

-
काठमाडौं ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्ट केही गर्ने अठोटका साथ लागेका छन् । उनले मलेसिया जाने कामदारलाई बायोमेट्रिक, भीएलएन, जीएसजीका नाममा हुुँदैआएको ठगी रोकेका मात्र छैनन्, ठगी गर्नेहरुलाई पक्राउ गरी कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाएका छन् । मलेसिया जाने कामदारले २६ सयमा गर्दैआएको स्वास्थ्य परीक्षण ४ बर्षअघि तत्कालीन श्रमराज्यमन्त्री टेकबहादुर गुरुङको पालामा १८ हजार ४ सय तिर्नुपर्ने गरी बायोमेट्रिकदेखि भीएलएन, माइग्राम, जीएसजीका नाममा हुँदैआएको थियो । जुन ६ महिना परीक्षणका नाममा भित्र्याएर टेकबहादुर गुरुङ र कैलाश खड्काहरुले ४ बर्षसम्म नेपाली कामदार ठगी गर्दैआएका छन् ।
मन्त्री गोकर्ण बिष्ट र सचिव महेशप्रसाद दाहाल ।
मन्त्री बिष्टले सुरुमै बायोमेट्रिक लगायतको ठगीको सिन्डिकेट हटाउने स्पष्ट पारेका थिए । जुन उनले गरेरै देखाएका छन् । संयुक्त अरब इमिरेट्स ९युएई० सरकारले नेपालको प्रहरीको रिपोर्ट दूताबासबाट प्रमााणित गराउन ४ हजार ५ सय रुपैयाँ तिर्नुपर्ने बाध्यता अन्त्य गर्नेदेखि मलेसिया जाने कामदारले बायोमेट्रीक, भीएलएन, जीएसजी लगायतका अनेक शीर्षकमा ठगी गर्ने ३९ वटा संस्थाहरुको सिन्डिकेट पनि खारेज गरेका कारण मन्त्री बिष्ट चर्चामा छन् । ठगी गर्नेहरुको सिन्डिकेड तोडेर चर्चामा आएका मन्त्री बिष्टलाई असफल पार्न बायोमेट्रिकका नाममा ठग्न पल्किएको गिरोहका टेकबहादुर गुरुङहरु सक्रिय छन् ।भीएलएनका देखावटी संचालक राम श्रेष्ठ भए पनि त्यसका वास्तविक संचालक टेकबहादुर गुरुङ हुन् । टेकबहादुर गुरुङले सुरु गर्न दिएका र त्यसपछिका सूर्यमान गुरुङ, दीपक बोहरा, फर्मूला मन्सुर, सबैलाई करोड करोडका ब्रिफकेस बुझाएर बायोमेट्रिक खारेज गर्नबाट रोक्दैआएका थिए । तर ५ बर्षका लागि प्रचण्ड बहुमतको सरकार आएपछि मलेसिया जाने कामदारसँग स्वास्थ्य परीक्षणका नाममा हुँदै आएको ब्रम्हलुट खारेज गरिसकेपछि कैलाश खड्काहरु अहिले मलेसिया जाने कामदार जान नपाएको भन्दै हौवा पिटाउन लागेका छन् । मलेसियामा महाथिरले चुनाव जितेपछि भ्रष्टाचार विरुद्ध जेहाद छेडेका छन् । पूर्वप्रधानमन्त्री नजिव रजाक र उनको सरकारका उपप्रम तथा गृहमन्त्रीलाई उनले भ्रष्टाचारको आरोपमा कारबाही प्रक्रिया सुरु गरेकाले नेपालका कामदारमाथि बायोमेट्रिकका नाममा भइरहेको ठगीमा उनले मन्त्री बिष्टलाई साथ दिने अपेक्षा गरिएको छ ।
मन्त्रीको टिम फितलो र भ्रष्ट
मन्त्री बिष्ट श्रम मन्त्रालयमा विगत लामो समयदेखि कायम बेथिति, भ्रष्टाचार र सिन्डिकेट अन्त्य गर्ने अभियानमा लागिरहेका छन् । तर उनको अभियान सफल पार्ने उनले टीम नै कमजोर र भ्रष्ट प्रवृत्तिको छनोट गरेका छन् । पहिलादेखि कार्यरत बदनामहरुको जालो पनि उनले तोडिसकेका छैनन् । मन्त्रालयका सचिव महेशप्रसाद दाहाल र श्रम कार्यालय ताहाचलका सेकेन्डम्यान इन्द्रदेव पाण्डेको टीमबाट उनको अभियान सफल हुन गाह्रो छ भन्छन् मन्त्रालयका कर्मचारीहरु ।