

-
काठमाडौँ ।
निर्वाचन सम्पन्न भएको एक वर्ष बित्न लाग्दा पनि स्थानीय तहमा अझै कर्मचारी अपुग भएका छन् ।
स्थानीय तहमा करीब ५७ हजार कर्मचारी आवश्यक भएकामा अझै करीब ७ हजार कर्मचारी अपुग भएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, स्थानीय तह कर्मचारी शाखा प्रमुख प्रेमप्रसाद लुइँटेलले जानकारी दिए ।
उनका अनुसार २२० उपसचिव, ५२६ शाखा अधिकृत र छ हजार २०० नायब सुब्बा तहका कर्मचारी सात सय ५३ स्थानीय तहमा अपुग भएका छन् । दुई सय २० उपसचिव नहुँदा नगरपालिका निमित्त प्रमुख प्रशासकीय प्रमुखका भरमा सञ्चालन भएको बताइएको छ ।
मन्त्रालयले अन्य मन्त्रालयबाट अपुग कर्मचारी माग गरे पनि नपठाइएपछि स्थानीय तहमा कर्मचारी पठाउन नसकेको हो । ‘हामीले विभिन्न मन्त्रालयबाट आएका कर्मचारीलाई दैनिकजसो पठाउने गरेका छौँ ‘, उपसचिव लुइँटेलले भने, ‘तर पनि ठूलो मात्रामा कर्मचारी अभाव रहेको छ ।’ करिब ५७ हजार कर्मचारी पठाउन सरकारले निर्णय गरेको थियो ।
उनले लोक सेवा आयोगको खुला प्रतिस्पर्धाबाट २५० र बढुवाबाट ८१ शाखा अधिकृत कर्मचारी आउने तयारी भइरहेकोसमेत जानकारी दिए । मन्त्रालयले यही आर्थिक वर्षभित्र सबै कर्मचारी पठाउने तयारी गरेको उनले बताए ।
News Desk 0 response शुक्रबार, जेष्ठ ४, २०७५


सम्बन्धित शीर्षकहरु
-
अमेरिकी आकाशमा आफ्नो बेलुन पुगेको घटनाप्रति चीनले..
शनिबार, माघ २१, २०७९ -
लोकतन्त्र बलियो हुन प्रेस बलियो हुनुपर्छ :..
शनिबार, माघ २१, २०७९ -
संविधानको उल्लङ्घन गर्नेहरु नै सरकारमा जाँदा सङ्कट..
शनिबार, माघ २१, २०७९ -
तापक्रम बढ्दै, तत्काल पानी पर्ने सम्भावना हट्यो
शनिबार, माघ २१, २०७९ -
रबिको अल्टिमेटम आज सकिँदै, गृह मन्त्रालय नदिने..
शनिबार, माघ २१, २०७९
-
लोकतन्त्र बलियो हुन प्रेस बलियो हुनुपर्छ :..
शनिबार, माघ २१, २०७९ -
संविधानको उल्लङ्घन गर्नेहरु नै सरकारमा जाँदा सङ्कट..
शनिबार, माघ २१, २०७९ -
तापक्रम बढ्दै, तत्काल पानी पर्ने सम्भावना हट्यो
शनिबार, माघ २१, २०७९ -
खर्च कटौती गर्न पालिका र जिल्ला समन्वय..
शनिबार, माघ २१, २०७९ -
नेपाली श्रमिकको हितलाई केन्द्रमा राख्न मलेसियाका गृहमन्त्रीसँग..
शुक्रबार, माघ २०, २०७९
-
अर्थतन्त्रका सूचकहरु अझै चिन्ताजनक : प्रधानमन्त्री
बिहिबार, माघ १२, २०७९ -
मधेस प्रदेशका दुई सांसदले आज शपथ लिए
बुधबार, माघ ११, २०७९ -
बैतडीमा महिला टी–२० क्रिकेट आजदेखि
बिहिबार, माघ १२, २०७९ -
आज शहीद दिवस : विभिन्न कार्यक्रम गरी..
सोमवार, माघ १६, २०७९ -
आत्मनिर्भर लघुवित्तको आइपिओ खुला
सोमवार, माघ १६, २०७९