•  

    काठमाडौँ ।

    प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीविरुद्ध उजुरी दिन आह्वान गर्दै सुनवाइ पक्रिया   सुरु भएको छ ।

    शुक्रबारदेखि साउन ६ गतेसम्म उजुरी दिन सर्वसाधारण र सरोकारवालासँग आग्रह गरेको छ । जोशीलाई प्रधानन्यायाधीशमा सिफारिस नगर्नु पर्ने आधार र कारणसहितको उजुरी समितिमा दर्ता हुनेछ । संवैधानिक परिषद्ले जोशीको नाम जेठ २९ गते सिफारिस गरेको थियो ।

    समितिले ७७ वटै जिल्ला प्रशासन कार्यालयमार्फत उजुरी पठाउन सकिने जनाएको छ । टेलिफोनमार्फत उजुरी टिपाउन र इमेलमा समेत पठाउन सकिने समितिले जनाएको छ ।

    समितिले उजुरीको समय सकिएपछि उजुरीको अध्ययन गरि आवाश्यकता अनुरुप उजुरीकर्तासँग छलफल गर्नेछ । उजुरीकर्तासँको परामर्शपछि सम्बन्धित पदाधिकारीलाई सुनुवाइका लागि आमन्त्रण गरिनेछ ।