

-
काठमाडौं ।
उमेर ढाँटेर सरकारी कर्मचारीले अनिवार्य अवकाश हुने समयभन्दा बढीसम्म जागिर खाइरहेको पाइएको छ। अनिवार्य अवकाशको मिति ढाँटेर चार पाँच वर्षसम्म पनि जागिर खाइरहेका तीन दर्जनभन्दा बढी कर्मचारी कारवाहीमा परेका छन्। सेवा अवधिभन्दा बढी जागिर खाएका त्यस्ता कर्मचारीबाट एक करोड ४० लाख रुपैयाँ असुल उपर गरिएको निजामती किताबखानाकी महानिर्देशक मनमाया भट्टराई पंगेनीले जानकारी दिइन्। ढाँटेर जागिर खाइरहेको सूचनाका आधारमा किताबखानाले भिजिलेन्स ९गम्भीरतापूर्पक फाइल केलाउने० अभियान सञ्चालन गर्दा ती कर्मचारी फेला परेका हुन्। त्यस्ता कर्मचारीबाट किताबखानाले हालसम्म लिएको सम्पूर्ण तलब, सुविधा र भत्ता जफत गर्दै पेन्सन पट्टा रोक्का गरेको छ। हाल निजामती सेवामा ८६ हजार कर्मचारी छन्। उनीहरूको अनिवार्य अवकाशको उमेर ५८ वर्ष हो। ‘अब ढाँटेर जागिर खाने दुष्प्रयास कसैले नगरे हुन्छ। भिजिलेन्स अभियानलाई आक्रामक बनाएका छौं। छानबिन गरी त्यस्ता कर्मचारीलाई कारबाहीको दायरामा ल्याइनेछ’, किताबखानाकी महानिर्देशक भट्टराईले भनिन्। एकै कर्मचारीबाट १५ लाख रुपैयाँसम्म जफत गएिको छ। सेवा निवृत्त भइसकेपछि पनि जागिर खाइरहेका कर्मचारीले राज्यकोषबाट एक लाखदेखि १५ लाख रुपैयाँसम्म बुझेका छन्। किताबखानाका कर्मचारीको मिलेमतो तथा राजनीतिक पहुँचका आधारमा सेवा निवृत्त कर्मचारीले ढाँटेर बढी समय जागिर खाने गरेका थिए। कतिपयले उमेर बढाएर थप अवधि जागिर खाएका थिए। किताबखानामा सुधार भइसकेकाले अब विगतमा जस्तो कुनै प्रकारको त्रुटि नदोहोरिने भट्टराईले दाबी गरेको अन्नपूर्णमा खवर छ ।
News Desk 0 response बिहिबार, बैशाख २७, २०७५

सम्बन्धित शीर्षकहरु
-
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
नेपालको सार्वजनिक ऋण झण्डै ३० खर्ब
बुधबार, अशोज ७, २०८३ -
भोलीदेखि रातिको यात्रा नगर्न यातायात व्यवसायीको आह्वान
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३
-
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
नेपालको सार्वजनिक ऋण झण्डै ३० खर्ब
बुधबार, अशोज ७, २०८३ -
भोलीदेखि रातिको यात्रा नगर्न यातायात व्यवसायीको आह्वान
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
निजामती सेवामा ठूलो फेरबदलको संकेत
बिहिबार, अशोज १, २०८३ -
कोरला नाकामा बढ्यो चहलपहल, १५ दिनमै पौने..
सोमवार, भदौ २९, २०८३ -
भोटेकोशी बाढी प्रभावितको पुनर्स्थापनामा स्रोतको कमी हुँदैन..
सोमवार, भदौ २९, २०८३



