

-
काठमाडौ ।
प्रहरीका डिएसी र ईन्स्पेक्टर बढुवा समितिले फिल्डमा काम गरेका भन्दा पनि सोर्सफोर्सवालालाई अग्रस्थान दिएको आरोप लाग्न थालेको छ । त्यसोत बिभिन्न बिकृतिमा संलग्न पनि बढुवाको अग्र भागमा देखिएका छन् । सिन्धुपाल्चोकमा बस्दा त्यहाँका महिलाहरु सँग अनैतिक काम गरेर लखेटिएका एक अधिकृत पनि बढुवाको अग्रभागमा देखिएपछि उनका बिरुद्ध गृहमन्त्रालयमा उजुरी गर्नेहरु पनि चकित परेका छन् । महिला सँग अश्लिल भिडियो खिचेर ब्ल्याकमेलिङ्ग गरेको उनलाई आरोप छ ।
एसपी बढुवामा प्रधानमन्त्री केपी शर्मा ओलीको पिएसओका रुपमा कार्यरत सानुराम भट्टराईलाई चौथो नम्बरमा बढुवा गरिएको छ । पहिलो नम्बरमा रहेका अच्युत पुडासैनी, प्रताप गुरुङ र विश्व अधिकारी छन् । उनीहरुमध्ये पुडासैनी र गुरुङ आगामी कात्तिकमा अवकाश पाउँदैछन् ।
डिएसपी बढुवामा एक नम्बरमा रहेका गंगा पन्त १५ नम्बरमा पुगेकी छिन् । सो ब्याचका रमेश बस्नेत लगायत केही क्षमतावान अधिकृत बढुवामा छुटेका छन् ।इन्सपेक्टर बढुवामा पनि विगतमा वामदेव गौतमको पिएसओ बसेका मिम बहादुर लामा पहिलो नम्बरमा बढुवा भएका छन्। पहिला १ नम्बरमा रहेका रेवतीरमण पोखरेल ३५ नम्बरमा पुगेका छन् । दोस्रो नम्बरमा रहेकी दिप्ती कार्की नवौं तथा तेस्रो नम्बरमा रोशन खड्कालाई ५० औं नम्बरमा राखेर बढुवा गरिएको छ। संगठनको भावी नेतृत्व यही नम्बरको आधारलाई लिएर तय हुने भएकाले फौजी संगठनमा यसको ठूलो महत्व हुन्छ।
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नै यसको दोषी रहेको प्रहरी मुख्यालयमा चर्चा हुन थालेको छ ।
News Desk 0 response सोमवार, जेष्ठ २१, २०७५
यसले राम्रा प्रहरी अधिकृतहरु पछि पर्ने र खराब अधिकृतहरु अघि बढ्ने जोखिम बढेको छ ।

सम्बन्धित शीर्षकहरु
रसुवा बाढीमा ज्यान गुमाएकाको सम्झनामा भदौ २२ गते राष्ट्रिय शोक मनाउने सरकारको निर्णय
बिहिबार, भदौ १८, २०८३-
रसुवाको सीडीओ फेरिए
आइतवार, भदौ २१, २०८३ -
बाढीपछि रसुवागढी र तातोपानी ठप्प, चीनसँगको व्यापार..
आइतवार, भदौ २१, २०८३ -
१४ सहसचिव र ९ उपसचिवको सरुवा, विभिन्न..
शुक्रबार, भदौ १९, २०८३ -
राष्ट्रपति कार्यालयको १६ करोडभन्दा बढी रकम लेखापरीक्षण..
बिहिबार, भदौ १८, २०८३ -
बाढीपछि नुवाकोट, धादिङ र रसुवा जोड्ने चार..
बिहिबार, भदौ १८, २०८३
-
रसुवाको सीडीओ फेरिए
आइतवार, भदौ २१, २०८३ -
बाढीपछि रसुवागढी र तातोपानी ठप्प, चीनसँगको व्यापार..
आइतवार, भदौ २१, २०८३ -
राष्ट्रपति कार्यालयको १६ करोडभन्दा बढी रकम लेखापरीक्षण..
बिहिबार, भदौ १८, २०८३ -
बाढीपछि नुवाकोट, धादिङ र रसुवा जोड्ने चार..
बिहिबार, भदौ १८, २०८३ -
रसुवा बाढीमा ज्यान गुमाएकाको सम्झनामा भदौ २२..
बिहिबार, भदौ १८, २०८३
-
रसुवा बाढीमा फसेका १ सय १४ नेपाली..
बिहिबार, भदौ १८, २०८३ -
राष्ट्रपति कार्यालयको १६ करोडभन्दा बढी रकम लेखापरीक्षण..
बिहिबार, भदौ १८, २०८३ -
भोटेकोशी बाढीका विषयमा चिनियाँ अनुसन्धानकर्ताको नयाँ अध्ययन..
बुधबार, भदौ १७, २०८३ -
बाढीमा बेपत्ताको कुशको प्रतिमा बनाएर दाहसंस्कार
बुधबार, भदौ १७, २०८३ -
रसुवा र तातोपानी नाका प्रभावित भएपछि कोरोला..
बिहिबार, भदौ १८, २०८३



