

-
काठमाडौं ।
सञ्चयकर्ता लामो समयदेखि सञ्चित रकम लिन नआउँदा सञ्चयकोषमा लामो समयदेखि तीन अर्ब रुपैयाँ त्यतिकै थन्किएको छ। अवधि सकिएका, बीचमै रकम जम्मा गर्न छुटेका र सञ्चयकर्ता नम्बर प्रमाणित हुन नसकेका तीन हजारभन्दा बढी सञ्चयकर्ताले आफ्नो खाताबाट रकम निकालेका छैनन्। सञ्चित रकम भएको दाबी गर्न सम्बन्धित व्यक्ति नआएपछि कोषमा रकम थन्किएको कोषका कायममुकाय प्रशासक दीपक रौनियारले जानकारी दिए।
पहिला सञ्चित रकम जति लामो अवधिसम्म लिन नआए पनि ब्याज दिने गरिन्थ्यो’, उनले भने, ‘अहिले यस्तो रकमको ब्याज दिने गरिएको छैन।’ कर्मचारी सञ्चय कोषमा यसरी थन्किएर बस्ने रकम थपिँदै गएपछि कोषले यसका लागि छुट्ट खाता व्यवस्था गरेको छ।
अहिले बेचालु खातामा रकम राखे पनि सञ्चयकर्ताको खातामा रकम ट्रान्सफर गर्दा उनीहरूले ब्याजसहित रकम पाउने रौनियारले जानकारी दिए।
आगामी आर्थिक वर्षदेखि आयआर्जन भएका व्यक्तिले कर्मचारी सञ्चय कोषमा सीधै रकम सञ्चय गर्न पाउने भएका छन्। कुनै पनि क्षेत्रबाट आयआर्जन गर्ने जो कोही व्यक्तिले सीधै सञ्चयकोषमा इच्छाएको रकम जम्मा गर्न पाउने अवसर कोषले प्रदान गर्न लागेको हो। यो व्यवस्थाले कोषको आम्दानी बढाउन सहयोग गर्नुका साथै सञ्चयकर्ताको अवकासपछिको जीवन सहज हुने कोषका मुख्य अधिकृत काफ्लेले बताए।
स्वरोजगार र वैदेशिक रोजगारमा जाने कामदारले आफ्नो आम्दानीको ३० प्रतिशतसम्म रकम कोषमा जम्मा गर्ने व्यवस्था कोषले गर्न लागेको छ। हाल औपचारिक र अनौपचारिक दुवै गरी देशका करिब ५० लाख युवा वैदेशिक रोजगारीमा छन्।
सेवा अवधि सकिएका, बीचमै रकम जम्मा गर्न छुटेका र सञ्चयकर्ता नम्बर प्रमाणित हुन नसकेका तीन हजारभन्दा बढी सञ्चयकर्ताले आफ्नो खाताबाट रकम निकालेका छैनन्।
कोषको हालको साढे दुई खर्ब सञ्चित रकम सात खर्ब पु¥याउने लक्ष्यका साथ अनौपचारिक क्षेत्रमा काम गर्ने व्यक्तिलाई समेत सञ्चयकर्ताका रूपमा सहभागी गराउन लागिएको रौनियारले बताए। मासिक रूपमा नियमित आम्दानी गरेर कोष कट्टी गर्नेदेखि वर्षमा एक पटक सञ्चय गर्ने सञ्चयकर्ता समेत कोषको यो योजनामा समावेश हुन सक्नेछन्। कोषका अनुसार विदेश जाने कामदारले जानुअगाडि कोषसँग आफ्नो आम्दानीको निश्चित प्रतिशत रकम जम्मा गर्ने सहमति गरेर जान सक्ने वा परिवारका सदस्यले कोषमा रकम जम्मा गरिदिन सक्ने गरी दुवै विकल्प दिइनेछ।
मासिक पाँच÷छ हजार रुपैयाँ आम्दानी गर्नेदेखि पाँच÷छ लाख रुपैयाँ आम्दानी गर्नेसम्म कोषको यो योजनमा सहभागी हुन सक्नेछन्। ऊर्जाशील उमेरमा कमाएको रकमको केही हिस्सा अवकासपछि पेन्सनका रूपमा प्रयोग गर्न सक्ने व्यवस्था कोषले गर्न लागेको हो। यस अघि स्वदेशमा रोजगार गर्ने व्यक्तिले मात्रै कोषमा सञ्चकर्ताका रूपमा सहभागी हुन पाउने व्यवस्था थियो।
कर्मचारी सञ्चयकोष ऐन २०१९ को संशोधनले स्वरोजगार व्यक्तिले समेत कोषमा रकम जम्मा गर्ने व्यवस्था गरेका कारण कोषले यो योजना अघि बढाएको हो। कोषले कार्यविधि बनाएर लागू गर्न लागेको अन्नपूर्ण पोष्टमा समाचार छ ।
कोषमा हाल पाँच लाख ६० हजार सञ्चयकर्ता छन्। यी सञ्चयकर्तामार्फत आव २०७३÷७४ को लेखा परीक्षणसम्म दुई खर्ब ५५ अर्ब २९ करोड रुपैयाँ संकलन भएको छ। यस्तो रकम गतवर्ष दुई खर्ब २४ अर्ब ७० करोड रुपैयाँ थियो। यसमध्ये कोषले ९७ प्रतिशत रकम लगानी गरेको छ। यसबाट कोषले एक अर्ब ८९ करोड खुद नाफा गरेको छ। नाफाको रकमलाई कोषले गत वर्ष ९२ प्रतिशत रकम सञ्चयर्ताको हितमा खर्च गर्ने गरी बाँडफाँट गरेको थियो।
News Desk 0 response बुधबार, चैत्र १४, २०७४

सम्बन्धित शीर्षकहरु
-
मनाङको हिम्लुङ हिमालमा पहिरो, १० जना बेपत्ता
आइतवार, अशोज ११, २०८३ -
नारायणीको जलसतह अहिलेसम्मकै उच्च
आइतवार, अशोज ११, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३ -
कृष्णभीरको पहिरो पन्छाएपछि सवारी सञ्चालनमा
शनिबार, अशोज १०, २०८३ -
पृथ्वी राजमार्गको बाङ्गेमा खस्यो पहिरो, यातायात सेवा..
शुक्रबार, अशोज ९, २०८३
-
मनाङको हिम्लुङ हिमालमा पहिरो, १० जना बेपत्ता
आइतवार, अशोज ११, २०८३ -
नारायणीको जलसतह अहिलेसम्मकै उच्च
आइतवार, अशोज ११, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३ -
कृष्णभीरको पहिरो पन्छाएपछि सवारी सञ्चालनमा
शनिबार, अशोज १०, २०८३ -
पृथ्वी राजमार्गको बाङ्गेमा खस्यो पहिरो, यातायात सेवा..
शुक्रबार, अशोज ९, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
भारत, चीन र अमेरिकासहित १३ देशका लागि..
शुक्रबार, अशोज २, २०८३



