

-
सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित अहिले टे«ड युनियन नै खारेज गर्ने उद्घोष गर्दै छन् तर युनियनका नेतालाई संस्था बचाउनेभन्दा पनि डेढ करोड कसरी पचाउने भन्ने चटारो छ ।
News Desk 0 response बुधबार, जेष्ठ ३०, २०७५
निजामती ट्रेड युनियनको कार्यक्रम अघिल्लो शनिबार थियो । आधिकारिक ट्रेड युनियनको भेलाबाट सरकारलाई २४ बुँदे ज्ञापनपत्र पनि बुझाइयो । प्रमुख अतिथिका रूपमा निम्त्याइएका थिए, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित । तर, उनी गएनन् । मुख्यसचिव लोकदर्शन रेग्मीलाई पनि आमन्त्रण गरिएको थियो । उनी पनि गएनन् । यसपछि कानुनमन्त्री शेरबहादुर तमाङलाई बोलाइयो । भनिएको थियो केन्द्रीय भेला । त्यहाँ मुस्किलले ७७ जनामात्र पुगे । त्यो पनि बाटोमा हिँड्ने बटुवाहरू समाउँदै ल्याएर ७७ जना टाउको पु¥याइयो । स्मरणीय छ, कर्मचारीका विभागीय मन्त्री लालबाबु पण्डितले ट्रेड युनियनका नाममा हुने सबै गतिविधि जायज नभएको भन्दै आएका छन् र केही कुरामा कसेर जाने योजना सार्वजनिक पनि गरेका छन् । यही नाममा अहिले ट्रेय युनियन अगुवा र मन्त्रीबीच वाक्युद्ध चलिरहेको छ ।
ट्रेड युनियन एक नेताका अनुसार युनियनको ७७ जिल्लामै संगठन छ । प्रत्येक जिल्ला र विभागीय समितिबाट ५ जनाका दरले अनिवार्य उपस्थिति हुन भनिएको थियो । त्यस हिसाबले ७७ जिल्लाबाट ३ सय ८५ जना प्रतिनिधि उपस्थिति हुनुपर्ने थियो भने ३२ विभागीय समितिका ५ जनाका दरले १ सय ६० जना गरी आधिकारिक ट्रेड युनियनका ५ सय ४५ जना उपस्थित हुनु जरुरी थियो तर केन्द्रीय भेलामा टाउको गन्दा जम्मा ७७ जनाभन्दा बढीको उपस्थिति रहेन । यसरी असारको मुखमा आधिकारिक ट्रेड युनियनको कार्यक्रम आयोजना गरिनुको मुख्य कारण थियो युनियनले पाउने वार्षिक बजेट खर्च गर्नु । स्रोतका अनुसार ट्रेड युनियनको वार्षिक बजेट एक करोड ५० लाख रकम छुट्ट्याइएको थियो । यति धेरै बजेट भए पनि युनियनले अहिलेसम्म कुनै उल्लेख्य कार्यक्रम गर्न सकेको थिएन । खर्चसमेत हुन सकेको थिएन । यसरी पाइएको डेढ करोड सिध्याउन असारको पूर्वसन्ध्यामा यसप्रकारको कार्यक्रम आयोजना गरिएको र ७७ जनाको उपस्थिति रहेको कार्यक्रमको खर्चबापतको बिल एकै पटक डेढ करोड देखाएर अनियमितता गर्न खोजिएको नेताले आरोप लगाएको जनआस्थाले लेखेको छ । प्रदेश र केन्द्रीय भेलाका नाममा आयोजित उक्त कार्यक्रमको भुक्तानी प्रक्रिया शुरु भइसकेको बताइन्छ । तर, टे«ड युनियनका नेताले भने यस्मा सत्यता नभएको बताउँछन् । टे«ड युनियन सञ्चालन गर्न अर्थ मन्त्रालयले अघिल्लो वर्ष नै दिएको डेढ करोड हाराहारी उपलब्ध गराएको र उक्त रकमले विभिन्न जिल्लामा कार्यक्रम गरिएको टे«ड युनियनसम्बद्ध नेताले बताउँदै आएका छन् ।

सम्बन्धित शीर्षकहरु
प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिवले श्रीमती र नातेदारलाई सरकारी नियुक्ति दिलाए
सोमवार, मंसिर ९, २०८२
सिमराको स्थिति सामान्य बन्दै, शान्तिपूर्ण रुपमा कार्यक्रम गर्न गृह मन्त्रालयको आग्रह
बिहिबार, मंसिर ५, २०८२-
फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह..
सोमवार, मंसिर २३, २०८२ -
जेनजी प्रदर्शनमा अत्यधिक बल प्रयोग भएको एम्नेस्टीको..
सोमवार, मंसिर २३, २०८२ -
सरकार विरुद्ध सत्याग्रह गर्दै जेनजीको मिराज ढुंगाना..
सोमवार, मंसिर २३, २०८२ -
प्रधानमन्त्री कार्कीसँग दुर्गा प्रसाईंको भेट, माग कार्यान्वयन..
सोमवार, मंसिर २३, २०८२ -
अमेरिकाको नयाँ राष्ट्रिय सुरक्षा रणनीतिप्रति रुस ‘सकारात्मक’,..
सोमवार, मंसिर २३, २०८२
-
फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह..
सोमवार, मंसिर २३, २०८२ -
जेनजी प्रदर्शनमा अत्यधिक बल प्रयोग भएको एम्नेस्टीको..
सोमवार, मंसिर २३, २०८२ -
सरकार विरुद्ध सत्याग्रह गर्दै जेनजीको मिराज ढुंगाना..
सोमवार, मंसिर २३, २०८२ -
प्रधानमन्त्री कार्कीसँग दुर्गा प्रसाईंको भेट, माग कार्यान्वयन..
सोमवार, मंसिर २३, २०८२ -
अमेरिकाको नयाँ राष्ट्रिय सुरक्षा रणनीतिप्रति रुस ‘सकारात्मक’,..
सोमवार, मंसिर २३, २०८२
-
एमालेले दायर गरेको प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्चको..
बुधबार, मंसिर १८, २०८२ -
बैकुण्ठ अर्याल सचिवमा बढुवा
सोमवार, मंसिर १६, २०८२ -
रूसी राष्ट्रपति पुटिन बिहीबार दिल्ली आउँदै, अमेरिकी..
बुधबार, मंसिर १८, २०८२ -
जेनजी प्रदर्शनमा हतियार जोगाउन नसकेका सशस्त्रका डीएसपीसहित..
मङ्लबार, मंसिर १७, २०८२ -
ताप्लेजुङमा योगेश निकट दुई नेतामाथि कारबाही
मङ्लबार, मंसिर १७, २०८२



