

-
काठमाडौं ।
प्रोत्साहन प्रणाली खारेजभएपछि न्याय सेवाअन्तर्गत मुलुकभरका कर्मचारीले गर्दै आएको अतिरिक्त समयको काम रोकिएको छ । बिहान नौ वजेदेखि नै हुने काम अव दश वजे वाट हुन थालेको छ । अदालतलगायत निकायमा न्याय सेवाका कर्मचारीले बिहान नौ बजेदेखि बेलुका ६ बजेसम्म काम गर्दै आएका थिए ।
मन्त्रिपरिषद्बाट गत वैशाख २६ मा स्वीकृत सार्वजनिक खर्चमा मितव्ययिता र प्रभावकारिता कायम गर्नेसम्बन्धी नीतिगत मार्गदर्शन, २०७५ ले साउन १ गतेबाट लागू हुने गरी प्रोत्साहन भत्ता कटौती गरेको थियो । उक्त मार्गदर्शनको २४ नं बुँदामा सरकारी निकायमा लागू गरिएको कार्यसम्पादनमा आधारित प्रोत्साहन प्रणालीलाई वस्तुगत आधारमा सेवा प्रवाहसँग आबद्ध गर्ने गरी पुनरवलोकन गर्ने उल्लेख छ । पुनरवलोकनपश्चात् यो प्रणालीलाई सोहीअनुरूप लागू गर्ने गरी हाल उपलब्ध गराउँदै आएको प्रोत्साहन भत्ता साउन १ गतेदेखि खारेज गरिएको हो । यस्तै सार्वजनिक निकायका पदाधिकारीले कार्यालय समयमा हुने कुनै पनि सार्वजनिक निकायको बैठक वा कार्यक्रममा प्रतिनिधित्व गर्दा बैठक भत्ता वा अन्य कुनै सुविधा लिन नहुनेसमेत मार्गदर्शनमा उल्लेख छ ।
बजेटले समेत प्रोत्साहन भत्तालाई नसमेटेपछि कर्मचारीले अतिरिक्त समय काम नगर्ने भएका हुन्, जसकारण न्याय सेवाअन्तर्गतका सर्वोच्च अदालत, न्याय परिषद्, कानुन मन्त्रालय तथा अन्य कार्यपालिकी निकाय ९न्यायतर्फ० र महान्यायाधिवक्ता कार्यालयअन्तर्गतका कार्यालयमा काम प्रभावित हुने देखिएको छ । सबैभन्दा ठूलो असर अदालतले खेप्नुपर्नेछ । अदालततर्फ मात्र मुख्य रजिस्ट्रारदेखि कार्यालय सहयोगीसम्म तीन हजार पाँच सय ४८ जना छन् । कानुन मन्त्रालयतर्फ सचिवदेखि सहायकसम्म दुई सय ४४ र महान्यायाधिवक्ताको कार्यालयअन्तर्गत नायव महान्यायाधिवक्तादेखि खरिदार र सहायक कर्मचारी गरी सात सय ६६ जनशक्ति छन् । न्याय सेवामा चार हजार पाँच सय २८ जनाको दरबन्दी छ । तर न्याय सेवामा अहिले पनि झन्डै पाँच सय दरबन्दी रिक्त छ
News Desk 0 response बिहिबार, साउन ३, २०७५

सम्बन्धित शीर्षकहरु
आन्दोलनमा घर जलाइएका एक उच्च अधिकारी,सरकारी सम्पत्ति क्षति विवरण सङ्कलनमा व्यस्त
मङ्लबार, कार्तिक २६, २०८२-
जेनजी आन्दोलनका घाइतेलाई परिचयपत्र वितरण
बिहिबार, कार्तिक २८, २०८२ -
चिसोबाट जोगिन के गर्ने के नगर्ने ?
बिहिबार, कार्तिक २८, २०८२ -
देशभरको मौसम सफा
बिहिबार, कार्तिक २८, २०८२ -
सदर चिडियाखानामा कालो रङको चितुवा
बुधबार, कार्तिक २७, २०८२ -
प्रधानमन्त्री कार्कीसँग निर्वाचन आयोगका पदाधिकारीको भेटवार्ता
बुधबार, कार्तिक २७, २०८२
-
जेनजी आन्दोलनका घाइतेलाई परिचयपत्र वितरण
बिहिबार, कार्तिक २८, २०८२ -
देशभरको मौसम सफा
बिहिबार, कार्तिक २८, २०८२ -
सदर चिडियाखानामा कालो रङको चितुवा
बुधबार, कार्तिक २७, २०८२ -
प्रधानमन्त्री कार्कीसँग निर्वाचन आयोगका पदाधिकारीको भेटवार्ता
बुधबार, कार्तिक २७, २०८२ -
ट्रम्पद्वारा ‘एच–वान बी’ भिसाको बचाउ, अमेरिकासँग पर्याप्त..
बुधबार, कार्तिक २७, २०८२
-
भोजपुरमा बन्छन् पाँच सयदेखि ५२ हजारसम्मका ‘भोजपुरे..
शुक्रबार, कार्तिक २२, २०८२ -
मुस्ताङ–डोल्पा सडक १० दिनदेखि अवरुद्ध
शुक्रबार, कार्तिक २२, २०८२ -
नेपाल प्रहरीका एसएसपी रानाभाटको राजीनामा स्वीकृत
बिहिबार, कार्तिक २१, २०८२ -
कैलालीमा जिपको ठक्करबाट एक जनाको मृत्यु, ३..
आइतवार, कार्तिक २४, २०८२ -
आन्दोलनमा घर जलाइएका एक उच्च अधिकारी,सरकारी सम्पत्ति..
मङ्लबार, कार्तिक २६, २०८२



