

-
ट्याक्सीले मिटरमा जान मानेन भने फोन या एसएमएस गरेर कार्वाही हुने भएको छ । त्यसका लागि ९८५१२७३२२२ मा फोन वा एसएमएस गर्नुपर्ने छ ।
यातायात व्यवस्था विभागले काठमाडौं उपत्यकाभित्र सञ्चालित मिटरजडित ट्याक्सीको प्रयोग गर्दा सेवाग्राहीबाट ट्याक्सी सञ्चालनका सम्बन्धमा बारम्बार गुनासो समबोधन गर्न यो नम्बरको व्यवस्था गरेको हो । मिटरजडित ट्याक्सीको सेवा दिन नमानेमा ९८५१२७३२२२ मा फोन वा म्यासेज गरेर जानकारी गराउन आग्रह गरिएको छ ।
गन्तब्य स्थानसम्म जान नमान्ने, आलटाल गर्ने मिटरमा जान नमान्ने, ट्याक्सी स्ट्याण्डमा सवारी पार्किङ गरी लामो समयसम्म चालक सिटमा नबस्ने, तथा मिटर सर्ट गर्ने र तथा गन्तब्यसम्म लाग्ने रकम अस्वाभाविक रुपमा बढी लिने जस्ता गुनासो आएमा विभागले तत्कालै कारवाही गर्ने दावी गरेको छ ।
यसैगरी सार्वजनिक सवारीका साधनहरुमा जेष्ठ नागरिक, महिला, अपांगता भएका व्यक्तिहरुलाई आरक्षित सीटमा अन्यलाई राखिएमा पनि कारवाही गर्ने विभागले जनाएको छ ।
‘कतिपय सार्वजनिक सवारीका साधनहरुले कानुनले व्यवस्था गरेका आरक्षित सिट सम्बन्धी प्रावधानहरुको कार्यान्वयन नगरेको भनी सेवाग्राहीबाट बारम्बार गुनासो आउने गरेको पाइएकोले सम्बन्धित सबै सार्वजनिक सवारीका साधनहरुले अनिवार्य रुपमा कानुनले तोके बमोजिमका आरक्षित सीट सम्बन्धित यात्रुलाई उपलब्ध हुने गरी सुरक्षित राख्नु हुन अनुरोध छ,’ विभागले भनेको छ ।
अनुगमन गर्दा आरक्षित सीटमा कानुनले तोके बाहेकका यात्रुलाई राखेको पाईएमा प्रचलित कानुन बमोजिम हदैसम्मको कारवाही गरिने विभागमा प्रवक्ता तुल्सीराम अर्यालले बताए ।
News Desk 0 response मङ्लबार, असार ५, २०७५

सम्बन्धित शीर्षकहरु
त्रिवि प्रश्नपत्र ‘आउट’ प्रकरण : शिक्षक र विद्यार्थीसहित ७ जनाविरुद्ध मुद्दा दायर
मङ्लबार, भदौ २, २०८३
कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति लिनुपर्ने
शुक्रबार, साउन २९, २०८३-
त्रिवि प्रश्नपत्र ‘आउट’ प्रकरण : शिक्षक र..
मङ्लबार, भदौ २, २०८३ -
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३ -
समुद्रको सतह बढ्दै गएपछि नाइजेरियाको तटीय बस्तीको..
सोमवार, भदौ १, २०८३ -
किशोर श्रेष्ठलाई हाजिरी जमानीमा छाड्न आदेश
सोमवार, भदौ १, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३
-
त्रिवि प्रश्नपत्र ‘आउट’ प्रकरण : शिक्षक र..
मङ्लबार, भदौ २, २०८३ -
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३ -
समुद्रको सतह बढ्दै गएपछि नाइजेरियाको तटीय बस्तीको..
सोमवार, भदौ १, २०८३ -
किशोर श्रेष्ठलाई हाजिरी जमानीमा छाड्न आदेश
सोमवार, भदौ १, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३
-
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३



