•  

    काठमाडौं ।

    हरेक देशको आफ्नो राष्ट्रिय दिवस हुन्छ तर यस अघि नेपालको राष्ट्रिय दिवस नै थिएन । ओली सरकारले पहिलो पटक असोज ३ गतेलाई राष्ट्रिय दिवसका रुपमा मनाउने निर्णय गरेको छ ।

    मन्त्रिपरिषद्को बैठकले संविधानसभाबाट संविधान जारी भएको दिन असोज ३ लाई राष्ट्रिय दिवस मनाउने निर्णय गरेको हो ।    नेपाली जनताको चाहना वमोजिम २०७२ असोज ३ मा संविधानसभाबाट संविधान जारी भएको हो ।