

-
काठमाडौ ।
प्रहरीका डिएसी र ईन्स्पेक्टर बढुवा समितिले फिल्डमा काम गरेका भन्दा पनि सोर्सफोर्सवालालाई अग्रस्थान दिएको आरोप लाग्न थालेको छ । त्यसोत बिभिन्न बिकृतिमा संलग्न पनि बढुवाको अग्र भागमा देखिएका छन् । सिन्धुपाल्चोकमा बस्दा त्यहाँका महिलाहरु सँग अनैतिक काम गरेर लखेटिएका एक अधिकृत पनि बढुवाको अग्रभागमा देखिएपछि उनका बिरुद्ध गृहमन्त्रालयमा उजुरी गर्नेहरु पनि चकित परेका छन् । महिला सँग अश्लिल भिडियो खिचेर ब्ल्याकमेलिङ्ग गरेको उनलाई आरोप छ ।
एसपी बढुवामा प्रधानमन्त्री केपी शर्मा ओलीको पिएसओका रुपमा कार्यरत सानुराम भट्टराईलाई चौथो नम्बरमा बढुवा गरिएको छ । पहिलो नम्बरमा रहेका अच्युत पुडासैनी, प्रताप गुरुङ र विश्व अधिकारी छन् । उनीहरुमध्ये पुडासैनी र गुरुङ आगामी कात्तिकमा अवकाश पाउँदैछन् ।
डिएसपी बढुवामा एक नम्बरमा रहेका गंगा पन्त १५ नम्बरमा पुगेकी छिन् । सो ब्याचका रमेश बस्नेत लगायत केही क्षमतावान अधिकृत बढुवामा छुटेका छन् ।इन्सपेक्टर बढुवामा पनि विगतमा वामदेव गौतमको पिएसओ बसेका मिम बहादुर लामा पहिलो नम्बरमा बढुवा भएका छन्। पहिला १ नम्बरमा रहेका रेवतीरमण पोखरेल ३५ नम्बरमा पुगेका छन् । दोस्रो नम्बरमा रहेकी दिप्ती कार्की नवौं तथा तेस्रो नम्बरमा रोशन खड्कालाई ५० औं नम्बरमा राखेर बढुवा गरिएको छ। संगठनको भावी नेतृत्व यही नम्बरको आधारलाई लिएर तय हुने भएकाले फौजी संगठनमा यसको ठूलो महत्व हुन्छ।
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नै यसको दोषी रहेको प्रहरी मुख्यालयमा चर्चा हुन थालेको छ ।
News Desk 0 response सोमवार, जेष्ठ २१, २०७५
यसले राम्रा प्रहरी अधिकृतहरु पछि पर्ने र खराब अधिकृतहरु अघि बढ्ने जोखिम बढेको छ ।


सम्बन्धित शीर्षकहरु
-
प्रहरी महानिरीक्षकमा दीपक थापा नियुक्त
सोमवार, चैत्र ३, २०८१ -
गणतन्त्र उल्ट्याउने कुनै पनि प्रयास सफल हुन..
सोमवार, चैत्र ३, २०८१ -
धनुषामा गोली चल्यो, एक जना घाइते
सोमवार, चैत्र ३, २०८१ -
एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा, यस बर्ष..
सोमवार, चैत्र ३, २०८१ -
अमेरिकाद्वारा भेनेजुएलाका आपराधिक गिरोह सदस्यहरूलाई देश निकाला
सोमवार, चैत्र ३, २०८१
-
प्रहरी महानिरीक्षकमा दीपक थापा नियुक्त
सोमवार, चैत्र ३, २०८१ -
गणतन्त्र उल्ट्याउने कुनै पनि प्रयास सफल हुन..
सोमवार, चैत्र ३, २०८१ -
धनुषामा गोली चल्यो, एक जना घाइते
सोमवार, चैत्र ३, २०८१ -
एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा, यस बर्ष..
सोमवार, चैत्र ३, २०८१ -
स्ववियु चुनाव शान्तिपूर्ण रुपमा गराउन शिक्षा मन्त्रालयको..
सोमवार, चैत्र ३, २०८१
-
वुमन्स डे कप टी–२० क्रिकेटमा नेपालले तेस्रो..
आइतवार, चैत्र २, २०८१ -
विपन्न समुदायका लागि कोहलपुरमा नमूना बस्ती निर्माण
शुक्रबार, फाल्गुन ३०, २०८१ -
जनकपुरधाममा महामूर्ख साबित गर्न तछाडमछाड
शुक्रबार, फाल्गुन ३०, २०८१ -
सडकमा फोहोर गरेको र क्षति पुर्याएको भन्दै..
सोमवार, फाल्गुन २६, २०८१ -
ताप्लेजुङका किसान सामूहिक मकैखेतीप्रति आकर्षित
बुधबार, फाल्गुन २८, २०८१