

-
काठमाडौ ।
मुलक संघीय संरचनामा जाँदा केन्द्र भन्दा प्रान्त शक्तिशाली र कामकाजी हुनु पर्नेमा अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ११ महाशाखा वनाईएको छ । यस अघि छ वटा मात्र महाशाखा रहेको यो कार्यालयमा पाँच वटा थप भएको छ । सोही अनुपातमा कर्मचारीहरु समेत थप हुने कार्यालय स्रोतले जनाएको छ ।
यसअघि छ महाशाखा रहे पनि अब ११ महाशाखा रहने कार्यालयका प्रवक्ता विनोदकुमार कुँवरले बताए । सवै मन्त्रालयको सांगठनिक पुनःसंरचना गरिएसँगै मन्त्रिपरिषद् कार्यालयको पुनःसंरचना गरिएको र सबै महाशाखाको नेतृत्व सहसचिवले गर्ने भएका छन् ।
केही दिनअघिको मन्त्रिपरिषद् बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बनाएको २१ मन्त्रालयको सांगठनिक पुनःसंरचना स्वीकृत गरेको थियो । नयाँ महाशाखामा मन्त्रिपरिषद् बैठक तथा संवैधानिक निकाय, सामाजिक विकास तथा रुपान्तरण, राष्ट्रिय सुरक्षा तथा कूटनीतिक, पारदर्शी समन्वय तथा योजना, नतिजा व्यवस्थापन तथा सुशासन, सामाजिक सुधार, लगानी उत्पादन तथा रोजगार प्रवद्र्धन महाशाखा छन् । यसैगरी कानून तथा फैसला कार्यान्वयन, मानवाधिकर तथा अन्तर्राष्ट्रिय सम्बन्धन र आर्थिक तथा पूर्वाधार महाशाखालगायत छन् । नयाँ महाशाखाबाट छिट्टै काम सञ्चालन हुनेछ । प्रदेशमा कर्मचारी नगएको गुनासो आईरहे पनि केन्द्रमा नै महाशाखा थप गरेर माथिल्लो तहका कर्मचारी यतै वस्न थालेको आरोप लागिरहेका वेला यो निर्णयले त्यसलाई पुष्टि गरेको बिश्लेषकहरु वताउँछन् । त्यसोत बिभिन्न कर्मचारी संगठनले समेत सानातहका कर्मचारीलाई मात्र प्रदेशमा खेद्ने गरेको आरोप लगाईरहेका छन् ।
News Desk 0 response सोमवार, चैत्र १९, २०७४

सम्बन्धित शीर्षकहरु
-
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३ -
६ महिने प्रसूति बिदाको व्यवहारिकताप्रति सांसदको प्रश्न
सोमवार, अशोज १२, २०८३ -
मनाङको हिम्लुङ हिमालमा पहिरो, १० जना बेपत्ता
आइतवार, अशोज ११, २०८३
-
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३ -
६ महिने प्रसूति बिदाको व्यवहारिकताप्रति सांसदको प्रश्न
सोमवार, अशोज १२, २०८३ -
मनाङको हिम्लुङ हिमालमा पहिरो, १० जना बेपत्ता
आइतवार, अशोज ११, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



