-
काठमाडौं ।
उमेर ढाँटेर सरकारी कर्मचारीले अनिवार्य अवकाश हुने समयभन्दा बढीसम्म जागिर खाइरहेको पाइएको छ। अनिवार्य अवकाशको मिति ढाँटेर चार पाँच वर्षसम्म पनि जागिर खाइरहेका तीन दर्जनभन्दा बढी कर्मचारी कारवाहीमा परेका छन्। सेवा अवधिभन्दा बढी जागिर खाएका त्यस्ता कर्मचारीबाट एक करोड ४० लाख रुपैयाँ असुल उपर गरिएको निजामती किताबखानाकी महानिर्देशक मनमाया भट्टराई पंगेनीले जानकारी दिइन्। ढाँटेर जागिर खाइरहेको सूचनाका आधारमा किताबखानाले भिजिलेन्स ९गम्भीरतापूर्पक फाइल केलाउने० अभियान सञ्चालन गर्दा ती कर्मचारी फेला परेका हुन्। त्यस्ता कर्मचारीबाट किताबखानाले हालसम्म लिएको सम्पूर्ण तलब, सुविधा र भत्ता जफत गर्दै पेन्सन पट्टा रोक्का गरेको छ। हाल निजामती सेवामा ८६ हजार कर्मचारी छन्। उनीहरूको अनिवार्य अवकाशको उमेर ५८ वर्ष हो। ‘अब ढाँटेर जागिर खाने दुष्प्रयास कसैले नगरे हुन्छ। भिजिलेन्स अभियानलाई आक्रामक बनाएका छौं। छानबिन गरी त्यस्ता कर्मचारीलाई कारबाहीको दायरामा ल्याइनेछ’, किताबखानाकी महानिर्देशक भट्टराईले भनिन्। एकै कर्मचारीबाट १५ लाख रुपैयाँसम्म जफत गएिको छ। सेवा निवृत्त भइसकेपछि पनि जागिर खाइरहेका कर्मचारीले राज्यकोषबाट एक लाखदेखि १५ लाख रुपैयाँसम्म बुझेका छन्। किताबखानाका कर्मचारीको मिलेमतो तथा राजनीतिक पहुँचका आधारमा सेवा निवृत्त कर्मचारीले ढाँटेर बढी समय जागिर खाने गरेका थिए। कतिपयले उमेर बढाएर थप अवधि जागिर खाएका थिए। किताबखानामा सुधार भइसकेकाले अब विगतमा जस्तो कुनै प्रकारको त्रुटि नदोहोरिने भट्टराईले दाबी गरेको अन्नपूर्णमा खवर छ ।
News Desk 0 response बिहिबार, बैशाख २७, २०७५

सम्बन्धित शीर्षकहरु
-
आनी छोइङ डोल्माको नियुक्तिप्रति चौतर्फी आलोचना
आइतवार, कार्तिक २, २०८३ -
नेपालका लागि भारतका राजदूत फेरिए, सुधाकर दलेला..
शुक्रबार, अशोज ३०, २०८३ -
प्रहरी कार्यालय बाँकेका प्रमुख अंगुर जीसीले..
शुक्रबार, अशोज ३०, २०८३ -
रुकुम पश्चिमका दीपक पुनले अर्काको नाममा अख्तियारमा..
बिहिबार, अशोज २९, २०८३ -
दशैंको विदा मनाउने उत्कृष्ठ गन्तब्य तनहुँको झाँगाझोली
बिहिबार, अशोज २९, २०८३

दशैँको मुखमा अरनिको यातायातको सेवा अस्तव्यस्त, यात्रु..
बिहिबार, अशोज २९, २०८३ -
प्रस्तावित १३ राजदूतको सुनुवाइ सकियो, अनुमोदनका लागि..
बुधबार, अशोज २८, २०८३