

‘कर्मचारीतन्त्रको सुधार नभई देश विकास हुँदैन’ – मन्त्री पण्डित
राष्ट्रसेवक कर्मचारीले सरकारले खटाएको स्थानमा गएर सेवा गर्नुपर्ने
-
कपिलवस्तु ।
कर्मचारीतन्त्रको सुधार नभई मुलुक समग्र विकास नहुने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले वताएका छन् । कपिलवस्तु जिल्ला प्रशासन कार्यालयमा निजामती कर्मचारीहरूले राखेको स्वागत कार्यक्रमलाई संवोधन गर्दै मन्त्री पण्डितले राष्ट्रसेवक कर्मचारीको साथ लिएर देशलाई समृद्धिको बाटोमा लैजान जनप्रतिनिधिहरूलाई आग्रह गरे। कर्मचारीतन्त्र घुसखोरी नभई पारदर्शी, सुशासनयुक्त र बलियो भएमात्र देश विकासहुने वताए । जनप्रतिनिधिलाई विशेष निर्देशन दिंदै उनले जनप्रतिनिधिलाई गल्ती गर्ने अधिकार नभएको पनि उल्लेख गरे। नियम कानुन अनुरुप नै जनप्रतिनिधिले काम गर्ने भएकाले जनहित विपरित काम नगर्न उनले आग्रह गरे। मन्त्री पण्डितले जनताको मेहनत, पसिनाको कमाइबाट तिरेको कर सेवा सुविधा उपभोग गर्न हुनेले काम गर्न किन आलटाल गर्ने भन्दै कर्मचारीलाई प्रतिप्रश्न तेर्साए। राष्ट्रसेवक कर्मचारीले सरकारले खटाएको स्थानमा गएर सेवा गर्नुपर्नेमा उनले जोड दिए। संघीय संरचनाअनुसार भइरहेका कर्मचारीलाई सरकारले आवश्यकताका आधारमा तीनवटै तहमा व्यवस्थापन गर्ने बताए।
News Desk 0 response आइतवार, बैशाख १६, २०७५

सम्बन्धित शीर्षकहरु
त्रिवि प्रश्नपत्र ‘आउट’ प्रकरण : शिक्षक र विद्यार्थीसहित ७ जनाविरुद्ध मुद्दा दायर
मङ्लबार, भदौ २, २०८३
कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति लिनुपर्ने
शुक्रबार, साउन २९, २०८३-
त्रिवि प्रश्नपत्र ‘आउट’ प्रकरण : शिक्षक र..
मङ्लबार, भदौ २, २०८३ -
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३ -
समुद्रको सतह बढ्दै गएपछि नाइजेरियाको तटीय बस्तीको..
सोमवार, भदौ १, २०८३ -
किशोर श्रेष्ठलाई हाजिरी जमानीमा छाड्न आदेश
सोमवार, भदौ १, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३
-
त्रिवि प्रश्नपत्र ‘आउट’ प्रकरण : शिक्षक र..
मङ्लबार, भदौ २, २०८३ -
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३ -
समुद्रको सतह बढ्दै गएपछि नाइजेरियाको तटीय बस्तीको..
सोमवार, भदौ १, २०८३ -
किशोर श्रेष्ठलाई हाजिरी जमानीमा छाड्न आदेश
सोमवार, भदौ १, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३
-
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३



