तीन दिनभित्र कर्मचारीको विवरण पठाउन निर्देशन
विवरण आइसकेपछि यकिन गरेर चाँडै स्थानीय तहमा अपुग कर्मचारी पठाइने
-
काठमाडौं ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तीन दिनभित्र सबै स्थानीय तहलाई रिक्त कर्मचारी र पदपूर्तिको विवरण उपलब्ध गराउन निर्देशन दिएको छ। स्थानीय तहमा अपुग कर्मचारी पठाउन मन्त्रालयले सबै स्थानीय तहलाई निजामती कर्मचारी र साविक स्थानीय निकायका कर्मचारीको रिक्त कर्मचारी र पदपूर्ति विवरण उपलब्ध गराउन निर्देशन दिँदै बिहीबार पत्र पठाएको मन्त्रालय, कर्मचारी प्रशासन तथा आन्तरिक व्यवस्थापन शाखाका शाखा अधिकृत रुद्रलाल भुसालले जानकारी दिए। मन्त्रालयले मन्त्रिपरिषद्को गत चैत १४ गतेको बैठकले स्थानीय तहको आन्तरिक संगठन संरचना तथा कर्मचारीको दरबन्दी स्वीकृत गरेपछि कर्मचारी पठाउन तयारी गरेको हो। सरकारले करिब ५७ हजार ३३४ कर्मचारीको दरबन्दी स्थानीय तहका लागि स्वीकृत गरेको छ। मन्त्रालयले यसअघि पनि पटक पटक स्थानीय तहलाई विवरण पठाउन भने तापनि अटेर गरेपछि अहिले तीन दिनभित्रको समयसीमा तोकेर कर्मचारी पठाउन पत्र पठाएको शाखा अधिकृत भुसालले बताए। मन्त्रालयले जिल्ला समन्वय समितिसँग समन्वय गरेर मागअनुसारको विवरण पठाउन भनेको छ। शाखा अधिकृत भुसालले विवरण आइसकेपछि यकिन गरेर चाँडै स्थानीय तहमा अपुग कर्मचारी पठाइने बताए। यसअघि सरकारले स्थानीय तहमा कर्मचारी आवश्यक हुने भन्दै विभिन्न मन्त्रालयसँग कर्मचारी माग गरेको छ।
News Desk 0 response शुक्रबार, बैशाख ७, २०७५

सम्बन्धित शीर्षकहरु
रुकुम पश्चिमका दीपक पुनले अर्काको नाममा अख्तियारमा उजुरी गरे, आफैले दुई हजार जरिवाना तिरे
बिहिबार, अशोज २९, २०८३-
आनी छोइङ डोल्माको नियुक्तिप्रति चौतर्फी आलोचना
आइतवार, कार्तिक २, २०८३ -
नेपालका लागि भारतका राजदूत फेरिए, सुधाकर दलेला..
शुक्रबार, अशोज ३०, २०८३ -
प्रहरी कार्यालय बाँकेका प्रमुख अंगुर जीसीले..
शुक्रबार, अशोज ३०, २०८३ -
रुकुम पश्चिमका दीपक पुनले अर्काको नाममा अख्तियारमा..
बिहिबार, अशोज २९, २०८३ -
दशैंको विदा मनाउने उत्कृष्ठ गन्तब्य तनहुँको झाँगाझोली
बिहिबार, अशोज २९, २०८३

दशैँको मुखमा अरनिको यातायातको सेवा अस्तव्यस्त, यात्रु..
बिहिबार, अशोज २९, २०८३ -
नेपालका लागि भारतका राजदूत फेरिए, सुधाकर दलेला..
शुक्रबार, अशोज ३०, २०८३ -
प्रस्तावित १३ राजदूतको सुनुवाइ सकियो, अनुमोदनका लागि..
बुधबार, अशोज २८, २०८३