-
नवलपुर ।
नवलपुरको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र कावासोतीअन्तर्गत रहेका मिटर रिडरको आन्दोलनका कारण मिटर रिडिङमा समस्या भएको छ।
ज्यालादारीमा रहेर मिटर रिडिङ गर्दै आएका कर्मचारीले आफूहरुलाई स्थायी गर्नुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएपछि मिटर रिडिङमा समस्या भएको हो। कावासोती वितरण केन्द्रअन्तर्गत रहेका झण्डै २० जना मिटर रिडर आफूहरुलाई स्थायी गर्नुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएपछि केन्द्रअन्तर्गत रहेका विभिन्न क्षेत्रका सेवाग्राहीको मिटर रिडिङमा समस्या भएको छ।
दैनिक ज्यालादारीमा काम गर्दै आएका मिटर रिडरहरुले आफूहरुको स्थायी दरबन्दी कायम गर्नुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएका हुन्।
विद्युत् वितरण केन्द्र कावासोतीले मिटर रिडिङका लागि आवश्यक दरबन्दी नभएपछि ज्यालादारीमा मिटर रिडर राखेर काम गरिरहेको छ। झण्डै १ सय ५ जनाको हाराहारीमा केन्द्रमा दरबन्दी कायम भएको भए पनि हाल ५० प्रतिशत पनि कर्मचारी नभएको शाखाले जनाएको छ। कर्मचारी नहुँदा कार्यालयले बाध्यताले दैनिक ज्यालादारीमा मिटर रिडर राखेको विद्युत् वितरण केन्द्रका इन्जिनियर विनोद सापकोटाले बताए।
मिटर रिडरहरु आन्दोलनमा उत्रिँदा ग्राहकको मिटर रिडिङ नभएको भन्दै नेपाल विद्युत् प्राधिकरण कावासोती वितरण केन्द्रले एक सूचना जारी गरी २०७५ वैशाख महिनामा मिटरमा चढेको अंक टिपेर कार्यालयको काउण्टरमा सम्पर्क राखी महशुल बुझाउन अनुरोध गरेको इन्जिनियर सापकोटाले बताए। रासस
News Desk 0 response आइतवार, बैशाख ३०, २०७५

सम्बन्धित शीर्षकहरु
-
आनी छोइङ डोल्माको नियुक्तिप्रति चौतर्फी आलोचना
आइतवार, कार्तिक २, २०८३ -
नेपालका लागि भारतका राजदूत फेरिए, सुधाकर दलेला..
शुक्रबार, अशोज ३०, २०८३ -
प्रहरी कार्यालय बाँकेका प्रमुख अंगुर जीसीले..
शुक्रबार, अशोज ३०, २०८३ -
रुकुम पश्चिमका दीपक पुनले अर्काको नाममा अख्तियारमा..
बिहिबार, अशोज २९, २०८३ -
दशैंको विदा मनाउने उत्कृष्ठ गन्तब्य तनहुँको झाँगाझोली
बिहिबार, अशोज २९, २०८३

दशैँको मुखमा अरनिको यातायातको सेवा अस्तव्यस्त, यात्रु..
बिहिबार, अशोज २९, २०८३ -
प्रस्तावित १३ राजदूतको सुनुवाइ सकियो, अनुमोदनका लागि..
बुधबार, अशोज २८, २०८३