युवा तथा खेलकुद मन्त्रालयका कर्मचारीदेखि मातहतका राष्ट्रिय खेलकुद परिषद र युवा परिषदका पदाधिकारीहरुलाई दिनुसम्म दुःख दिएका सचिव महेशप्रसाद दाहाल डेढ महिनाअघि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा भएका हुन् । उनको सरुवाबाट युवा तथा खेलकुद मन्त्रालयदेखि खेलकुद परिषद्का पदाधिकारी र युवा परिषद्का उपाध्यक्ष लगायतका सदस्यहरुले राहत महसुस गरेका छन् । हरेक फाइलमा विदेश भ्रमण र दुई वटा डबल ब्ल्याक लेबल नटक्र्याएसम्म सदर नगर्ने सचिव दाहालका कारण युवा परिषद् र खेलकुद परिषद्का पदाधिकारी हैरान थिए । ‘बजेट नै नभए पनि फाइल सदर गर्न लाँदा अड्काउने र सचिवलाई विदेश भ्रमणमा राखेपछि मात्र थियो, त्यसबाट मुक्ति पाइएको छ’ खेलकुद परिषद्का एक पदाधिकारीले भने–‘सचिव दाहालकै कारण दुई वर्षभित्र सक्ने लक्ष्यसहित १९ माघ ०७१ मा निर्माण सुरु गरिएको मूलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदान चार वर्ष बित्दासमेत सञ्चालन हुन सकेन ।
२ सय ९४ रोपनी सरकारी जग्गामा भइरहेको निर्माणको अधिकांश काम सकिए पनि पूर्व–पश्चिम क्षेत्रको ४६ आना ३ पैसा निजी जग्गाको मुआब्जा विवाद नसल्टिँदा आयोजना लम्बिएको हो । त्यो मुआब्जा विवाद सचिव दाहालकै कारण सल्टिन नसकेको हो । सचिव दाहालले मुआब्जा लिनुपर्ने जग्गाधनीसँग घुस मागेका कारण पनि क्रिकेट मैदान बन्न बिलम्ब भएको हो । सचिव दाहालले सरकारी दररेट भन्दा बढी दरमा मुआब्जा दिलाउँछु भन्दै जग्गाधनीसँग मोलमोलाई गरेपछि नै समस्या समाधान हुन नसकेकाले २ बर्षमा सकिने मैदान ४ बर्षसम्म पनि पूरा हुन नसकेको हो ।’ सचिव दाहालले युवा तथा खेलकुद मन्त्रालयमा हुँदा फाइल अड्काएर धेरै पटक विदेश भ्रमण गरेको परिषद् स्रोतले बताएको छ । सचिव दाहालकै कारण खेलकुद मन्त्रालयको प्रगति विवरण विगतको भन्दा खस्किन पुगेको छ ।
युवा परिषदका उपाध्यक्ष माधव ढुंगेल सचिव दाहालबाट सबैभन्दा बढी पीडित भए । नेपाली कांग्रेस निकट भनेर चिनिएका सचिव लक्ष्मण मैनाली, निमित्त सचिवका रुपमा केही समय काम गरेका तेजराज पाण्डेले बरु ढुंगेलप्रति पूवाग्रह राखेनन् । तर वाम पृष्ठभूमिको भनेर चिनाउँदैआएका सचिव दाहालले ढुंगेललाई विनाकुनै कारण हटाउन कांग्रेसका मन्त्री राजेन्द्र केसी र देउवा सरकारका खेलकुद मन्त्री दलजित श्रीपाइलीलाई साथ दिएका थिए । ढुंगेललाई स्पष्टीकरण सोध्ने कुनै आधार नभएको भन्दै लक्ष्मण मैनाली र तेजराज पाण्डेले सोधेनन् । तर महेश दाहालले आफैंले सही गरी स्पष्टीकरण सोधेर कांग्रेसका मन्त्रीलाई साथ दिएको तीतो अनुभव ढुगेलसँग छ ।
