34

  • काठमाडौं । युरोपियन युनियनको निर्वाचन पर्यवेक्षण प्रतिवेदन विवादमा परेका बेला सरकारले काठमाडौंमा रहेका सबै कुटनीतिज्ञहरुसँग सामुहिक छलफल गर्न लागेको लागेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सवै देशका नेपालस्थित राजदूतलाई वालुवाटारमा वोलाएका हुन् । सरकारको भावी योजना तथा वैदेशिक नीतिका बारेमा अन्तर्राष्ट्रिय समुदायलाई ब्रिफिङ गर्न उनीहरुलाई वोलार्ईएको वालुवाटार स्रोतले जानकारी दियो ।

    परराष्ट्र मन्त्रालयको संयोजनमा प्रधानमन्त्रीले नेपालस्थित कुटनीतिक नियोगका प्रमुख, पदाधिकारी र विकास साझेदारहरुलाई आफ्नो सरकारको नीतिबारे सामुहिक ब्रिफिङ गर्न लागेका हुन् ।

    यो ब्रिफिङमा मध्यान्ह प्रधानमन्त्री निवासमा हुने छ ।

tt
45