

-
काठमाडौं । सरकारले प्रशासनिक पुनर्संरचना अन्तर्गत विभिन्न मन्त्रालय, विभाग, आयोग कुनै समायोजन र कतिपय खारेजमा परेपछि करार दरवन्दीमा कार्यरत कर्मचारीहरु मारमा परेका छन् ।
प्रशासनिक पुनःसंरचनामा स्थायि कर्मचारी स्थानीय तहसम्म खटाउने काम भएपनि करारका कर्मचारी अहिले अलपत्र परेका हुन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सह–सचिव सुरेश अधिकारी मन्त्रालय विभाग, आयोगहरु गाभिने र खारेजमा परेपछि करारका कर्मचारीहरु कामविहीन भएको बताउँछन् । उनीहरुका लागि सरकारले तलब विनियोजन नगरेको उनले बताए । करारका धेरै दरबन्दी काटिएकाले अब यसरी कर्मचारी भर्ना पनि नगरिने उनले बताए ।
निजामती ऐन अनुसार ०५५ सालयता श्रेणीविहीन तहमा स्थायी पदपूर्ति गरिँदै आएकोमा २०६२ ÷०६३ साल यता स्थायी पदपूर्ति गर्नुको साटो करारमा भर्ना लिन थालिएको हो ।
‘स्थायी दरवन्दीबाट पूर्ति हुन नसकेका पदहरु करारबाट पूर्ति गर्ने व्यवस्था अहिले पनि छ । तर हिजो करारका कर्मचारी धेरै भएकाले अहिले व्यवस्थापनमा समस्या परेको हो’, सह–सचिव सुरेश अधिकारीले भने । लामो समय काम लिइसकेपछि त्यतिकै करारका कर्मचारी हटाउनु अन्याय भएकाले सरकारले केही व्यवस्था गर्नुपर्ने अधिकारी बताउँछन् ।
आधिकारीक टे«ड युनियनले पनि अहिले उनीहरुको आन्दोलनलाई साथ दिएको छ । लामो समय काम गरेका करारका कर्मचारीलाई विशेष व्यवस्थाको व्यवस्था गरी खुसी साथ विदा गर्न सरकारलाई दवाव दिने पक्षमा युनियन उभिएको छ ।
News Desk 0 response बुधबार, साउन २, २०७५

सम्बन्धित शीर्षकहरु
-
उपसचिव र प्रमुख प्रशासकीय अधिकृतसहित ८८ कर्मचारीको..
शुक्रबार, जेष्ठ २९, २०८३ -
प्रधानमन्त्रीको अभिव्यक्तिले सुस्तामा भारतीय सुरक्षाकर्मी पसेको होइन..
शुक्रबार, जेष्ठ २९, २०८३ -
भेटेरिनरी अस्पताल भवन निर्माणमा भ्रष्टाचार, कार्यालय प्रमुखसहित..
बिहिबार, जेष्ठ २८, २०८३ -
मनसुनी बायु नेपालको सीमा सम्म आइपुग्यो
बिहिबार, जेष्ठ २८, २०८३ -
बजेट संविधान विपरीत छैन : अर्थमन्त्री वाग्ले
बिहिबार, जेष्ठ २८, २०८३
-
उपसचिव र प्रमुख प्रशासकीय अधिकृतसहित ८८ कर्मचारीको..
शुक्रबार, जेष्ठ २९, २०८३ -
प्रधानमन्त्रीको अभिव्यक्तिले सुस्तामा भारतीय सुरक्षाकर्मी पसेको होइन..
शुक्रबार, जेष्ठ २९, २०८३ -
भेटेरिनरी अस्पताल भवन निर्माणमा भ्रष्टाचार, कार्यालय प्रमुखसहित..
बिहिबार, जेष्ठ २८, २०८३ -
मनसुनी बायु नेपालको सीमा सम्म आइपुग्यो
बिहिबार, जेष्ठ २८, २०८३ -
बजेट संविधान विपरीत छैन : अर्थमन्त्री वाग्ले
बिहिबार, जेष्ठ २८, २०८३
-
सचिव पुष्करमाथि सम्पत्ति शुद्धीकरणको छानबिन
मङ्लबार, जेष्ठ २६, २०८३ -
आइतबारको बिदा खारेज गर्न लागिएको होइन :..
आइतवार, जेष्ठ २४, २०८३ -
उपसचिव र प्रमुख प्रशासकीय अधिकृतसहित ८८ कर्मचारीको..
शुक्रबार, जेष्ठ २९, २०८३ -
यस्तो बन्यो बालेन नेतृत्वको १७ सदस्यीय मन्त्रिपरिषद्
मङ्लबार, जेष्ठ २६, २०८३ -
नेपालमा मात्र पाइने दुर्लभ चरा काँडे भ्याकुर..
आइतवार, जेष्ठ २४, २०८३



