

-
काठमाडौं ।
वन मन्त्री नियुक्त भएपछि शक्तिबहादुर बस्नेतले केही प्रतिबद्धता ब्यक्त गरेका थिए । उनले धेरै पटक भनेका थिए– पुराना रुखहरू लामो समयपछि भित्रभित्रै धोद्रिन्छन् । यसरी गुणस्तर खस्कँदा मुलुकले काठबाट लिन सक्ने आर्थिक मुनाफाको सम्भावना घटिरहेको छ । हिजोका दिनमा सही रूपमा र समयमा नै काठको व्यवस्थापन नगर्दा गुणस्तर खस्कियो, आगामी दिनमा काठको गुणस्तर खस्कन नदिन नै वैज्ञानिक वन व्यवस्थापनका कार्यक्रमलाई प्राथमिकता दिएका हौं । पैसा खाएर डीएफओलगायतका कर्मचारीको सरुवा हुने गरेको चर्चा चल्ने गरेको छ, अब त्यस्तो हुँदैन । कसैसँग एक पैसा नलिई पारदर्शी ढंगले सरुवा गरिन्छ– यस्तै–यस्तै । मन्त्री बस्नेतको अभिब्यक्तिपछि वन क्षेत्रले काँचुली फेर्छ कि भन्ने आशा गर्न थालिएको थियो । तर पछिल्लो चरणमा बस्नेतको अभिव्यक्तिमा खिया लाग्न थालेको शंका गर्ने गरिन्छ । केही दिन अघि पश्चिम पुगेका मन्त्री बस्नेतले झण्डै एक दर्जन डिएफओलाई भेटे । भेटका क्रममा मन्त्री बस्नेतले ब्यक्त गरेको चासोले कर्मचारीहरु भने वनमा सुशासन नआउने रहेछ भन्न थालेका छन् । एक डिएफओका अनुसार मन्त्री बस्नेतले तपाईं कहाँ–कहाँ बस्नुभयो ? राम्रो ठाउँमा मात्र कसरी बस्नुभयो ? काठको घाटगद्दीको अवस्था के छ ? बिक्री–वितरण कसरी भइरहेको छ ? काठ बिक्री–वितरण गर्दा सल्लाह गरेर मात्र गर्नुस् ? टेण्डर गर्नुअघि नै भेटेर छलफल गरौं जस्ता प्रस्ताव राखेका थिए । कर्मचारीहरुले यस्तो प्रस्ताव प्रिपेड मन्त्रीहरुले मात्र राख्थे, विगतमा गृहमन्त्रीसमेत भइसकेको मन्त्रीले यस्तो प्रस्ताव राखेपछि हामीले पनि कुरा बुझ्नुपर्छ भन्दै छलफल गर्न थालेका छन् । मन्त्री बस्नेतले केहीसँग सेटिङ गरिसकेको र केहीसँग गर्ने क्रममा रहेको भनेर वन मन्त्रालयमा चर्चा चल्ने गरेको समयबद्धले लेखेको छ ।
वन मन्त्री बस्नेत वन व्यवस्थापन कार्यक्रमलाई व्यवस्थित गर्ने नाममा आफूलाई पनि फाइदा हुने गरी कार्यक्रम अघि बढाउने पक्षमा छन् । तर उनलाई समस्या परेको छ, सचिवको सरुवाले । मन्त्री बस्नेतले तत्कालीन वन सचिव डा. युवकध्वज जीसीसँग मिलेर आफ्नो योजना सफल बनाउन खोजेका थिए । तर कृषि समूहका सचिव डा. जीसी ठूलो मेहनत गरेर कृषि मन्त्रालयमा पुगेका छन् । वन मन्त्रालयमा विश्वनाथ ओली आएका छन् । प्रशासन संयन्त्रमा सचिव ओली प्रधानमन्त्री के.