

तीन दिनभित्र कर्मचारीको विवरण पठाउन निर्देशन
विवरण आइसकेपछि यकिन गरेर चाँडै स्थानीय तहमा अपुग कर्मचारी पठाइने
-
काठमाडौं ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तीन दिनभित्र सबै स्थानीय तहलाई रिक्त कर्मचारी र पदपूर्तिको विवरण उपलब्ध गराउन निर्देशन दिएको छ। स्थानीय तहमा अपुग कर्मचारी पठाउन मन्त्रालयले सबै स्थानीय तहलाई निजामती कर्मचारी र साविक स्थानीय निकायका कर्मचारीको रिक्त कर्मचारी र पदपूर्ति विवरण उपलब्ध गराउन निर्देशन दिँदै बिहीबार पत्र पठाएको मन्त्रालय, कर्मचारी प्रशासन तथा आन्तरिक व्यवस्थापन शाखाका शाखा अधिकृत रुद्रलाल भुसालले जानकारी दिए। मन्त्रालयले मन्त्रिपरिषद्को गत चैत १४ गतेको बैठकले स्थानीय तहको आन्तरिक संगठन संरचना तथा कर्मचारीको दरबन्दी स्वीकृत गरेपछि कर्मचारी पठाउन तयारी गरेको हो। सरकारले करिब ५७ हजार ३३४ कर्मचारीको दरबन्दी स्थानीय तहका लागि स्वीकृत गरेको छ। मन्त्रालयले यसअघि पनि पटक पटक स्थानीय तहलाई विवरण पठाउन भने तापनि अटेर गरेपछि अहिले तीन दिनभित्रको समयसीमा तोकेर कर्मचारी पठाउन पत्र पठाएको शाखा अधिकृत भुसालले बताए। मन्त्रालयले जिल्ला समन्वय समितिसँग समन्वय गरेर मागअनुसारको विवरण पठाउन भनेको छ। शाखा अधिकृत भुसालले विवरण आइसकेपछि यकिन गरेर चाँडै स्थानीय तहमा अपुग कर्मचारी पठाइने बताए। यसअघि सरकारले स्थानीय तहमा कर्मचारी आवश्यक हुने भन्दै विभिन्न मन्त्रालयसँग कर्मचारी माग गरेको छ।
News Desk 0 response शुक्रबार, बैशाख ७, २०७५

सम्बन्धित शीर्षकहरु
यातायात कार्यालय पर्साका तत्कालीन अधिकृत गौतम भ्रष्टाचारी ठहर, एक वर्ष जेल सजाय
शुक्रबार, असार ५, २०८३-
यातायात कार्यालय पर्साका तत्कालीन अधिकृत गौतम भ्रष्टाचारी..
शुक्रबार, असार ५, २०८३ -
रुसमाथि युक्रेनको अहिलेसम्मकै ठूलो आक्रमण
बिहिबार, असार ४, २०८३ -
चिया किसान तथा श्रमिकको समस्या तत्काल समाधान..
बिहिबार, असार ४, २०८३ -
सक्रिय राजनीतिबाट अलग भएको पूर्वसभामुख महराको घोषणा
बिहिबार, असार ४, २०८३ -
गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बन्दै तनहुँको..
बिहिबार, असार ४, २०८३
-
यातायात कार्यालय पर्साका तत्कालीन अधिकृत गौतम भ्रष्टाचारी..
शुक्रबार, असार ५, २०८३ -
चिया किसान तथा श्रमिकको समस्या तत्काल समाधान..
बिहिबार, असार ४, २०८३ -
सक्रिय राजनीतिबाट अलग भएको पूर्वसभामुख महराको घोषणा
बिहिबार, असार ४, २०८३ -
गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बन्दै तनहुँको..
बिहिबार, असार ४, २०८३ -
यो बर्ष प्रि–मनसुनमा ४५ वर्षयताकै धेरै पानी..
बिहिबार, असार ४, २०८३
-
उपसचिव र प्रमुख प्रशासकीय अधिकृतसहित ८८ कर्मचारीको..
शुक्रबार, जेष्ठ २९, २०८३ -
प्रधानमन्त्रीको अभिव्यक्तिले सुस्तामा भारतीय सुरक्षाकर्मी पसेको होइन..
शुक्रबार, जेष्ठ २९, २०८३ -
विश्वकप २०२६ : विश्व विजेता स्पेन र..
सोमवार, असार १, २०८३ -
सी–किमको रणनीतिक सन्देश : चीन–उत्तर कोरिया सम्बन्ध..
बुधबार, जेष्ठ २७, २०८३ -
दक्षिण अफ्रिकाको जोहानेसबर्गमा गोलीबारी, कम्तीमा १२ जनाको..
बुधबार, जेष्ठ २७, २०८३



