

एघार वर्ष कार्यालय नटेकेपनि जागिर कायमै
स्वास्थ्य नियमावलीअनुसार ९० दिनसम्म बिना सूचना कार्यालयमा अनुपस्थित भए विभागीय प्रमुखले स्वतः अवकाश गर्न सक्ने
-
जाजरकोट ।
बिना जानकारी ९० दिनसम्म लगातार गयल भए कुनै पनि कर्मचारीको जागिर स्वतः अवकाश हुने कानूनी प्रावधान छ, तर ११ वर्षसम्म कार्यालयमा हाजिर नहुँदा पनि जिल्ला अस्पताल, जाजरकोटमा कार्यरत एकजना स्वास्थ्यकर्मीको जागिर कायमै छ ।
अस्पतालमा कार्यरत छैटौँ तहका स्वास्थ्य सहायक धनिकलाल यादव २०६४ सालदेखि सम्पर्कविहीन छन् । उनी कहाँ छन् के गरिरहेका छन्, अस्पताललाई कुनै जानकारी छैन तर उनी कार्यरत दरबन्दी उनकै नाममा होल्ड भएर बसेको छ ।
स्वास्थ्य सेवा ऐन र नियमावलीअनुसार ९० दिनसम्म बिना सूचना कार्यालयमा अनपस्थित भए विभागीय प्रमुखले स्वतः अवकाश गर्न सक्ने कानूनी प्रावधान छ । अस्पताल प्रशासनले उनलाई कारबाहीका लागि सम्बन्धित निकायमा पटकपटक लिखित पत्राचार गरे पनि सुनुवाइ नभएको अस्पताल प्रशासनले जनाएको छ ।
अस्पतालका प्रशासन प्रमुख दशरथ लामिछानेका अनुसार यादवले पाउने सबै बिदा सकिइसकेका छन् । यस अवधिमा उनले कार्यालयबाट तलबसमेत लिएका छैनन् । स्रोतका अनुसार मेडिकल अधिकृतको अध्ययन पूरा गरिसकेका यादवले सर्लाहीको लहानमा निजी क्लिनिक सञ्चालन गरेर बसिरहेका छन् ।
नियमित हाजिर भएर पाउने सुविधाभन्दा निजी क्लिनिकमा धेरै पैसा कमाइ हुुने त छँदैछ पहुँचको भरमा यसरी नै जागिर जोगाउन सकिए पेन्सनलगायतका सुविधा उपयोग गर्न पनि उनले जागिर होल्ड गरेर बसेका छन् ।
हाजिर हुन आउनेबारे उनको घर ठेगानामा पत्राचार गरिएको, सञ्चारमाध्यमबाट सार्वजनिक सूचना जारीसमेत गरिसकिएको छ तर कारबाही हुन सकेन, अस्पतालका प्रशासन प्रमुख लामिछानेले भने, ‘लामो समय बिना सूचना अनुपस्थित हुने स्वास्थ्य सहायक यादवलाई अवकाश गर्नसक्ने अधिकार स्वास्थ्य सेवा विभागलाई छ तर कानूनी झमेलाका कारण बरखास्त नहुँदा उनको पद लामो समयदेखि होल्ड भएर बसेको छ । उहाँको कारबाही नहुँदासम्म अर्को पदपूर्तिसमेत हुन सक्दैन जसले गर्दा उपचार सेवा समेत प्रभावित भएको छ ।’
अस्पताल प्रमुख डा। केशरजंग कार्कीले लामो समयदेखि अस्पतालमा कार्यरत स्वास्थ्य सहायक सम्पर्कविहीन हुँदा उपचार सेवा प्रभावित भएको बताए । दरबन्दी होल्ड छ, यादवलाई कारबाही गरी पदपूर्ति गर्न बारम्बार विभागमा ताकेता गर्दा पनि सुनुवाइ नभएको उनले गुनासो गरे ।
News Desk 0 response बिहिबार, बैशाख २०, २०७५
रासस


सम्बन्धित शीर्षकहरु
-
स्वर्णलक्ष्मी सहकारी ठगीमा कांग्रेस सांसद माया राई..
आइतवार, बैशाख १४, २०८२ -
डोल्पा केन्द्रबिन्दु भएर एकाबिहानै भूकम्प
आइतवार, बैशाख १४, २०८२ -
पुटिन युद्ध अन्त्य गर्न चाहेका छैनन् :..
आइतवार, बैशाख १४, २०८२ -
देशभरको तापक्रम बढ्दै, केही स्थानमा वर्षाको संभावना
आइतवार, बैशाख १४, २०८२ -
आज मातातीर्थ औंशी अर्थात् आमाको मुख हेर्ने..
आइतवार, बैशाख १४, २०८२
-
स्वर्णलक्ष्मी सहकारी ठगीमा कांग्रेस सांसद माया राई..
आइतवार, बैशाख १४, २०८२ -
डोल्पा केन्द्रबिन्दु भएर एकाबिहानै भूकम्प
आइतवार, बैशाख १४, २०८२ -
देशभरको तापक्रम बढ्दै, केही स्थानमा वर्षाको संभावना
आइतवार, बैशाख १४, २०८२ -
आज मातातीर्थ औंशी अर्थात् आमाको मुख हेर्ने..
आइतवार, बैशाख १४, २०८२ -
जम्मू–कश्मीर आक्रमणको निष्पक्ष जाँचका लागी सहयोग गर्न..
आइतवार, बैशाख १४, २०८२
-
आफ्नै निर्देशनमा टीका लाईदिएकै बाट पनि ओलीलाई..
आइतवार, बैशाख ७, २०८२ -
संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयमा यसरी..
शुक्रबार, बैशाख ५, २०८२ -
छ जना डीआईजीको एआईजीमा बढुवा
बिहिबार, बैशाख ४, २०८२ -
सडक उद्घाटन गर्न प्रधानमन्त्रीसहित ५ भीआईपीको हानाथाप
शुक्रबार, बैशाख ५, २०८२ -
परराष्ट्रमन्त्री डा. आरजु राणा आज बैंकक जाँदै
आइतवार, बैशाख ७, २०८२