

-
चितवन ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौँडामा चालु आर्थिक वर्षको चैत मसान्तसम्म १ हजार ५७ उजुरी परेका छन्। कार्यालयले आज यहाँ आयोजना गरेको ‘भ्रष्टाचार नियन्त्रणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भूमिका’ विषयक अन्तरक्रिया तथा छलफल कार्यक्रममा यो तथ्याङ्क सार्वजनिक गरिएको हो।कार्यालयमा परेका उजुरीमध्ये ३ सय ९८ वटा उजुरी फछ्र्यौट भइसकेको सो अवसरमा जानकारी दिइयो। ६ सय ६१ उजुरी फछ्र्यौट हुन बाँकी रहेका छन्। कार्यालयका प्रमुख श्यामराज अधिकारीका अनुसार चालु आर्थिक वर्षमा सबैभन्दा बढी धनुषामा १ सय ७९ वटा उजुरी परेकामा ५७ वटाको फछ्र्यौट भइसकेका छन्। सबैभन्दा कम काठमाडौँ, रसुवा, धादिङ र रामेछापमा रहेको छ। जहाँ एक÷एक वटा उजुरी परेका छन्।
कार्यालयले हेर्ने १९ जिल्लामा महोत्तरीमा १ सय ६७, सर्लाहीमा १ सय ५०, सिन्धुलीमा ३४, दोलखा, सिन्धुपालचोक र काभ्रेमा समान २र२ वटा उजुरी परेका छन्। यस्तै मकवानपुरमा ५७, रौतहटमा १ सय ५९, बारामा १ सय ५५, पर्सामा १ सय १४ र चितवनमा ३२ वटा उजुरी परेको तथ्याङ्कले देखाएको छ।
मन्त्रालय मातहतका कार्यालय हेर्ने हो भने सबैभन्दा बढी शिक्षा मन्त्रालय अन्तर्गतका कार्यालयको ४ सय ३ वटा उजुरी परेका छन्। सबैभन्दा कम खेलकूद, निर्वाचन आयोग र वाणिज्य मन्त्रालय अन्तर्गतका एक÷एक वटा उजुरी रहेका छन्। गृह मन्त्रालय अन्तर्गतका १५, सिँचाइ मन्त्रालयअन्तर्गतका २९, ऊर्जा मन्त्रालय अन्तर्गतका ९, अर्थ मन्त्रालय अन्तर्गतका २, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मातहतका कार्यालका १८ वटा उजुरी परेको आयोगले जनाएको छ।
यसैगरी शहरी विकासमा १३, वन तथा भू–संरक्षण मन्त्रालयका कार्यालयको ४१, कृषि विकासमा २७, भूमिसुधार तथा व्यवस्था मन्त्रालय मातहतका कार्यालयका ४०, महिला, बालबालिका तथा समाज कल्याणअन्तर्गत २, संघीय मामिला तथा स्थानीय विकासअन्तर्गत ३ सय ७९, स्वास्थ्य तथा जनसंख्या अन्तर्गतका ४९, उद्योग अन्तर्गतका १५, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतका दुई, खानेपानी तथा सरसफाइ अन्तर्गतका ६ र पशुपक्षी मन्त्रालय अन्तर्गतका ४ वटा उजुरी परेका छन्।
कार्यालयले चालु आर्थिक वर्षमा ४ वटा स्टिङ अपरेसन गरेको सो अवसरमा जानकारी दिइएको थियो। जिल्ला शिक्षा कार्यालय रौतहटका सब–इन्जिनियर ललनकुमार सिंह, जिल्ला अस्पताल गौर रौतहटका हेल्थ असिस्टेन्ट अधिकृत प्रवीनकुमार झा, ट्राफिक प्रहरी जवान मोतीकुमार श्रेष्ठ र नेपाल विद्युत् प्राधिकरण कलैया बाराका इञ्जिनियर रतनेशकुमार चौधरीलाई घूससहित पक्राउ गरिएको कार्यालयका प्रमुख अधिकारीले जानकारी दिए।
अधिकारीका अनुसार चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा ४५ लाख २७ हजार २ सय ३० रुपैयाँ असुल उपर गरिएको छ। अहिले कार्यालयमा विस्तृत अनुसन्धानअन्तर्गत १ सय १० वटा उजुरी परेकामा ९५ वटा फछ्र्यौट भएको उनले बताए।
सो अवसरमा कार्यालयका शाखा अधिकृत विकास विकले भ्रष्टाचार नियन्त्रणमा आयोगका भूमिका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए। रासस
News Desk 0 response शुक्रबार, बैशाख २८, २०७५

सम्बन्धित शीर्षकहरु
त्रिवि प्रश्नपत्र ‘आउट’ प्रकरण : शिक्षक र विद्यार्थीसहित ७ जनाविरुद्ध मुद्दा दायर
मङ्लबार, भदौ २, २०८३-
टप एन्ड टी–२० सिरिजमा नेपालको पहिलो जित
सोमवार, भदौ ८, २०८३ -
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३
-
टप एन्ड टी–२० सिरिजमा नेपालको पहिलो जित
सोमवार, भदौ ८, २०८३ -
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३
-
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३