पी. ओलीका सबैभन्दा विश्वासपात्रको रुपमा परिचित छन् । ओली सेवा समाजको संरकक्षमा प्रधानमन्त्री ओली रहेको बेलाका महासचिव हुन् अहिलेका वन सचिव ओली । मन्त्री बस्नेतलाई थाहा नदिई प्रधानमन्त्री ओलीले सचिव ओलीलाई वन मन्त्रालयमा पठाएका हुन् । वन समूहकै सचिव ओलीको वन मन्त्रालयमा आफ्नै ग्याङ रहेको जानकारी दिंदै एक सहसचिवले भने– सचिव ओली त्यो ग्याङ र एमालेको एउटा टिमले भनेको मान्ने मान्छे हुन् । उनी मन्त्रीलाई भित्री तहसम्म पुग्न नदिने योजनामा छन् । सचिवमा ओली आएपछि प्रधानमन्त्रीमा कुरा पुग्छ भन्ने डरले कतिपय काम गर्न मन्त्री बस्नेत डराइरहेको बताइन्छ । माओवादीभित्र प्रधानमन्त्री ओलीसँग राम्रो सम्बन्ध रहेका भनिएका मन्त्री बस्नेत र सचिव ओली दुवैजना एक अर्कासँग डराइरहेको कारण ट्युनिङ मिल्न नसकेको चर्चा चल्ने गरेको छ ।
News Desk 0 response बिहिबार, जेष्ठ १०, २०७५
यसो भएपछि सचिव ओलीभन्दा मन्त्री बस्नेतलाई घाटा भएको बताइन्छ । सचिव ओलीको रेडिमेड टिम छ, जुन टिमले मन्त्री बस्नेतलाई थाहा नदिई काम गर्ने गरेको छ । सचिव ओलीलाई मनाएर काम गर्ने र नसके आफै डिल गर्ने मन्त्री बस्नेतको योजना कुन रुपमा अघि बढ्ने हो भन्ने थाहा पाउन भने केही दिन कुर्नैपर्छ ।
वनमा भइरहेको लुट सबैले देखेकै विषय हो । वन मन्त्रालयको नेतृत्वले सधैं त्यही लुटलाई साथ दिने गरेको छ । शक्ति बस्नेतको पछिल्लो कदमले पनि यही कुराको पुष्टि गरेको छ ।

सम्बन्धित शीर्षकहरु
अवदेखि नजिकको जिल्ला वा इलाका प्रशासन कार्यालयबाट राहदानीका लागि आवेदन दिन सकिने
शुक्रबार, असार २६, २०८३-
सम्पत्ति जाँचबुझ आयोगलाई तत्काल काम नगर्न सर्वोच्चको..
शुक्रबार, असार २६, २०८३ -
चीनले पहिलो पटक पुनः प्रयोग गर्न मिल्ने..
शुक्रबार, असार २६, २०८३ -
अवदेखि नजिकको जिल्ला वा इलाका प्रशासन कार्यालयबाट..
शुक्रबार, असार २६, २०८३ -
एमाले पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन लेखनको जिम्मा..
बिहिबार, असार २५, २०८३ -
नेपाल आयल निगमको कार्यकारी निर्देशकका लागि ६..
बिहिबार, असार २५, २०८३
-
सम्पत्ति जाँचबुझ आयोगलाई तत्काल काम नगर्न सर्वोच्चको..
शुक्रबार, असार २६, २०८३ -
चीनले पहिलो पटक पुनः प्रयोग गर्न मिल्ने..
शुक्रबार, असार २६, २०८३ -
अवदेखि नजिकको जिल्ला वा इलाका प्रशासन कार्यालयबाट..
शुक्रबार, असार २६, २०८३ -
नेपाल आयल निगमको कार्यकारी निर्देशकका लागि ६..
बिहिबार, असार २५, २०८३ -
सुनिल पौडेलसहित १८ जनालाई भ्रष्टाचार मुद्दामा सफाइ
बिहिबार, असार २५, २०८३
-
मुख्यसचिवकै विवादमा रिक्त भएको सचिव पदमा नियुक्त..
बुधबार, असार २४, २०८३ -
मुख्यसचिवमा बाहुन–क्षेत्रीकै बाहुल्यता
बिहिबार, असार २५, २०८३ -
निजामती अस्पतालमा औषधिमै दुई करोड बढी भ्रष्टाचार
बुधबार, असार २४, २०८३ -
गोविन्दबहादुर कार्की मुख्यसचिव नियुक्त
बुधबार, असार २४, २०८३ -
एकैसाथ ४२ उपसचिवको सरुवा, को कहाँ ?
शनिबार, असार २०, २०८३



