

कर्मचारीको जथाभाबी भ्रमण रोक्न कार्यदल
मन्त्रालयका कर्मचारीहरू आफूखुुशी विदेश भ्रमणमा जाने गरेका छन्
-
काठमाडौं । विदेश भ्रमणका नाममा विकृति देखिन थालेपछि अव कडाई हुन थालेको छ । सरकारले कार्यविधि नै बनाएर कर्मचारीको विदेश भ्रमणमा कडाइ गर्ने तयारी गरेको हो ।
एउटै कर्मचारी धेरै पटक जानेदेखि बजेट सकाउन अध्ययन भ्रमण हुने क्रम बढेपछि सरकारले यसका कडाई गर्न लागेको कानूनमन्त्री शेरबहादुर तामांगले जानकारी दिए ।
सोका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले विदेश भ्रमण सम्वन्धी कार्यविधि ल्याउने तयारी अघि बढाएको मन्त्री परिषद कार्यालय स्रोतले जानकारी दियो । कार्यबिधिका लागि सचिव प्रेमकुमार राईको संयोजकत्वमा समिति नै गठन गरिएको छ ।
१५ दिने म्याद दिइएको समितिले दिएको सुझाव प्रतिवेदनका आधारमा कार्यविधि बनाइनेछ ।
कर्मचारीहरुको तालिम तथा अध्ययन भ्रमणमा जाने व्यवस्था गर्न समिति गठन गर्ने व्यवस्था छ । निजामती सेवा ऐनको दफा ४० ‘ख’ बमोजिम छात्रवृत्ति समिति गठन गरेको छ ।
मुख्यसचिवको अध्यक्षतामा रहने समितिमा कानून मन्त्रालय, अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग, सामान्य प्रशासन लगायतका मन्त्रालयका पदाधिकारी रहनेछन् ।
News Desk 0 response मङ्लबार, चैत्र २०, २०७४
कानूनमा यस्तो व्यवस्था भएपनि त्यसको सही परिपालना भने हुन सकेको छैन । मन्त्रालयका कर्मचारीहरू आफूखुुशी विदेश भ्रमणमा जाने गरेका छन् ।

सम्बन्धित शीर्षकहरु
-
एमाले पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन लेखनको जिम्मा..
बिहिबार, असार २५, २०८३ -
नेपाल आयल निगमको कार्यकारी निर्देशकका लागि ६..
बिहिबार, असार २५, २०८३ -
सुनिल पौडेलसहित १८ जनालाई भ्रष्टाचार मुद्दामा सफाइ
बिहिबार, असार २५, २०८३ -
मुख्यसचिवमा बाहुन–क्षेत्रीकै बाहुल्यता
बिहिबार, असार २५, २०८३ -
निजामती अस्पतालमा औषधिमै दुई करोड बढी भ्रष्टाचार
बुधबार, असार २४, २०८३
-
नेपाल आयल निगमको कार्यकारी निर्देशकका लागि ६..
बिहिबार, असार २५, २०८३ -
सुनिल पौडेलसहित १८ जनालाई भ्रष्टाचार मुद्दामा सफाइ
बिहिबार, असार २५, २०८३ -
मुख्यसचिवमा बाहुन–क्षेत्रीकै बाहुल्यता
बिहिबार, असार २५, २०८३ -
निजामती अस्पतालमा औषधिमै दुई करोड बढी भ्रष्टाचार
बुधबार, असार २४, २०८३ -
गोविन्दबहादुर कार्की मुख्यसचिव नियुक्त
बुधबार, असार २४, २०८३
-
महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड
मङ्लबार, असार १६, २०८३ -
डिभी, पिआर लिएका चार कर्मचारीसँग स्पष्टीकरण
मङ्लबार, असार १६, २०८३ -
मुख्यसचिवकै विवादमा रिक्त भएको सचिव पदमा नियुक्त..
बुधबार, असार २४, २०८३ -
मुख्यसचिवमा बाहुन–क्षेत्रीकै बाहुल्यता
बिहिबार, असार २५, २०८३ -
निजामती अस्पतालमा औषधिमै दुई करोड बढी भ्रष्टाचार
बुधबार, असार २४, २०८३