ढुंगेलले सचिव दाहालले युवा परिषद्को बजेट रोक्नेदेखि आफूलाई हटाउन कांग्रेसको साथ दिएको गुनासो ढुंगेलले पार्टी अध्यक्ष केपी ओलीलाई पनि गरे । ओलीकै गृहजिल्ला झापाका हुन् दाहाल । ओलीले बोलाएर दाहाललाई ढुंगेललाई सहयोग गर्न आग्रह गरे पनि उनले त्यसपछि झन् बढी असहयोग गरेर ढुंगेललाई हटाउन खोजेका थिए । तर उनको जोड चलेन । ढुंगेलको थमौती भयो । सचिव दाहाल बाहिर बाहिर बामपन्थी भन्ने भित्रभित्रै कांग्रेसको सेवा गर्ने असली सहयोगी भएको अनुभव ढुंगलले गरेका थिए । यस्ता लोभी सचिवले श्रम मन्त्री बिष्टको अभियान सफल बनाउन सहयोग गर्ने कुरामा कर्मचारीहरु सन्देह प्रकट गर्दछन् । स्रोतका अनुसार सचिव दाहाल युवा मन्त्रालयमा कति अलोकप्रिय थिए भने उनको गाडी चलाउनसमेत कोही चालक तयार हुँदैनथे ।
News Desk 0 response आइतवार, जेष्ठ २०, २०७५
१ बर्षमा ९ पटक विदेश भ्रमण
सचिव दाहालले खेलकुद मन्त्रालयको करिब १ बर्षे कार्यकालमा ९ पटक विदेश भ्रमण गरेका छन् । उनी अमेरिका २ पटक र रसियामा २ पटक गएका छन् । सचिव जानै नपर्ने कार्यक्रममा समेत उनी गएका छन् । सचिव दाहाल मलेसियामा २०७३ मंसिर ८ देखि २५ सम्म भएको एएफसी सोलिडारिटी फुटबल कम्पिटीसन कार्यक्रमबाट फर्केको १ महिनामै श्रीलंकामा भएको युथ एक्सचेन्ज प्रोग्राममा २०७३ पुस १८ देखि २५ सम्मको भ्रमण गरेका थिए । २०७३ माघ १० देखि २२ सम्म रसियामा भएको स्पोर्ट इन्फास्टक्चर स्टडी कार्यक्रममा गए । सचिव दाहाल २०७३ बैशाख १८ देखि १६ सम्म भारतमा भएको युथ एक्सचेन्ज प्रोग्राममा गएका थिए । २०७४ जेठ ५ देखि १३ सम्म डेनमार्क र जर्मनीमा भलिबल कार्यक्रमको बहनामा गएका थिए । २०७४ असार ७ देखि १४ सम्म अमेरिका र क्यानडामा कराँते कार्यक्रममा गएका थिए । २०७४ असोज २५ देखि कार्तिक ५ सम्म रसियामा मिनिष्टरियल कन्फ्रेन्समा गएका थिए भने २०७४ माघ १५ देखि अमेरिकामा युएन युथ फोरमको कार्यक्रममा न्यूयोर्कको भ्रमणमा गएका थिए । २०७५ बैशाख २५ देखि ७ दिनका लागि चीनमा हुने युथ एक्सचेन्ज प्रोग्राम पनि उनी युवा खेलकुद मन्त्रालयमा हुँदै तय भएको थियो उनी युवा मन्त्रालयबाट २०७४ चैत २० को मन्त्रिपरिषद्को निर्णयले श्रम मन्त्रालयमा सरुवा भएको नयाँ पेजले लेखेको छ ।

सम्बन्धित शीर्षकहरु
त्रिवि प्रश्नपत्र ‘आउट’ प्रकरण : शिक्षक र विद्यार्थीसहित ७ जनाविरुद्ध मुद्दा दायर
मङ्लबार, भदौ २, २०८३
कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति लिनुपर्ने
शुक्रबार, साउन २९, २०८३-
त्रिवि प्रश्नपत्र ‘आउट’ प्रकरण : शिक्षक र..
मङ्लबार, भदौ २, २०८३ -
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३ -
समुद्रको सतह बढ्दै गएपछि नाइजेरियाको तटीय बस्तीको..
सोमवार, भदौ १, २०८३ -
किशोर श्रेष्ठलाई हाजिरी जमानीमा छाड्न आदेश
सोमवार, भदौ १, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३
-
त्रिवि प्रश्नपत्र ‘आउट’ प्रकरण : शिक्षक र..
मङ्लबार, भदौ २, २०८३ -
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३ -
समुद्रको सतह बढ्दै गएपछि नाइजेरियाको तटीय बस्तीको..
सोमवार, भदौ १, २०८३ -
किशोर श्रेष्ठलाई हाजिरी जमानीमा छाड्न आदेश
सोमवार, भदौ १, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३
-
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३



