नहटाउन मन्त्रीलाई दवाव दिएको स्रोतले जानकारी दियो । यदी पोखरेललाई हटाउने भए गृहमन्त्रीको बिरुद्ध समाचार लेख्ने धम्कीसमेत दिएको गृहमन्त्रालय वरपर हल्ला चल्ने गरेको छ ।
जनप्रशासन पाक्षिकवाट

सम्बन्धित शीर्षकहरु
त्रिवि प्रश्नपत्र ‘आउट’ प्रकरण : शिक्षक र विद्यार्थीसहित ७ जनाविरुद्ध मुद्दा दायर
मङ्लबार, भदौ २, २०८३-
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३
-
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३
-
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३ -
कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति..
शुक्रबार, साउन २९, २०८३ -
अबदेखि प्रधानमन्त्री कार्यालयमा नियमित प्रेस ब्रिफिङ हुने
शुक्रबार, साउन २९, २०८३



